
काठमाडौँ- आइतबार उपनिर्वाचन सम्पन्न भएका बारा–२, चितवन–२ र तनहुँ १ मा धमाधम मतगणना सुरु भएको छ । तनहुँ १ मा गएराति देखि नै मतगणना सुरु भइरहेको हो भने बारा २ र चितवन २ मा सोमबार दिउँसो देखि मतगणना सुरु भएको हो ।

मतगणना सुरु भएदेखि नै तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका छन् । उनलाई कांग्रेसका गोविन्द भट्टराईले पछ्याएपछि मतान्तर धेरै छ । यस्तै एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा रहँदा अन्य उम्मेदवारले उल्लेखनीय मत पाउन सकेका छैन ।
यस्तै बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता बनाएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याउँदा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल पछि रहेका छन् । बारा २ मा ३४ जना उम्मेदवार छन् ।
यस्तै चितवन २ मा रास्वपाका पनि केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । चितवनमा रास्वपाका सभापति रवि लामिछाने सहित कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।बारा २ मा ६८ हजार ८८७, चितवन २ मा ७८ हजार २७७ र तनहुँ १ ६३ हजार ७५७ हजार मत खसेको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर