• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

जनप्रतिनिधिको भोट माग्ने भाँडो छेडेदह ताल, तीन वटै तहका सरकारबाट ओझेलमा

खप्तड मालिका न्युज April 23, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको वडा न ४ ,५ र ७ तिनै वडाको सिमानाको बिचमा पर्ने छेडेदह ताल तीन वटै तहका सरकारबाट ओझेलमा परेको छ । तालको बिबादका कारण पर्यटन प्रर्वद्धन हुन सकेको छैन।

तिव वटा वडाहरुको आपसी बिवादका कारण तालको प्रर्वद्धनमा असहज भएको गाँउपालिकाको कार्यालयले बताउँदै आएको छ । संघियता पछी स्थानिय सरकारको एक कार्यकाल बितिसक्दा पनि यो तालको पर्वद्धनका लागी खासै पहल हुन सकेन । पाँच बर्षका अवधिभर सो तालको संरक्षरण र पर्बद्धनका लागी स्थानिय सरकानै बेखबर बनेको र चाँसो नदेखाएको आरोप गाँउपालिका माथि लागेको थियो । उक्त तालकै कारण पाँच बर्षको अवधिभर गाँउपालिकाका जनप्रतिनिधिहरुले चर्को आलोचना खेप्नुर्पो । तत्कालिन जनप्रतिनिधिहरु चर्को आलोचना सहन बाध्य भए तर उक्त तालको संरक्षण र प्रबद्र्धनमा ध्यान दिएनन् । वडा वडाको बिबादका बिच सो क्षत्रको पर्बद्धन गर्न असहज भएको कारण देखाए । पाँच बर्षको कार्याकालमा स्थानिय सरकारबाटै छेडेदह तालको महत्व ओझेलमा पर्यो । पाँच बर्षको कार्यकाल सम्पन्न भएपछी पुनःनयाँ जनप्रतिनिधि निर्वाचित भए । चुनावका बेला त भोट माग्ने भाँडो सो छेडेदह ताललाई पनि अहिलेका निर्वाचित जनप्रतिनिधिले बनाए । समृद्ध छेडेदहको नारा बोकेर गाँउगाँउमा पुगे । छेडेदह ताललाई पर्यटकिय क्षत्रका रुपमा बिकास गर्ने आश्वासन दिए ।
गाँउगाँउमा गएर पुगेर गरेका चुनावी आमसभालाई सम्बोधन गर्दै प्रमुख प्रथामिकता छेडेदहलाई नै दिने बताएका थिए । तर निर्वाचित भएको एक कार्यकाल बितिसक्दा पनि नयाँ जनप्रतिनिधिको समेत यो ताल प्रति ध्यान गएको पाइदैन । बरु पुरानो जनप्रतिनिधिले झै बिबादको कारण अहिलेका जनप्रतिनिधिले पनि देखाउदै आएका छन् । चुनावका बेला जनता सामु छेडेदहको बिषयलाई लिएर गरेका बाचाहरु पुरा गर्न निकै चुनौती देखिएको समेत जनप्रतिनिधिहरु बताउदैँ आएका छन् । चुनावअघि छेडेदह तालको प्रर्बद्धनका लागी बनाएका योजना कार्यान्वयन गर्न बिबादका कारण असफल हुने अवस्थामा पुगेको जनप्रतिनिधिहरुले बताइरहेका छन् ।
बिबाद मिलायउने ठोस योजना नै गाँउपालिका संग छैनः
बिबादको कारण देखाँउदै आएको गाँउपालिकाले बिबाद मिलाउनका लागी हाल सम्म कुनै पहल गरेको पाँइदैन । गाँउपालिका संग यो बिबादलाई साम्य गर्न नत ठोष योजना नै छ ।बिबादको कारण देखाएर चुपचाप लाग्न मिल्छ , बिबाद मिलाउने गाँउपालिकाको दायित्तव धित्र पर्छ कि पर्दैन, यि प्रश्नहरु उठिरहेका छन् । बिबादका कारण देखाउदै चुपचाप बस्न सजिलो भएको भन्दै अहिलेपनि गाँउपालिकाको उत्तिकै आलोचना भइरहेको छ । बिबाद मिलाउने प्रयास धेरै पटक भएपनि स्थानिय तयार नभएको गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् । बिबाद मिलाउनका लागी अव गाँउपालिकाले ठोष निर्णय गरेर अगाडी बढ्नुको अर्को बिकल्प नरहेको अध्यक्ष रावतको भनाई छ ।
गाँउपालिकाले छेडेदह संरक्षणका लागी कार्यदल नै गठन गरेर अगाडी बढ्ने योजना आफुले बनाएको अध्यक्ष रावतले बताए । यता वडा अध्यक्षहरुलाई बुझ्दा आफुहरु विबाद मिलाउनका लागी आवश्यक समन्वय स्थानिय संग गर्न तयार रहेको बताएका छन् ।उसो त पुराना जनप्रतिनिधिहरुले उक्त तालको पर्यटन पर्बद्धननगर्ने कुरामा समेत राजनितिकरण गरेको श्रोतको आरोप छ । वडा अध्यक्षहरुले नै आआफ्ना अलग अलग पिक्निक स्पोर्टहरु बनाएका थिए । विबादको सुरुवात वडा अध्यक्षहरुले नै गरेको पनि श्रोतले आरोप लगाएको छ । उक्त तालको संरक्षणका निमित्त साझा सहमति सहकार्य र एकताका माध्यमबाट हुनुपर्ने स्थानियको भनाई छ ।
पहिरोको समेत उच्च जोखिममा संरक्षणमा सरोकारवाला निकाय मौनः
उक्त ताल पहिरोको समेत उच्च जोखिममा रहेको छ । छेडेदह ताल लगातार बर्षाका कारण तालको छेउमा पहिरोे बग्दा ताल उच्च जोखिममा बनेको हो ।तालको छेउमा धेरै बर्ष पहिले देखी पहिरो बगिरहेको छ । पहिरो तालको नजिकै पुगिसकेको छ । बाजुराको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको छेडेदह ताल फुटन सक्ने सम्भावना रहेको भन्दै त्यहाँका स्थानीय चिन्ता व्यक्त गर्दछन्। ताल पहिरोको उच्च जोखिममा रहेको भएपनि सम्बन्धित सरोकारवाला निकाय भने मौन छ । तालको छेउमा ठुलो पहिरो बगिरहेको छ । हिउँदमा रोकिएपनि बर्षात शुरुवात भएपछि सधै पहिरो बग्न थालेपछि ताल नजिक पुग्न थोरै रहेको छ तर पहिरोबाट जोगाउनका लागि भने सम्बन्धित सरोकारवाला निकायले कुनै चासो देखाएको छैन ।

छेडेदह ताल बाजुराको ठुलो सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय तह देखी केन्द्रीय सरकारले पनि विशेष ध्यान दिनुपर्ने स्थानियहरु बताउन्छन् । खप्तड छेडेदह गाउपालिकाले आफ्नै सम्पत्ति हो भन्ने हेतुका साथ प्रतिबद्ध भएर लाग्नुपर्ने स्थानीयले जोड दिदै आएका छन् । सो अनुसारको पहल पनि गर्दै आइरहेका छन् । पालिकाले यसको संरक्षण गरेमा यस क्षेत्रको आर्थिक विकास र पहिचान बढ्ने देखिन्छ । यो तालको संरक्षणका लागि तत्कालै तालको नजिकै बगिरहेको पहिरो रोकथाम गर्नु पर्ने स्थानियहरुको माग छ । पहिरा रोकथामका लागी दिर्घकालिन तरिकाले पहल चाल्ने बताएका गाँउापलिका अध्यक्ष रावत नै अहिले बेखबर छन् । बर्षात फेरी सुरु हुँदै छ । पहिरोले छेडेदह ताल नै मासिन्छ कि भन्ने चिन्ता स्थानियको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण पर्यटकको प्रर्खाइमाः
प्राकृतिक सौन्दर्यताले भरिपुर्ण पर्यटकीय सम्भावना बोकेको स्वोर्गको टुक्रा तीन वटै तहका सरकारको नजरमा पर्न नसकेको प्रकृतिको एक मात्र अनुपम उपहार छेडेदह ताल हो । यो ताल पर्यटकको प्रखाइमा रहेको छ ।छेडेदह ताल मार्तडी थामलेख सडक खण्डको छेउमै पर्ने गर्छ । रारा खप्तड पैदल यात्रासँगै जोडिएकोले तालको महिमा बढी छ । तर संरक्षण अभावमा यसको महत्व ओझेलमा छ । तल हेर्दा पनि निकै सुन्दर देखिन्छ ।चारैतिर हरियाली बनजङ्गल सुन्दर डाँडापाखाले घेरिएको र बिचमा रहेको सो तालको दृश्य देख्ने बितिक्कै जो कोहिको मन लोभिने गर्छ । सुन्दर ताल संगै वरपरको मनोरम दृश्यले नै पर्यटकहरुको मन लोभ्याई दिने गर्छ । विशेष गरेर बर्षातको समयमा तालको आकार पनि बढ्ने र संगै हरियाली बनजंगल सुन्दर दृश्य अझै रोमाञ्चक देखिने गर्छ । प्राकृतिक सौन्दर्यताको खानी सो ताल घुम्न आउने आन्तरिक पर्यटकहरु कहिले रोकिदैनन् । अझ विशेष गरेर प्रेम जोडिहरु लामो समय सम्मको पैदल यात्रा गरेर सो ठाउँमा पुग्ने गर्छन् । सो तालमा को प्राकृतिक सौन्दर्यता संग घुलमिल हुँदै एक आपसमा सुख दुःखका कुरा गर्दै आत्मीयता सातासात गर्ने गर्छन् ।

प्रेम जोडिहरुका बिशेष ठाँउ  बन्दै छेडेदह तालः
पछिल्लो समय सो ताल प्रेम जोडिहरुका लागि उद्गम स्थल जस्तै बन्न पुगेको छ । प्रेम जोडिहरुले विशेष ठाउँका रुपमा पनि लिने गरेका छन् । आफैमा प्रकृतिले नै प्रेम आकारको बनाइदिएको छ । तालकै छेउमा मन्दिर पनि रहेको छ । प्रेम जोडिहरुले उक्त मन्दिरमा आफ्नो मनोकानक्षा पूरा होस भन्दै दर्शन समेत गर्छन् ।विशेष गरेर हरेक बर्ष श्री कृष्णजन्माअष्टमीको दिनमा करिव ११/१२ सयको सङख्यामा आन्तरिक पर्यटकहरु सो तालमा घुम्न आउने गर्दछन। सो तालको प्रचार प्रसार र प्रवद्धनका लागि त्यहाँका स्थानीय युवा विद्यार्थीहरुले पहल गरेतापनि सिंहदरवारका रुपमा रहेका स्थानिय सरकारहरु भने मौन देखिएका छन् ।

बाजुरा जिल्लाकै हकमा अन्य स्थानिय तहमा रहेका प्राकृतिक सौन्दर्यताका रुपमा रहेका धार्मिक र पर्यटकीय दृस्टिकोणले पर्यटकीय सम्भावना बोकेका क्षत्रको खोजी गरेर प्रबद्र्धद्धन गरेको पाइन्छ तर सो पालिकाले भने बर्षौ देखि पर्यटकको प्रखाइमा रहेको संरक्षणकोअभावमा महत्व ओझेलमा परेको छेडेदह ताल आँखै अगाडी हुँदा पनि स्थानीय सरकारको नजरमा पर्न नसकेको स्थानीयहरुको गुनासो गर्दै आइरहेका छन् । तर यता स्थानीय सरकार भने मुख दर्शक नै बनेको छ । स्थानीय सरकारले नै सौतेनी व्यवहार गरेको स्थानीयको आरोप छ । “यो साच्चिकै आफनै आमाबुवा बाट सन्तान अपहेलना गर्नु जस्तै हो” । “एक स्थानिय युवा बिदार्थी गणेश बुढाले भने” पहिलो कुरा त स्थानीय सरकारले नै सौतेनी ब्यवहार गरि यसको प्रर्वद्धनमा ध्यान नदिनु लज्जास्पद बिषय हो । उनले थप्दै भने”
स्थानीय तहबाटै समेत ओझेलमा रहेको सो तालको प्रवद्धन गर्न प्रदेश र संघीय सरकारबाट कुनै पहल हुन सकेको छैन । जिल्लाका अन्य स्थानीय तहमा रहेका धार्मिक एवम पर्यटकीय सम्भावना बोकेका क्षत्रहरुको पर्बद्धनका लागि प्रदेश सरकारबाट समेत करोडौंको बजेट विनियोजन गरि निर्माण कार्य समेत संचालनमा रहेका छन् । तर हाल सम्म छेडेदह तालकोपर्बद्धनका लागि भने कुनै पनि तहका सरकारले ध्यान नदिएको स्थानीय बिद्यार्थी शैलेश रावतले बताए । हाल सम्म उक्त तालको गहिराई कति छ भन्न्ने कुराको समेत अध्ययन अनुसन्धान हुन सकेको छैन । अत्यन्तैै रामणिय नै सुन्दर सो तालको  प्रचार प्रसार नै हुन सकेको छ । स्थानीय वृद्ध बृद्धाका अनुसार १२ जोला निगाला भन्दा बढी सो तालको गहिराई रहेको भन्ने गरिन्छ ।
तर एकिन यति नै गहिराई छ भनेर कसैलाई थाहा छैन । यतिवेला यी यस्ता प्रश्नहरु उठिरहेका छन् यो तालका विषयमा कि सो तालको प्रचार प्रसार मा मै कमि हो वा प्रर्बद्धनका लागि पहल नै नभएको हो ? के जानीजानी सो तालको प्रवद्धनमा कसैले ध्यान नदिएको हो ? भन्दै चौतर्फी तीन वटै तहका सरकार विरुद्ध सो ठाउँका युवा विद्यार्थीहरुले चर्को आलोचना गर्ने गरेका छन् । के छेडेदहका लागी बजेट नै विनियोजन गर्नु पर्दैन ? के छेडेदहमा पर्यटकीय सम्भावना बोकेका त्यस्ता कुनै सम्भावना नै छैनन् ?यदि छैन भने के तिनीहरुको प्रर्बद्धन गर्नु तिन वटै तहको सरकारको दायित्व हो कि होइन ? हो भने सदा पर्यटकको प्रखाइमा रहेको छेडेदह तालको प्रर्बद्धनमा ढिलाइ किन ? कि सो ठाउँको प्रर्बद्धन गर्नु उपयुक्त नै छैन ? अनेकौं प्रश्न संगै जिज्ञासा्हरु स्थानीयहरुले राख्ने गरेका छन् ।

पुष माघमा हिउँको तन्न्ना ओछ्याएर पर्यटकहरुको प्रखाइमा बसेको छेडेदह तालले सजिलै आर्कषित गर्छ

पुष माघमा हिमपात सुरु भएपछि आफैमा पनि सो ताल आसपासका क्षेत्ररहरु हिउँको तन्न्ना ओछ्याएर पर्यटकहरुको प्रखाइमा पर्खिरहेको हुन्छ ।अझ हिउँदे याम सुरु भएपछि सो ताल नजिक आसपासका बाक्लो हिमपात हुने गर्दछ । सो तालबाट जिल्लाका र छिमेकी जिल्ला अछाम ,बझाङका हिउँले छिपिएका सेताम्य सुन्दर डाँडापाखाहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।सो ताल पुग्न जंगलको बाटो हुँदै जानुपर्ने हुन्छ । हरियाली संगै घनघोर जंगलमा चराहरुको चिरबिर आवाज संग रमाउदै सो तालमा पुगेर चिसो सेरोठो सिरबिर हावा संगै अति नै रोमाञ्चक र रमणीय दृश्य देख्न पाउँदा स्वर्ग पुगेको अनुभुती हुने गरेको त्यहा घुम्न आउने आन्तरिक पर्यटकहरु बताउन्छन् । घण्टौ सम्मको पैदल यात्रा पछि सो ठाउँमा पुगेका पर्यटकहरु यात्रामा जतिसुकै दुखकष्ट भएपनी तालको मनोरम दृश्यलाई एकछिन मात्र नियाल्न पाउदा मनमा आनन्द महसुस हुने बताउन्छन्।
Open photo
घुम्न आएका आन्तरिक पर्यटकहरु सास्ती खेपेर फकिन्छन्
एकछिन त्यहाँ मनोरम दृश्यलाई केही छिन रमायता पनि त्यहाँ खान बस्नको भने कुनै ब्यवस्था नभएका कारण त्यँहा बाट जसरी नि फर्किनु पर्ने बाध्यता छ । घण्टौ सम्मको पदल यात्रा गरेर सो ताल हेर्न पुगेका आन्तरिक पर्यटकहरु बेलुका हेर्ने धोको पूरा नहुँदै फर्किनु पर्दा सास्ती खेप्नु परेको गुनासो गर्ने गरेको पाइन्छ । जिल्लाका विभिन्न ठाउँहरुबाट बनभोजको आयोजना गरि सो ताल सम्म बर्सेनि पुग्ने गर्छन् ।तालको सुन्दर दृश्य संगै निकै रमाइलो गर्ने गरि सो ठाउँ पुगेता पनि त्यहाँ मनोरञ्जन गर्नका लागि त्यस्तो बाताबरण नै छैन । समान्यतया बनभोज स्थलसम्म विद्युत पनि जडान गर्न सकिएको छैन । अन्य कुनै कार्यक्रम गर्नका लागी पनि विद्युत नहुदा पनि त्यत्तिकै समस्या हुने गरेको छ । धेरै टाढावाट सो ठाउँ सम्म पुगेका पर्यटकहरु यति सुन्दर तालको प्रर्वद्धनमा यहाको स्थानीय तहले चासो नदेखाएको महसुस भएको बताउन्छ्न् । आन्तकि पर्यएटकहरुका लागी सानमान्य खान बस्नको लागी र कार्यक्रम गर्नका लागी बिद्युतको समेत सुबिधा नहुँनु जति दुखःद बिषय अरुके नै हुन सकछ र ?
ताल हेर्न आउने आन्तरिक पर्यटकहरुहरुको सुझाब र ताल प्रतिको अपेक्षा ः
जिल्लाको बुढिग‍‌गा नगरपालिका राजेन्द्र रावत धेरै पटक सो ताल सम्म पुगेका छन् । उनको घरबाट सो ताल सम्म करिव ४÷५ घण्टाको पैदल यात्रा गरेर मात्र सो तालसम्म पुग्न सकिन्छ । सुन्दर छेडेदह तालको मनोरम दृश्यलाई जति नै नियाले पनि मनको धोको अपुरो नै हुने गरेको रावत बताउन्छन् । ‘उनले भने’ “एकपटक सो तालको सुन्दरता संग रमाएर फर्किए पनि अर्कोपटक फेरि त्यहाँ नजाम भने पनि मनले मान्दैन । सो तालको सौन्दर्यताले एउटा मेरो मात्र होइन जोकोहीको मन लोभ्याउन्छ होला । आखीर त्यो सुन्दर दृश्यलाई नियाल्ने हो भने कस्को पो मन नलोभिएला ।जति सो ताल अति मै सुन्दर छ त्यति नै सो तालको प्रवद्धनमा ध्यान दिने हो भने आन्तरिक मात्र नभैइ बाह्र पर्यटकहरुलाई भित्र्याउन सकिने देखिन्छ ।”
सो तालको प्रवद्धन गर्न सकेमा सो ताललाई पर्यटकिय क्षत्रका रुपमा बिकास गर्दै लैजाने हो भने पालिकाको आर्थिक बिकासमा सहयोग पुग्ने उनको भनाई छ । समग्र पालिकाको आर्थिक विकास र पर्यटकिय सम्भावना बोकेको क्षत्रका रुपमा रहेको बताउदै सो तालको पर्यटन प्रर्वद्धनमा स्थानीय सरकारले ध्यान दिन आवस्यक रहेको उनले बताए ।रावत मात्रै होइन त्यहाँ पुगेका सवै आन्तरिक पर्यटकहरु सो ताल हेरेर कहिले धोको पुरा नहुने बताउन्छन् ।

बिगत पाँच बर्षको कार्यकाल बितिसक्दा पनि स्थानीय सरकार बाट नै ओझेलमा पर्नुको कारण के हो त ?
पर्यटकको प्रखाई र पर्वद्धनका आभावले स्थानीय तहबाटै ओझेलमा हुनुको खास कारण के र किन यसमा तपाइँको ध्यान नगएको भनेर एता गाउँपालिकाका अध्यक्ष समेत रहेका नर बहादुर रावतलाई सोध्दा पटकपटक तालको प्रर्बद्धनका लागि बजेट विनियोजन गर्ने तयारीमा आफुहरु लाग्दा पनि जग्गा धनीहरुले एक पक्षले मेरो भन्ने र अर्को पक्षले मेरो भनेर विवाद सिर्जना हुने गरेको बताएका छन् ।
आफ्नै क्षत्रको विकास त्यसैमा समग्र गाउँपालिकाको आर्थिक विकासको उच्च सम्भावना बोकेको सो तालको प्रबर्द्धनमा आफुहरुले लापरबाही नगरेको पनि रावतको दावी छ । उक्त छेडेदह ताललाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्दै लैजाने गाउँपालिकाको भावी रणनीति रहेको पनि रावतले बताए । प्रकृतिको अनुपम उपहार गाउँपालिकामा रहेका धार्मिक एवम पर्यटकिय स्थल मध्यको एउटा उक्त छेडेदह तालको प्रबद्र्धन प्रचार प्रसारमा जोड दिई पर्यटकिय स्थलका रुपमा परीचित गर्न सकेमा आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाई पनि भित्र्याउन सकिने र सिङ्गो गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने आफुहरुको बिश्वास रहेको पनि अध्यक्ष रावतको भनाई रहेको छ । स्थानीय सरकारले मात्र नभई यो तालको प्रवद्धनका लागी प्रदेश सरकारले समेत ध्यान नदिएको गुनासो छेडेदह संरक्षण बोर्ड समितिले जनाएको छ ।
नयाँ जनप्रतिनिधिको भावी योजना के छ त छेडेदह तालको प्रबर्द्धनका लागि ?
खप्तड छेडेदह गाउँपालिका को मुटुमै रहेको साझा सम्पत्ति का रुपमा रहेको छेडेदह तालको विकास र संरक्षणका लागि गाउपालिका सधै प्रतिबद्ध रहेको गाउपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन् । साथै अध्यक्ष रावतले छेडेदह तालको नजिकै बगिरहेको पहिरोलाई आफ्नो कार्यकालमा अध्ययन अनुसन्धान गर्ने बताएका छन् ।पहिरो रोकथामका लागि डिपिआर र बिभिन्न आधुनिक टेक्नोलोजी को प्रयोग गरेर पहिरो रोक्नका लागि योजना बनाउने अध्यक्ष रावतको भनाई छ। छेडेदहताल लाई बाजुरा को प्रमुख पर्यटकीय स्थल पर्यटकहरुको लागि आकर्षित र यस ठाउँको आर्थिक विकास का निम्ति ठुलो महत्व रहेको पनि अध्यक्ष रावतको बिश्वास छ ।
आफ्नो कार्यकालमा तालको पर्यटन प्रबद्र्धनका लागि आफू पालिकाको तर्फबाट कटिबद्ध भएर लाग्ने र प्रदेश र संघ सरकार संग पनि समन्वय गर्ने अध्यक्ष रावततले प्रतिबद्धता छ । ‘उनले भने’ “हामीले त्यो ठाउँमा लगानी नै नगर्ने भनेका छैनौं । लगानी गर्न खोज्दा पनि स्थानीयले अवरोध सिर्जना गर्ने गरेका छन् विवादास्पद उक्त तालको प्रबर्द्धनका लागी हामी लागिरहेका छौं । विवाद मिलाउनका लागि धेरै प्रयास गर्यौ तर उहाँहरु मान्नुहुन्न । त्यही दुई गाउँ बीचको आपसी विवाद मिलाउन नसकेका कारण हाम्रो पनि त्यो तालको प्रबद्र्धन गर्ने सपना अधुरै छ । हामीले त्यसको व्यवस्था गरेको भनेर आलोचना गर्नु अनुचित कुरा हो । बिबाद टुङ्गो लाग्ने हो भने तालको प्रर्बद्धन गर्न खासै ठूलो कुरा पनि होइन । धेरै समय पनि लाग्दैन ।” उनले फेरी थप्दै भने “हाम्रो त गाउँपालिकाको कार्यालय नै छेडेदहमै बनाउने योजना थियो । हामी निर्वाचनमा पराजित भयौं । छेडेदहमा क्रीकेट स्टेडिएम बनाउने, क्याम्पस बनाउने, हामिले लक्ष लिएका छौँ अध्यक्ष रावतले भने अब जतिसक्दो छिटो विवाद मिलाउने तयारीमा छौँ । विबाद साम्य भयो भने काम गर्न पनि सजिलो हुन्छ” । तालको प्रबर्द्धनका लागि आवस्यक लगानी र उपल्लो निकायमा समन्वय र सहकार्य गर्न तयार रहेको पनि अध्यक्ष रावतले बताएका छन् ।

सुदुर पहाडका ९ वटा जिल्लाहरु मध्यको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्यताले आफैमा समृद्ध छ । बाजुरा जिल्ला दुर्गम अनि विकट तर सम्भावना नै सम्भावनाको खानी हो । जिल्लामा धार्मिक एवम प्राकृतिक दृस्टिकोणले पर्यटकिय ने देखिन्छ ।सम्भावना बोकेको बडिमालिका मन्दिर , बिरे खोला झरना, नाटेश्वरी मन्दिर, बुढिनन्दा ताल, पोरखे लेख, रानिसैन् डाँडासैन्, किम्निछडा, कर्णली नदी, कालाजग्रा,बडालेख मन्दिर लगायत प्रकृतिका अनुपम उपहार मध्यको एक छेडेदह ताल, पनि हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण अलौकिक पर्यटकिय सम्भावना बोकेका क्षत्रहरुले ठुलो टेवा पुग बाजुरा जिल्लालाई समृद्ध बनाएको हुन् । जुन सम्भावनाहरुको संरक्षण र प्रर्वद्धन गर्न सकेमा जिल्लाको आर्थिक विकासमा ठुलो टेवा पुग्ने देखिन्छ । तर हाल सम्म यि सम्भावना बोकेका क्षत्रहरुको संरक्षण र प्रर्वद्धन विकासमा जोड पुगेको देखिन्न। अझ छेडेदह ताललाई तिन वटै तहका सरकारले उपेक्षा गरेको स्थानियले बताउदै आएका छन् । सो गाँउपालिकाको मात्रै जिल्लाकाे आर्थिक विकासको सम्भावना वाेकेको र जिल्लाको पहिचान संग जोडिएको छेडेदह तालको संरक्षणमा जिल्ला स्थित राजनिति दलका नेताहरुले समेत चाासो देखाएका छैनन्  ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑