
बाजुरा – त्रिबेणी नगरपालिका ५ मा र अवस्थित पर्यटकिय सम्भावना बोकेको किम्नीछडा झरनामा राज्यको नजर परेको छैन । पर्यटकिय सम्भाब्यता बोकेको उक्त झरनामा राज्यको दृष्टि अहिलेसम्म परेको छैन । । जिल्लाको तल्लो क्षेत्रमा रहेको र जिल्लाको हिसाबमा सबै भन्दा अग्लो स्थानबाट झरिरहेको किम्नीछडा झरनाको बिकासमा समन्धित स्थानीय तह तथा राज्यले चासो नदेखाउदा ओझेलमा परेको हो । नेपालमा संघीयता आएको ६ बर्ष पुगिसक्दा पनि अन्य पहुँचमा रहेका कयौं स-साना सम्पदाहरुमा राज्यले करोडौं रकम खर्च गर्दा पनि किम्नीछडा झरनामा भने राज्यले नहेरेको स्थानिय दिपक बहादुर बुढाले बताए ।उक्त झरनाको संरक्षणका लागी स्थानिय जनप्रतिनिधि समेत बेखबर बनेको स्थानियको आरोप छ ।


भौगोलिक हिसाबले निकै दुर्गममा रहेको किम्नीछडा झर्ना सम्भवत बाजुरा जिल्लाकै सबैभन्दा ठूलो झरनाको रुपमा रहेको दावी स्थानियले गरिरहेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने यो झर्ना समुन्द्र सतहबाट करिब ७ हजार फिट उचाईमा रहेको छ । निकै आकर्षक रुपमा झरिरहेको किम्नीछडा झरना करिब ३ सय मिटर दुरिमा अग्लो स्थानबाट झरिरहेको देखिन्छ ।निकै मनमोहक,लोभलाग्दो
किम्निछडा झरनालाइ राज्यपक्षबाट उपेक्षित गरिएको देखिन्छ । त्यहाँ स्थानिय नागरिक भन्छन् यसको कुनै पहिचान हुन नसकेको गुनासो गर्छन् । राज्यले यसको पहिचान गरि यसको संरक्षण गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याइ जिल्लाको पहिचान हुने र आयस्रोतमा पनि वृद्धि हुने स्थानियको भनाई रहेको छ ।

एकैनासले झरिरहने भएकाले पनि यस किम्नीछडा झरनालाले पर्यटन प्रवर्द्धनमा निकै ठूलो योगदान गर्ने बिश्वास गरिएको छ । यस किम्नीछडा झरनाको संरक्षणको लागि झरनाको वारि पारी फलामे र्यालीङ र पर्यटकलाई आराम गर्न तथा घाम पानी छेक्नको लागि ठाउँ ठाउँमा गोलघर निर्माण मात्रै गर्ने हो भने पनि यसको बिकास हुने स्थानिहरु बताउछन । पर्यटकलाई वारि पारिको दृश्य अवलोकन गर्नको लागि झरनाको बिचमा झुलुङे पुल निर्माण र पर्यटकलाई हिडडुल गर्न सहजताको लागि रेलिङ सहितको पथ मार्ग निर्माण गर्न सके मात्र पनि यो क्षेत्रको बिकास हुने विश्वास गरिएको छ । किम्निछडा झरनाको पर्यटकीय प्रबर्द्धन र बिकास गर्नको लागि समन्धित निकाय तथा राज्यको ध्यान जान आबश्यक रहेको देखिन्छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर