
काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ ।

उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आइतबार अर्थात आज सरकारी गाडी र सुरक्षाकर्मी सहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएका थिए ।
‘निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो भनी स्पष्टीकरण सोधेको छ,’ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
यादवलाई पचरौता जाँदा प्रयोग गरेको गाडी, सुरक्षा व्यवस्था सरकार हो वा होइन भनेर पनि सोधेको आयोगले जनाएको छ । आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन मुख्यमन्त्री यादवलाई भनेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर