
मिन बहादुर खड्का बाजुरा –सदरमुकाम मार्तडी भित्रै रहेको बडिमालिका मन्दिरमा जातिय बिभेद भएको पाइएको छ । सोमवार दिउँसो बडिमालिका नगरपालिका वडा न. ८ मा अवस्थित बडिमालिका नगरपालिकाकै वडा न. ९ मा बसाेबास गर्दैअाएका एक बिवाहित जोडिहरु विवाह गर्न आएका थिए ।
बडिमालिका नगरपालिका वडा न. ९ का प्रकाश वि.क र कन्चनपुर जिल्ला बेलडाँडी नगरपालिका १ पार्वति सुनार सहितको टोली विवाह गर्नका लागी बिहान ८ बजे नै मन्दिर पुगेका थिए । बडिमालिका नगरपालिका वडा न. ९ उखाडीका ब्रामण देवराज पाध्यायलाई आफन्तले बिहानै खबर गरेका थिए । उनिहरु मन्दिर नपुग्दै मन्दिरका ब्रामण पाध्याय ढाेका बन्द गरेर गइसकेका थिए । विवाहका लागी मन्दिरमा जाँदा ढाेका बन्द थियो । ब्रामण पनि भेटिएनन् । ब्रामण पाध्याय आफ्नो घरमा जरुरी काम भन्दै विवाहमा सहभागी हुन नसक्ने बताएको ब्रामण पाध्यायको भनाईलाई उदुद गर्दै एक स्थानियले बताएका छन् ।
तर विवाह गर्नका लागि मन्दिर पुगेकोे टोलीले भने दलित समुदाएका व्यक्ति मन्दिरमा विवाहका लागी आएपछी उनि कामको बाहाना गरेर भागेको आरोप लगाएको छ । अन्य बेला मन्दिर नछोड्ने ब्रामण पाध्याया दलित समुदायका व्यक्ति मन्दिरमा विवाहका लागी आउने खबर पाए पश्चात् बाहाना बनाएर भागेको उनिहरुको बुझाइ छ। काम विशेष गएका हुन भने पनी ३ घण्टा सम्म पर्खिदा पनि नआउनुको पछाडी उनले दलित समुदायको विवाहमा सहभागी हुन नचाहेको विवाहका लागी त्यहाँ पुगेका दुलाह निकटका एक स्थानियले बताएका छन् । यतिमात्र हाेइन यतिवेला यो बिषयलाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहेका छन् । मठ मन्दिर आदी धार्मिक स्थलरु सबैकाे साझा सम्पित हाेइनन् र अनि सार्वजनिक ठाँउमा किन बिभेद भन्दै प्रश्न समेत गरिहेका छन् ।
दलित समुदायका मानिसहरु मन्दिरमा विवाह गर्न आएपछी मन्दिरका मन्दिर नै छोडेर गएका हुन् । उनिहरु दलित समुदायकै व्यक्ति भएका कारण पुजारी भागेको श्रोतले बताएको छ । यतिवेला यो कुरा सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ मन्दिर जस्तो धार्मिक अनि पबित्र स्थलमै मानिस मानिस बिच भएको बिभेदको कडा आलोचना समेत भइरहेको छ । उक्त घटनाले सामाजिक सञ्जाल तातेको छ । दलित अधिकारकर्मीहरु र सर्वसाधरण शिक्षित वर्गहरुले समेत यो घटनाको सामाजिक सञ्जाल मार्फत निद्या गरेका छन् ।
ग्यालेक्सी फोर के का सम्बाददाता पत्रकार मदन वि.क.ले आफल्नो सामाजिक सञ्जाल फेसवुकमा लेखेअनुसार मन्दिरमा विवाह गर्नका लागी आएका नव विवाहित जोडिहरु करिव ३ घण्टा देखि पर्खेर बसेको भएपनि मन्दिरमा बाहुन नआएको खुल्न आएको छ । यतिमात्र होइन मन्दिका ब्रामण मन्दिर बन्द गरेर हिडेको पनि श्रोतको दावी छ । यसरी बाजुरामा दिनप्रतिदिन जातिय बिभेदका घटनाहरु भइरहेका छन् । सार्वजनिक ठाँउहरुमा समेत दलित समुदायका व्यक्तिहरुलाई विभेद गरिदै आएको छ । नेपाल सरकारले दलित समुदायका लागी गरेको व्यवस्थालाई यि घटनाहरुले कुल्चिरहेको छ । व्यवस्था कार्यान्वयनमा दलित अधिकारकर्मी नै मौन देखिन्छन् ।
मानवले मानव माथी यस्तो अमानविय व्यवाहर कतिसम्म गरिरहन्छन् ? मान्छे मान्छे सवै एउटै होइनन् र आवस्यक पर्दा रगत चल्ने समाजमा पानी किन चल्दैन ? सानो ठुलो जातको नाममा उचनिच छुत र अछुतको भवना मान्छेले मान्छे माथी राख्नुकाे पछाडी मानव्यतामा माथी प्रश्न उठ्दैन र के दलित मुठीका माखा जस्तै हुन् ? उनिहरु माथी जे गरेपनी हुन्छ ? मान्छे मान्छे बिचको यो जातिय विभेदको प्रखाल कहिले भत्किन्छ यस्ता यावद प्रश्नहरु सर्वसाधारणले उठाइरहेका छन् ? मानिस माथि हुने अमानवीय घटनाहरुमा सम्बन्धित सरोकारवाला निकायनै बेखवर बन्ने गरेको दलित अधिकार कर्मीहरु बताउदै आएका छन् । जातिय बिभेदका घटनाहरू राजनीति दलका व्यक्तिहरु नै लागेर मिलोमतोमा छुपाउदै आएको दलित अधिकार कर्मीहरुको भनाई छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर