
मिन बहादुर खड्का बाजुरा– जगन्नाथ गाँउपलिकाकी निवर्तमान उपाअध्यक्ष एना गिरीको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार शुक्रवार उपचारका लागी नेपालगञ्ज लैजाँदै गर्दा गीरीको बिच बाटोमै ५५ वर्षको उमरेमा असामयिक निधन भएको हो ।

जगन्नाथ गाँउपालिका नडा न. १ स्थायी घर भएकी गिरी नेकपा एमालेको तर्फबाट २०७४ सालको निर्वाचनबाट गाँउपलिका उपाअध्यक्षमा निर्वाचित भएकी थिइन् । नेकपा एमाले जिल्ला कमिटी बाजुरा सदस्य समेत रहेकी स्वर्गिय गिरी पार्टी संगठन निर्माणका लागी र जनताको सेवामा निरन्तर समर्पित थिइन् । गिरीले आफ्नो सम्पुर्ण जिवन पार्टी निर्माण र राजनितिका माध्यमबाट जनताको सेवामा बेतित् गरेको नेकपा एमाले निकट एक नेताले बताएका छन् । गिरीको निधन प्रति उनका समर्थक र शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् । यसैबिच नेकपा एमाले जिल्ला कमिटी बाजुराले गिरीको निधन प्रति एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।
शुक्रवार गिरिको निधन भएको खबर पश्चात जिल्ला कमिटीले शोक वतव्य जारी गर्दै मृतक गिरी प्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेको छ । नेकपा एमाले बाजुराले मृतक गिरीलाई कम्युनिष्ट आन्दोलनकी एक योद्धा पार्टी जीवनकी एक अविरल यात्रि, महिला आन्दोलनकी एक साहसिक महिला नेतृत्वको दुःखद निधन प्रति गहिरो समवेदना प्रकट गरेको छ । जनताकी जनप्रिय महिला नेतृ गिरिको निधनले एक कुशल जनताको अभिभावक गुमाएको, पार्टी जीवनमा अतुलनिय क्षेती भएको एमाले जिल्ला कमिटी बाजुरा द्धारा जारी शोक वक्तव्यमा भनिएको छ । यसका साथै मृत आत्माको चिरशानितको कामना संगै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस् शोक वक्तव्यमा उल्लेख छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर