
बाजुरा- गर्मीयाम सुरु भएसंगै बाजुराका कालाजारका विरामी भेटिना थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया बालक निमा छिरिङ थापालाई उपचारका क्रममा कालाजार रोग देखा परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

लगातार तीन महिनादेखि विरामीले थला परेका बालक थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा पनि निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना गरिएका बालकको चेकजाँच गर्दा कालाजार रोग भेटिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार बालकमा कालाजार,कुषेषित र शरिरमा २ प्वाइन्ट मात्र रगत भएकाले ज्यान नै जोखिममा रहेको बताए ।
रगतको मात्रा कम भएको र बालकलाई आइसीयुमा राख्नुपर्ने अवस्था रहेकाले सुविधायुक्त अस्पतालमा उपचारका लागि रिफर गर्ने तयारी गरिएको सूचना अधिकारी गिरीले बताएका छन् । बालकमा रक्त अल्पता हुनुमा हेलो ग्योविनको मात्रा कम उनले भने ।
गर्मीयामका घर आगन अगाडी फोहर हुने र खालड पारएको ठाउँमा पानी जमेको ठाउँमा लामखुट्टे हुने गरेकाले लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने गरेको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् । गर्मीमा कालाजार डेंगु लगायतका रोग बढी लाग्ने गरेको अस्पतालका प्रमुख डाक्टर जोशीको भनाई रहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर