
मिन बहादुर खड्का बाजुरा – नजिकैको स्वास्थ्य सस्थामा चिकित्सक नहुँदा बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको बडिमालिका नगरपालिका वडा न . १ पाटाकी २८ बर्षिया तुलछा पाध्यायले बाटोमै बच्चा जन्माएकी हुन् ।

बुधबार उनलाई सुत्केरी बेथा लागेपछि आफ्न्तले नजिकै रहेको पाटा सहरी स्वास्थ्य केन्द्रमा लिन खोजेका थिए । उक्त पाटा सहरी स्वास्थ्य केन्द्र पाटामा स्वास्थ्यकर्मी नभएको जानकारी पछि उनलाई स्थानीयले राती करिब ८ बजे घरबाट बोकेर बुढीगंगा स्वास्थ्य चौकी जडाङ्गा लिएका थिए । त्यहाँ लैजादै गर्दा उनले घाडो हाल्ने भन्ने ठाउँमा बच्चा जन्माएकी हुन् । नजिकैको स्वास्थ्य सस्थामा चिकित्सक नहुँदा टाढा लिनुपरेको हो । उनले यसअघि पनि दुई बच्चा जन्माइसकेकी थिइन् । उनको तेस्रो सन्तानको भने बाटोमै जन्म भएको छ । यता पाटा सहरी सास्थ्य केन्द्रका अनुसार सो स्वास्थ्य केन्द्र मा अनमी दुर्गा भण्डारी र अहेव कबिराज दानी कार्यरत छन् । यतिबेला अनमी दुर्गा भण्डारी आफ्नै सुत्केरी बिदामा बसेकी छन् । अहेव कबिराज दानी भने स्वास्थ्य सस्थामै छन् । तर अहेव दानी घर गएको बताइएको छ ।
उनलाई तुलछाका आफन्तले बोलाउदा उनले म सक्दैन भने तर स्वास्थ्य सस्थासम्म समेत आएनन् । बरु घरबाट अन्त लिन भनेर भने एक स्थानीयले बताए । एक स्थानीयका अनुसार यस अघि सो स्वास्थ्य केन्द्रमा कार्यरत अहेव कर्ण बहादुर गुयालले भने गर्भवती महिलाको पनि उपचार गर्दै आएका थिए । स्थानीयले सेवा पाएका थिए । नगरपालिकाका जनप्रतिनिधि फेरिए पछि स्वास्थ्य सस्थामा चिकित्सक पनि फेरिए । पहिला जस्तो प्रभावकारी सेवा समेत अहिलेका चिकित्सकहरुबाट नपाएको स्थानीयले आरोप लगाएका छन् । तर हाल सो स्वास्थ्य केन्द्रमा कार्यरत कबिराज दानीले भने स्वास्थ्य केन्द्र सम्म बोलाउदा पनि सक्दैन भनेर नआएको स्थानीयले बताएका छन् । उनले आफुले केही गर्न नसक्ने भन्दै बाहिर लिन भनेको एक स्थानीयले अहेव कबिराज दानीको भनाईलाई उदृत गर्दै बताएका छन् ।
यस अघि पनि बाजुराका धेरै जसो सुत्केरी महिलाहरुले बाटिमै शिशु जन्माउने गरेकी छन् । सुत्केरी व्यथा लागेपछी स्वास्थ्य सस्था सम्म पुर्याउन धेरै समय लाग्ने हुँदा स्वास्थ्य सस्था नपुग्दै बाटोमै शिशु जन्माउने गरेका हुन् । बाजुराका दुर्गम अनि विकट बस्तीकामहिलाहरूले कतै स्वास्थ्य चौकी नजिक नहुँदा त कतै समयमा स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सास्ती खेप्ने गरेका छन् । एउटा स्वास्थ्य सस्थामा एक जना मात्र प्रसुती गराउने स्वास्थ्य कर्मीहरु हुने हुँदा कहिलेकाहीं बिदामा बस्दा समस्या हुने गरेको छ । अझ भनौं बाजुराका आमाहरूका लागि जत्काल काल बनेर आउन्छ भन्ने गरिन्छ । स्वास्थ्य कर्मीहरुको लापरबाहीका कारणले समेत बाजुराका सुत्केरी महिलाहरुले ज्यान गुमाउँदै आएका छन् ।
बिगत चार बर्ष यता मात्र जिल्ला भरका १० भन्दा बढी सुत्केरी महिलाहरूले ज्यान गुमाइसकेकी छन् । तर यी दर्दनाक घटनाहरु दिनप्रतिदिन बढ्दै गएका भएपनि सम्बन्धित सरोकारवाला निकाय नै मौन बस्ने गरेको जानकारहरु बताउन्छन् । स्वास्थ्य सस्थाहरुमा समेत राजनीतिकरण गरेर दक्ष अनुभवी चिकित्सकलाई हटाएर आफ्ना निकटका चिकित्सकहरु नियुक्त गर्ने प्रवृत्तिले पनि समयमा प्रभावकारी सेवा पाउन सक्दैनन् । स्वास्थ्य सस्थामा स्थानीय तहमा जनप्रतिनिधि फेरिए संगै चिकित्सक समेत फेरिने प्रचलन जिल्लाका अधिकांस पालिकामा छ । त्यसकारण पनि जिल्ला बासिले नजिकैको स्वास्थ्य सस्थाबाट प्रभावकारी सेवा पाउन सकेका छैनन् ।
पछिल्लो समयमा मानिसको जीवन संग जोडिएको अस्वस्त मानिसलाई स्वस्थ बनाउने स्वास्थ्य सस्थामा समेत खुल्याम राजनीतिकरण हुने गरेको सर्वसाधारणले आरोप लगाउने गरेका छन् । उसो त जिल्लामा अन्य जटिल रोगका बिरामीहरुले समेत समयमा उपचार नपाई ज्यान गुमाउनुपर्ने बाध्यता छ । त्यसकारण पनि जिल्ला बासिले समयमा उपचार पाउदैनन् । बरु उपचारका लागि जिल्ला बाहिर रिफर गर्दा बीच बाटोमै ज्यान गुमाएर फर्किएका कयौं घटनाहरु छन् । उपचारका लागि गएकाहरु अस्पताल नपुग्दै अस्ताउन्छन् । तर जिल्ला स्थित सरोकारवाला निकायहरु भने राजनीतिकरणमै व्यस्त देखिन्छन् ।
जनताको स्वास्थ्य माथी नै खेलवाड जिल्ला स्थित राजनीति दलले गर्दै आएका छन् । अस्पतालमा आउने चिकित्सकको दक्षता मापन गर्नु भन्दा पहिला कुन राजनीति दल प्रति आस्थावान हो भन्ने कुरा पहिला पहिचान गर्न खोजिन्छ । फरक राजनीति दल प्रती आस्थावान चिकित्सकलाई जिल्लामा बस्ने वातावरणबाट बन्चित गराइन्छ । विभिन्न बाहानामा बरु सरुवा गर्ने चलखेल सुरु हुन्छ । सर्वसाधारणहरु बताउन्छन् ।
जसको उद्घारणका रुपमा एमडिजीपी डाक्टर प्रेरित देवकोटालाई लिन सकिन्छ । जसलाई जिल्लाबाट खुल्याम राजनीतिकरण गरेर जिल्लाबाट लखेटिएको सर्वसाधारणले आरोप लगाइरहेका छन् । अनि कसरी ? जिल्ला बासिले प्रभावकारी सेवा पाउन्छन् । कहिले सम्म जनताको जीवन माथी खेलवाड गर्छौ ? अस्पतालमा किन र के का लागि राजनीति ? अनि अझै कहिले सम्म उपचारकै अभावमा घिन लाग्दो राजनीति प्रबृत्तिकै कारण जनताले ज्यान गुमाउनुपर्छ ? यी प्रश्नहरु सर्वसाधारणले गर्ने गरेका छन् ? पटक पटक जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य सस्थाको बिषयलाई लिएर विभिन्न टिकाटिप्पणी समेत हुने गरेका छन् । टिकाटिप्पणी मात्र होइन चर्को आलोचना समेत हुने गरेको छ । तर सरकारवाला निकायहरू भने मुख दर्शक नै देखिन्छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर