
मिन बहादुर खड्का बाजुरा- बाजुरा पत्रकारको क्षेमता बिकास सम्बन्धि दुई दिने तालिम मार्तडीमा सम्पन्न भएको छ । हिजो एक औपचारिक कार्यक्रमका बिच आन्तारिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा जिल्ला शाखा बाजुराको सहकार्यमा उक्त तालिम शनिबारबाट बाट सुरु भएको थियो । शनिबारबाट सुरु भएको उक्त दुई दिने तालिम आज सम्पन्न भएको हो ।

जिल्लाका पत्रकारहरुको क्षमता विकासका लागि मार्तडीमा २ दिने तालिम संचालन गरिएको थियो। जिल्लामा पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका पत्रकारहरुलाई समाचार लेखन, टेलिभिजन पत्रकारीता र रेडियो पत्रकारीताका आधारभुत सीपहरु बारे प्रशिक्षण गर्न तालिमको आयोजना गरिएको आयोजक नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जानएको छ ।
२ दिन सम्म संचालन भएको तालिमको पहिलो दिन हिजो पत्रकारीताका आधारभुत सीपहरु, टेलिभिजन पत्रकारीता, रेडियो पत्रकारीताका विषयमा पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्ना, सचिव हरी जोशी र प्रदेश सल्लाहकार कृष्ण ओलीले प्रशिक्षण गरेका थिए ।तालिमको दोस्रो दिन आजपनि पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्ना, सचिव हरी जोशी र पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सस्थापक अध्यक्ष दयाराम पण्डितले प्रशिक्षण गरेका थिए । टेलिभिजनका लागी भिडियो कसरी खिच्ने, रिपोर्ट कसरी तयारी गर्ने कस्तो रिर्पोटका कस्तो भिडियो तयार पार्ने लगायतका बिषयमा पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्नाले प्रशिक्षण गरेका थिए भने पत्रकार आचारसंहिताका बारेमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावलले प्रशिक्षण गरेका थिए ।
यस्तै पत्रकारले स्थानिय सरकार संचालन एन सम्नन्धि अनिवार्य जानकारी पाइराख्नुपर्ने र समाचारका श्रोतहरु के के हुन, श्रोत कसरी पत्ता लगाउने लगायतका बिषयमा पत्रकार दयाराम पण्डितले प्रशिक्षण गराएका हुन् । कार्यक्रममा जिल्लाका २५ जना भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई प्रमाणपत्र बितरण गरिएको थियो भने तालिममका प्रशिक्षकहरुलाई जिल्ला शाखा बाजुराको तर्फबाट मायाको चिनो समेत बितरण गरिएको थियो ।
एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम् प्रदेश कार्य समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकार महासंघका प्रदेश महासचिव रामसिंह ठगुन्ना, सचिव हरी जोशी र प्रदेश सल्लाहकार एवम् प्रेस चौतारी सुदुरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण ओली,नेपाल प्रेस युनियन सुदुरपश्चिम प्रदेश कार्य समितिका सचिव राजेन्द्र रोकाया, पत्रकार महांसंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल, लगायतका पधातिकारीको उपस्थिति रहेकाे थियो । पत्रकारको क्षेमता बिकासका लागी दुई दिने तालिमको आयोजना गरी जिल्ला भित्रका पत्रकारको क्षेमता बिकासमा सहयोग गरेको भन्दै आयोजकलाई जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्लले धनयबाद समते दिएका थिए। यस्ता प्रशिक्षण कार्यक्रमहरु जिल्ला स्थित पत्रकारहरुका लागी आवश्यक रहेको बताउँदै अध्यक्ष मल्लले आगामी दिनमा पनि निरन्तर साथ सहयोगको अपेक्षा लिएको बताएका छन् । यो तालिम पश्चात जिल्ला भित्र क्रियाशिल पत्रकारको लेखन शैलिमा परिवर्तन आउने बिश्वास समेत अध्यक्ष मल्लले व्यक्त गरेका छन् ।
कार्यक्रमको समापन कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष रावलले बाजुरा जिल्लाको पत्रकारीता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको बताएका छन् ।आगामी दिनमा पनि यस्तै प्रशिक्षण कार्यक्रमहरु जिल्लामा आयोजना गर्ने उनले बताए । सहकार्यको भुमिका खेल्ने पत्रकार महासंघ जिल्ला शाखा बाजुरालाई पनि उनले धन्यबाद दिएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर