
बाजुरा –नेपाल विद्यार्थी सघ बाजुराले दलित विद्यार्थी माथी उपेक्षा गरेको नेपाल बिद्यार्थी संघ निकट बिद्यार्थीहरुले आरोप लगाएका छन् । सनिवार नेबिसघ बाजुराको जिल्ला कार्य समितिलाई पुर्णता दिएपछि दलित विद्यार्थी माथी उपेक्षा गरेका आरोप लगाएका हुन्। नेबिसघ बाजुराको जिल्ला कार्यसमितिको पदाधिकारी पदमा दलित विद्यार्थी नअटाएको देखिन्छ ।

अरु तल सामान्य सदस्य पदमा समाबेश गरिएको भएपनी पदाधिकारी पदमा दलित विद्यार्थी अटाउन नसक्नुको कारण कारण के हो ? भन्दै कतिपयले प्रश्न गरेका छन् । दलित विद्यार्थी पदाधिकारी पदमा नअटाउदा असन्तुष्टि समेत जनाएका छन् । नेबिसंघ बाजुराले दलित बिद्यार्थिलाई कुनै पदीय जिम्मेवारी नदिई दलित बर्ग बिद्यार्थिहरुलाई काटुन बनाउन खोजिएको आरोप लगाईएको छ । दलित विद्यार्थीहरुलाई प्रयोग मात्र गरिने र मुख्य जिम्मेवारी दिन नसकिने नजिर कपोलकल्तित भएको जनाएको छ ।
नेबिसंघ बाजुराले दलित बिद्यार्थिलाई गरेको र गर्दै आएको हेपाहा प्रबिद्रीलाई स्वीकार नगर्ने एक विद्यार्थी नेता तपेश विकले बताए । उनका अनुशार नेबिसंघ बाजुराले यो निर्णय सच्याएर उचित निर्णय गर्नु पर्ने समेत बताएका छन् ।बिगत देखी अहिले सम्म दलितहरुलाई कुनै पद सम्म लिन नसकेको बाजुरा नेबिसंघले यस पालि पनी दलित बिद्यार्थिहरु माथि सौतेनी ब्यवाहार देखाएको उनले भने ।
लामो समय देखी नेबिसंघले टिके प्रबृर्दि वाट संगठनलाई पूर्णता दिदै आएको र दलित समुदायलाई प्रयोग मात्र गर्ने मुख्य जिम्मेवारीमा राख्न नसक्ने प्रबिर्दी हट्नु पर्ने उनले चेताउनी दिएका छन् ।
जिल्लाका केही ठुला नेता भनाउदा हरुले आफ्ना नाता गोता बाहेक पार्टिमा तथा भार्ति संस्थाहरुमा अरु अटाउन सकिएका छैनन् विद्यार्थी नेता विकले भनेका छन् ।यतिबेला नेविसंघको कार्य समितिको बिषयलाई लिएर बिभिन्न टिकाटिप्पणी समेत भइरसहेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर