
मिन बहाद्र खड्का बाजुरा –जिल्लाको बुढीगंगा नगरपालिका वडा न . ६ फालासैनमा हुने प्रथम बार्जु महोत्सवको तयारी तायारी तिप्र पारिएको छ । सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ बर्ष नयाँ उत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना हुन लागेको छ ।यहीँ वैशाख २० गते गते देखि १० दिनसम्म चल्नेगरि महोत्सवको आयोजना गर्न लागिएको आयोजक मुल कमिटीका संयोजक नरेन्द्र थापाले बताउनुभएको छ ।

आज बिहान रेडियो पौरखीको पौरखी बहस कार्यक्रममा थापाले यस्तो बताउनु भएको हो । कुराकानीमा थापाले बिगतमा आयोजना हुने महोत्सव भन्दा नयाँ फरक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो महोत्सवबाट जिल्ला बासिलाई महोत्सवको वास्तविक अनुभुती गराउने पनि थापाको भनाई रहेको छ । महोत्सवको आयोजना हुन पछाडीको उदेश्य पैसा कमाउनु मात्र हो भन्ने मानसिकताबाट मुक्त भएर सवैले महोत्सवलाई सफल पार्न लाग्न आग्रह गर्नुभएको छ ।
समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थापाले पत्रकार सम्मेलनमा बताउनु भएको छ । स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको थापाले बताउनुभयो ।जिल्लामा जुनसुकै कुरामा पनि राजनीति करण बढी हुन्छ भन्ने कुरा सुन्नमा आउने गरेको बताउदै जिल्ला स्थित सवै राजनीति दलको सहकार्य, समन्वय र सहयोगमा महोत्सव संचालन गरिने थापाको भनाई छ । महोत्सब शान्तिपुर्ण ढङ्गले सम्पन्न हुने कुरामा बिश्वस्त रहन पनि उहाँले आग्रह गर्नुभएको छ ।
समृद्धिका लागि सम्बादः
बाजराको बिकासमा जनप्रतिनिधिको भुमिका, समाज रुपान्तरणमा गैर। सरकारी सस्था, बाजुरा समृद्धिका अवसर र चुनौती, बाजुराको शैषिक गुणस्तर सुधारका सुचकहरु र जिम्मेवारी , राजनिति सुधारमा युवाको भुमिका,बार्जु सभ्यताला्रई बाजुराको पहिचान कसरी बनाउने ? सरकारी सेवा सुरुवातकाने प्रबेशको सुरुवात र संघर्ष, बाजुराको परिचय बदल्ने जिम्मेवारी कस्को ? लगायका समृद्धिका लागि सम्बाद समेत महोत्सवमा संचालन गरिने भएको छ ।
नायिका रेखा थापा लगायतका बहुचर्चित गायक गायिकाको बेजोड प्रस्तुती रहनेः
महोत्सव यहीँ आउदो वैशाख २० गते बाट संचालन भैई ३० गते सम्म चल्नेछ । महोत्सवमा नायिका रेखा थापा, बहुचर्चित आधुकि गायक प्रमोद खरेल, बद्री पंगेनी, चन्द्र शर्मा, प्रकाश सपुत, एलिना चौहान्, राजु परियार,शान्तिश्री, परियार,बिनोद बाजुरेली, लाल बहादुर थापा, प्रकाश थापा, बाल गायक सुप्रिम मल्ल, लगायतका २० भन्दा बढी राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै ५० बढी स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहनेछन् । महोत्सवमा स्थानीय उत्पतित बस्तुको पर्दशन संगै स्थानीय झाकीहरु समेत प्रस्तुत गरिने बताइएको छ ।
साझा सहमति सहकार्य र एकताका माध्यमबाट आयोजित प्रथम बार्जु महोत्सवलाई धेरौले केही सिक्ने, केही सिकाउने यात्रा, विकास र समृद्धिको अभियान , गीत, संगीत र कला साहित्य अनि भाषा सँस्कृतिको प्रवर्द्धन विकास, समृद्धि र मनोरञ्जन अनि व्यवसायीक उत्सव बार्जु महोत्सव समेत भनेका छन् । यो बिगतको भन्दा नयाँ सुरुवात हो पनि भनेको पाइन्छ । महोत्सवको उद्घाटन र समापन कार्यक्रमको जिल्ला स्थित सम्पुर्ण रेडियो तथा अनलाइनबाट प्रत्यक्ष प्रशारण संगै व्यापक प्रचार गरिने छ । कुल ५० लाख भन्दा लगानी गरेर आयोजना गर्न लागिएको महोत्सवमा करिब ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आकलन आयोजकले गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर