
बाजुरा – बार्जु महोत्सवमा आज बद्री पंगेनी लगायतको प्रस्तती रहेने भएको छ ।

आयोजक कमिटीका अनुसार उनको साथमा रङ्ग नेपाली र कुलेन्द्र परिवार को पनि प्रस्तुती रहने छ । साथमा नवप्रतिभालाई समेत स्थान दिइने छ । बार्जु सभ्यताको पहिचान समृद्धिको सहयात्रा भन्नेमुल नाराका साथ सुदुर साहित्य प्रतिष्ठान बाजुरा द्वारा आयोजित प्रथम बार्जु महोत्सव यहीँ बैशाख २० गते देखि संचालन भएको थियो । महोत्सव यहीँ चैत्र ३० गते सम्म संचालन हुनेछ । हिजो बादल थापा गुड्दु ओली लगायतका अन्य कलाकारको बेजोड प्रस्तुति रहेको थियो । साथमा स्थानीय प्रतिभाहरुलाई पनि स्थान दिएको थियो । यो संगै स्थानीय झाकीहरु समेत प्रस्तुत हुँदै आएका छन् । साथमा समृद्धिका लागी बार्जु सम्बाद कार्यक्रम पनि निरन्तर संचालन भैरहेका छन् ।
हिजो समृद्धिका लागि बार्जु सम्बाद कार्यक्रम अन्तरगत बाजुराको बिकासमा युवाको भुमिका बिषयक सम्बाद गरिएको थियो । जसको सहजीकरण नेपाल प्रेस चौतारी सुदुरपश्चिम् प्रदेश अध्यक्ष पत्रकार कृष्ण ओलीले गरेका थिए । सम्बादमा नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष युवा नेता नरेन्द्र थापा, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि शुमन केेेेशी, स्वतन्त्र बिचार राख्ने युवा नेता हेमराज थापा गरि तीन जना सहभागी थिए ।
आज बार्जु सम्बाद अन्तरगत बार्जु सभ्यतालाई बाजुराको पहिचान कसरी बनाउने ? बिषय सम्बाद हुनेछ । जसको सहजीकरण पत्रकार सर्पलाल गिरिले गर्नेछन् । महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आकलन गरे भन्दा बढी दर्शकहरुले महोत्सवको अवलोकन गर्ने पनि आयोजकको दावी छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर