• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

बार्जु महोत्सवमा दर्शकहरु बाक्लिदै , फालासैनको धुलो माटो संगै नाच्छन्

खप्तड मालिका न्युज May 8, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

 बाजुरा – प्रथम बार्जु महोत्सव २०८० यहीँ बैशाख २० गते बाट जिल्लाको बुढीगंगा नगरपालिका वडा न‍‍‍‌  ६ फालासैनमा चलिरहेको छ । यहीँ बैशाख ६ गते सम्म हुने महोत्सवको आज छैटौं दिन हो ।

 

बार्जु सभ्यताको पहिचान समृद्धिको सहयात्रा भन्ने मुल नाराका साथ भन्ने मुल नाराका साथ सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयाजनामा यहिँ बैशाख २० गते बाट संचालन भएको महोत्सव यहिँ बैशाख ३० गते सम्म चल्नेछ ।महोत्सवमा दर्शकहरु संख्या बाक्लिदै गएको छ हरेक दिन बहुचर्चित गायक गायिकाले दिने प्रस्तुती संगै झुम्दै रमाउदै दर्शकहरु फालासैनको धुलो माटो संगै नाच्ने गरेका छन् ।महोत्सवमा अवलोकन गर्न आउने दर्शकहरु नाच्दा नाच्दै बडिमालिका क्याम्पस फालासैनमा धुलो माटो उड्ने गरि नाच्छन् । दर्शकहरुको संख्या बढे संगै महोत्सवको माहोल पनि तात्दै गएको छ । बैशाखको महिनाको चर्को गर्मी र कामको चटारोलाई थाती राखेर विशेष गरि तल्लो भेगका तीन पालिका बुढीगंगा, त्रीवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका बडिमालिका नगरपालिकाका स्थानीय वृद्ध बृद्धा, महिला, पुरुष बालबालिकाको महोत्सव हेर्न आउने गरेका छन् । यतिबेला खेतवारीमा गहुँ पाकेका छन् । गहुँ काट्ने, र चुट्ने क्रम जारी छ ।

यो संगै खन्ने जोत्ने सिजन पनि चैत्र बैशाख हो । उसोत किसानहरु सधै व्यस्त नै हुन्छन् । कर्मचारीलाई जस्तो बिदा निश्चित समय आराम किसानहरुका लागि हुँदैन । किसानहरु प्राय बिहान् बेलुका खेतवारी मै व्यस्त हुन्छन् । तर यतिबेला फालासैन आयोजित महोत्सवमा भने व्यस्तताका बाफजुत पनि दर्शकहरुको बाक्लो उपस्थित देखिन्छ ।बिगतको भन्दा यो महोत्सव केही फरक नयाँं, र साझा आभास भएकाले पनि मानिसहरुको महोत्सव प्रती चासो बढेको त्यहाँ आउने दर्शकहरु अताउन्छन् । २३ गत बाल गायक सुप्रीम मल्लको प्रस्तुती रहेको थियो । बहुचर्चित बाल गायक मल्लको धमाकेदार प्रस्तुतीले महोत्सवमा दर्शकहरुलाई थप आकर्षित गरेको छ । उनले फापरको पिठो, धरान बाकी छ, हर युग होस् , धोखेबाज हौं तिमी लगायतका उत्कृष्ट गितहरु गाएका थिए । दर्शकहरुको बिचमै गएर धोखेबाज गित गाएपछी थप मावल रमाइलो बन्दै गएको थियो । गृह जिल्ला बाजुरा पुगेका मल्लले जिल्लाका दर्शकहरुको अपार माया पाएक हुन् । सानै उमेरमा देशभर चर्चा कमाउन सफल बाल गायक मल्ल बाजुराको पहिचान हुन् ।

उनको नामको पछाडी बाजुराको नाम जोडिएको छ । दुर्गम अनि बिकट बाजुराको माटोले मल्ल जस्तै कयौं कलाकारहरु जन्माएको छ । यस्तै आइतबार सुदुरपश्चिम् कै चर्चित गायक मोडेल एवम् सर्जक चक्र बमको प्रस्तुती रहेको थियो । उनले आफ्ना उत्कृष्ट गितहरु गाएका थिए । उनको प्रस्तुती संगै दर्शकहरुको उपस्थिती अस्तीको भन्दा बाक्लिएको हो । उनले ओई काजल, जाडको झोल, भन शाली तेरी दिदी काछ, डोटिको बैकान, मुसुरदानी, लगायतका गितहरु गाएका हुन् । उनको प्रस्तुति संगै दर्शकहरुले नाच्दा नाच्दै फालासैनमा धुलो माटो उडेको थियो । सोही धुलो माटो संगै दर्शकहरुले रमाइलो गरेका हुन् । यसरी दिन प्रतिदिन दर्शकहरुको उपस्तिथि बाक्लिदै गएको छ । हरेक दिनको कार्यक्रममा जनप्रतिनिधिको समेत सहभागीता भैरहन्छ ।

कुन दिन कुन कलाकारको प्रस्तुती छ त ? प्रस्तुती दिन बाँकी कलाका र को को छन् 

बार्जु महोत्सवको आज छैँटौ दिन गायक टंक तिमिल्सेना लगायतको प्रस्तती रहेने भएको छ ।

मैना १ मैना २ चाउमीन कपाल, लगायतका थुप्रै गितहरु गाएर चर्चा कमाउन सफल गाय टंक तिमिल्सेना पछिल्लो समयमा पुक्क पुक्क गाला माथी मेरी चम्पा गितले पनि निकै चर्चा कमाउन सफल भएका छन् । यस्तै कयौं गितहरुमा आफ्नो आवाज दिसकेका सुदुरपश्चिमको सान भनेर चिनिने सबैको लोकप्रिय चर्चित गायक तिमिल्सिनाको आज प्रस्तुती रहने छ । आयोजक कमिटीका अनुसार तिमिल्सिनाको साथमा माया पाण्डे र गणेश चौतारीको पनि प्रस्तुती रहने छ । साथमा नवप्रतिभालाई समेत स्थान दिइने छ ।आज समृद्धिका लागी बार्जु सम्बाद अन्तरगत बाजुरा आफ्नो उत्पादनमा आत्मनिर्भर कहिले बिषयक सम्बाद समेत हसनेछ । जसको सहजिकरण पत्रकार प्रेम रौलले गर्नेछन् ।

Open photo

महोत्सवको चौथो दिन २३ गते चर्चित बालकलाकार सुप्रिम मल्ल, दिपेन्द्र ओली, हिक्मत शाही क्षितिज, डम्मर बिश्वकर्मा, २४ गते चक्र बंम, ईब्सल सञ्जेल, रामचन्द्र बोहरा, छत्र साउद, २५ गते टंक तिमिल्सेना,माया पाण्डे, बिनोद बिक, सम्झना खत्री, २६ गते पशुपती शर्मा, गुड्डु ओली, सुरेन्द्र रोकाया, २७ गते९बद्री पंगेनी, रंग नेपाली, कुलेन्द्र परियार, बिनोद थापा, त्यस्तै २८ गते चर्चित दोहोरी गायक राजु परियार, बिनोद बाजुराली, जनक साउँद, गणेश चौतारी, २९ गते प्रमोद खरेल, चन्द्र शर्मा, प्रकाश थापा, दिर्घ शाही, रमिला नेपाली, ३० गते प्रकाश सपूत, रवि ओड, गौरी भट्ट, बिनोद न्यौपाने, देव बोहराको प्रस्तुति रहने छ ।

समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको छ ।जिल्लामा जुनसुकै कुरामा पनि राजनीति करण बढी हुन्छ भन्ने कुरा सुन्नमा आउने गरेको बताउदै जिल्ला स्थित सवै राजनीति दलको सहकार्य, समन्वय र सहयोगमा महोत्सव संचालन गरिएको आयोजक सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् ।।

बुधबारबाट संचालन भएको महोत्सव ३० गते सम्म चल्नेछ । महोत्सवमा नायिका रेखा थापा, लगायतका २० भन्दा बढी राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै ५० बढी स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहनेछन् ।महोत्सवमा स्थानीय उत्पतित बस्तुको पर्दशन संगै स्थानीय झाकीहरु समेत प्रस्तुत गरिदै आएका छन । साझा सहमति सहकार्य र एकताका माध्यमबाट आयोजित प्रथम बार्जु महोत्सवलाई धेरौले केही सिक्ने, केही सिकाउने यात्रा, विकास र समृद्धिको अभियान,गीत, संगीत र कला साहित्य अनि भाषा सँस्कृतिको प्रवर्द्धन,विकास, समृद्धि र मनोरञ्जन अनि व्यवसायीक उत्सव बार्जु महोत्सव समेत भनेका छन् । यो बिगतको भन्दा नयाँ सुरुवात हो पनि भनेको पाइन्छ । कुल ५० लाख भन्दा लगानी गरेर आयोजना गर्न लागिएको महोत्सवमा करिब ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आकलन आयोजकले गरेको छ ।

निरन्तर समृद्धिका लागि सम्बादः

बाजराको बिकासमा जनप्रतिनिधिको भुमिका, समाज रुपान्तरणमा गैर। सरकारी सस्था, बाजुरा समृद्धिका अवसर र चुनौती, बाजुराको शैषिक गुणस्तर सुधारका सुचकहरु र जिम्मेवारी , राजनिति सुधारमा युवाको भुमिका,बार्जु सभ्यताला्रई बाजुराको पहिचान कसरी बनाउने ? सरकारी सेवा सुरुवातकाने प्रबेशको सुरुवात र संघर्ष, बाजुराको परिचय बदल्ने जिम्मेवारी कस्को ? लगायका समृद्धिका लागि सम्बाद समेत महोत्सवमा संचालन गरिने भएको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑