• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

राजनीति चलखेलले डाक्टर देवकोटा लखेटीएपछि जिल्ला अस्पताल बाजुरा कार्यालय प्रमुख बिहिन

खप्तड मालिका न्युज April 5, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का / बाजुरा – जिल्ला अस्पताल बाजुरामा कार्यरत एमडिजिपी डाक्टर प्रेरित देवकोटाको सरुवा भएपछि अस्पताल प्रशासन कार्यालय प्रमुख बिहिन बनेको छ । डाक्टर देवकोटाले जिल्ला अस्पताल छोडेपछि अस्पताल बाजुरा कार्यालय प्रमुख बिहिन संगै एमडिजीपी डाक्टर बिहिन बनेको हो । कार्यालय प्रमुख नहुँदा कार्यालयको प्रशासनिक कार्य लथालिङ्ग अवस्थामा छ । लाई कार्यवाहक कार्यालय प्रमुखको जिम्मेवारी टोकिएको भएपनि कार्यालय प्रमुखको सम्पुर्ण अधिकार भने दिइएको छैन ।

 

सामान्य प्रशासनिक कुराहरू कार्यवाहक कार्यालय प्रमुख जोशीले ले हेर्दै आएको भएपनि आर्थिक कारोबार भने थप्प बनेको छ । कार्यालय प्रमुखको सम्पुर्ण अधिकार प्राप्तीका लागी मन्त्रालयले नै जिम्मेवारी तोक्नुपर्ने हुन्छ । मन्त्रालयले कार्यालय प्रमुख नटोक्दा प्रशासनिक कार्य सवै थप्पड बनेको सुचना अधिकारी नृप गिरीले बताएका छन् । अवको केही दिनमा मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी टोक्ने उनको भनाई छ । डाक्टर देवकोटाको सरुवापछि मेडिकल अधिकृत डाक्टर दिपेन्द्र बुढालाई कार्यवाहक कार्यालय प्रमुखको जिम्मेवारी दिइएको थियो । डाक्टर बुढा पनि बिदामा बसेपछी अहिले कार्यबाहक कार्यालय प्रमुखको जिम्मेवारी मेडिकल अधिकृत डाक्टर मिलन जोशीले पाएका छन् । जिल्ला अस्पताल बाजुराका अनुसार जिल्लामा एमडिजीपी डाक्टर देवकोटा आएपछि उनले १० महिना १५ डाक्टर देवकोटाले कार्यालय प्रमुखको जिम्मेवारी पाएका थिए ।कार्यालय प्रमुखको जिम्मेवारी पाएको दुई महिना नबित्दै उनलाई चैत्र २ गते सरुवा गरिएको थियो ।

जटिल रोगका बिरामीहरुलाई रिफर गर्नुपर्ने बाध्यता कायमैः

एमडिजीपी डाक्टर नहुँदा जटिल रोगका बिरामीहरुलाई रिफर गर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन । बाजुरामै एमडिजिपी डाक्टरबाट सेवा संचालन भएपछि बाजुरा वासी खुसी बेडाका बाजुरा बासीमा एमडिजिपी डाक्टर जिल्लामा आएको एक महिना नबित्दै सरुवा गर्ने खेल सुरु भएपछी जिल्ला बासिमा पुनः निरासा छाएको छ । जुन समस्या पहिका थियो त्यहीँ समस्या पुनः झेल्नुपर्ने बाध्यता पुनः सिर्जना भएको छ । समयमा उपचार नहुँदा बिगत चार बर्ष यतामात्र १० जना सुत्केरी महिलाले ज्यान गुमाइसकेकी छन् । जिल्लामा जटिल रोगको उपचार गर्ने डाक्टर छैनन् । उपचारका लागी जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ ।

कतिपय बिरामीहरु त अस्पताल नपुग्दै बिच बाटोमै अस्ताउन्छन् । उपचारका लागि गएकाहरु लास बनेर फर्कनु परेका कयौं घटनाहरु छन् । तर जिल्ला अस्पताल बाजुरामा भने डाक्टर ल्याउने कुरामा खुला राजनीति करण हुँदै आएको भन्दै समय समयमा आलोचनाको बिषय बन्ने गरेको छ । तर अस्पताल प्रशासन र जिल्ला स्थित राजनीति दलहरु भने राजनीतिकरण गर्नमै व्यस्त देखिन्छन् । बाजुरेली जनताका समस्या समाधानका बिषयमा पनि खुल् याम रुपमा राजनीति गर्दै आएको सर्वसाधारणले आरोप लगाइरहेका छन् । स्वास्थ्य जस्तो क्षेत्रमा खेलबाड हुन थालेपछि संघ र प्रदेश सभामा सदस्य र राजनितिक दलले बेवास्ता गर्न नहुने सर्वसाधारणको बुझाइ रहेको छ ।

राजनीति चलखेल गरेर डाक्टर देवकोटाको सरुवाः

जिल्ला अस्पताल बाजुराका अनुसार एमडिजिपी डाक्टर देवकोटा पहिलोपठक जिल्लामा गत पुष १३ गते पुगेका थिए भने पुष २७ गते नै बिदामा घर जाने भन्दै एक साताको बिदा लिएका थिए । बिदामा गएका उनले सरुवा गरिदिन भन्दै मन्त्रालयलाई निवेदन दिएका थिए । डाक्टर देवकोटा लामो बिदामा बसेर पुन. जिल्लामा फर्केका थिए ।। उनि पहिलोपटक जिल्लामा आएर सेवा सुचारु भएपछि ११ दिनमात्र बसेको थिए । जिल्लामा सेवा दिनका लागी पुगेका एमडिजिपी डाक्टर देवकोटा ११ दिन मात्रै बसेर फर्किएपछि एमडिजिपी डाक्टर बारे पहिला पनि बिभिन्न टिका टिप्पणी समेत भएको थियो ।

 

तर त्यसवेला भने डाक्टर देवकोटाले आफै सरुवा मागेको उनले आफैले बताएका थिए ।पहिलोपटक जिल्लामा आएका देवकाटा घर बिदामा गएपछी उनले घरमा आमा बिरामी भएका कारण हेरचाह गर्नुपर्ने अर्को कोही मान्छे नभएको कारण खुलाउदै सरुवाका लागी निवेदन लेखेका थिए । त्यतिवेला सरुवा मागेको भएपनि पुनः उनि दास्रो पटक जिल्लामा फर्किएका थिए । दोस्रोपटक जिल्लामा पुगेका देवकाटाले कार्यालय प्रमुखको जिम्मेवारी समेत समालिसकका थिए । कार्यालय प्रमुखको जिम्मेवारी पाएको एक महिना नबित्तदै उनलाई सरुवा गर्ने हर प्रयत्न भएको थियो। अहिले सो निवेदनका आधारमा डाक्टर देवकोटाको सरुवा गरेको खुल्नमा आएको छ ।

 

कार्यालय प्रमुखको जिम्मेवारी पाएका डाक्टर देवकोटालाई जिल्लामा बसेर सेवा गर्ने उनको धोको पुरा नहुँदै उनलाई सरुवा गरिएको एक श्रोतले बताएको छ । जिल्लाका दुर्गम गाउँमा पुगेर सेवा दिएका डाक्टर देवकोटालाई राजनीति चलखेल गरि सरुवा गरिएको पनि श्रोतको दावी छ । उनलाई राजनीतिकरण गरेर जिल्लामा बस्ने वातावारण बाट बञ्चित गराइएको भन्दै आलोचना समेत हुँदै आएको छ । उसो त जिल्लामा डाक्टर ल्याउने कुरामा राजनीतिकरण हुँदै आएको पनि श्रोतको दावी छ । यहि राजनीतिकरण गरेका कारण एमडिजिपी डाक्टर देवकोटा जानुपरेको श्रोतको आरोप छ ।

 

डाक्टर देवकोटा जिल्लामा आउने कुरा चलेपछि तत्कालीन समयमा कार्यालय प्रमुखको जिम्मेवारी समालिरहेका मेडिकल अधिकृत डाक्टर मिलन जोशी र अस्पताल व्यवस्थापन समितिको सिङ्गो टिम डाक्टर देवकोटाको विरुद्ध लागेको आरोप लागेको थियो । जिल्लामा एमडिजीपी डाक्टर आएपछि मेडिकल अधिकृत डाक्टर मिलन जोशी आफ्नो कार्यालय प्रमुखको पद खोसिने र डाक्टर देवकोटा कार्यालय प्रमुख हुने भएकाले सुरु देखी नै उनलाई रोक्न सक्रिय देखिएको आरोप डाक्टर जोशीलाई लगाइएको थियो । तर डाक्टर जोशीले भने यो आफुमाथीको मिथ्या आरोप मात्र भएको दावी गर्दै आएका थिए । उसो त डाक्टर जोशीले उनका नातेदार बझाङबाट नेकपा एकीकृत समाजबादीबाट निर्वाचित सांसद भानुभक्त जोशी मार्फत डाक्टर जोशीलाई रोक्न भरपुर प्रयास गरेको कुरा चर्चाको बिषय बनेको थियो ।

सो घटनामा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीको समेत सलग्नता रहेको कुरा बाहिरिएको थियो । अन्ततः उक्त प्रयास असफल भयो र डाक्टर जोशी जिल्लामा आए । उनी जिल्लामा पुगेर सेवा दिन थालेको करिब एक सातामै लामो समय घर बिदामा बसे । डाक्टर देवकोटालाई जिल्लामा काम गर्ने सहज वातावरण नहुँदा उनी बिदाको बाहानामा घर गएको भन्दै जिल्ला अस्पताल बाजुरा व्यवस्थापन पुनः आलोचित बन्न पुग्यो । जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र केही पार्टीका नेता कार्यकर्ता सहितको टोली आफ्नै निजी डाक्टर राख्ने प्रस्ताव सहित डाक्टर देवकोटाको सरुवाको माग गर्दै मन्त्रालय पुगेको अर्को घटना बाहिरियो । पुनः जिल्ला अस्पताल बाजुरा व्यवस्थापन समिति र जिल्ला स्थित राजनीति दलको चर्को आलोचना सुरु भयो ।

पटकपटक एमडिजिपी डाक्टर देवकोटाको सरुवाको कुरा आलोचनाको बिषय बनेपछि अस्पताल व्यवस्थापन समितिले एक पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पताल प्रशासन माथी लगाइएका आरोप बारे प्रष्ट पार्यो । उक्त पत्रकार सम्मेलनमा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर कार्कीले अस्पताल प्रशासन माथी लगाइएका आरोपहरु र एमडिजीपी डाक्टर देवकोटाको बिषयलाई लिएर गरिएका टिकाटिप्प्णी सत्य नभएको प्रष्ट परेका थिए । जिल्लामा एमडिजीपी डाक्टर आफ्नो पहलमा नै आएको दावी कार्कीले गर्दै आएका थिए । सोही पत्रकार सम्मेलनमा डाक्टर देवकोटाले पनि सुरुमा आफुले नै स्वैच्छिक तरिकाले सरुवा मागेको बताएका थिए । घरमा आमा बिरामी भएपछि सरुवा माग्नुपर्ने बाध्यता सिर्जना भएको उनले प्रष्ट बताएका थिए ।

पहिलो पटक जिल्लामा आएर आफैले सरुवा मागेका डाक्टर देवकोटा पुनः बाजुरामै फर्किए । दोश्रो पटक बाजुरा आएपछि उनलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो । तर कार्यालय प्रमुखको जिम्मेवारी पाएका उनले आफ्नो कार्यकालको दुई महिना समय नबित्दै कार्यालय प्रमुख मात्र नभई बाजुरा छोड्नु पर्यो । पहिलाकै घटना दोहोरीयो पुनः डाक्टर देवकोटाको सरुवका लागि आन्तरिक रुपमा राजनीति चलेखेल सुरु भयो । राजनीति दलका नेताहरु नै उनको सरुवाका लागि अप्रत्यक्ष रुपमा सक्रिय भएर लागिपरे । अन्ततः नानाथरी बाहानामा डाक्टर देवकोटा माथी विभिन्न आरोपहरु समेत लगाइयो । लामो समय घर बिदामा बसेको प्रभावकारी सेवा नदिएको लगायतका आरोपहरु उनी माथी लागाइयो । उनको सरुवाको कुरा चल्दा अर्को एमडिजीपी ल्याउन्छौ भन्नेहरु अहिले चुपचाप देखिन्छन् ।

उनले जिल्ला वासिलाई दिएको प्रभावकारी सेवा जिल्ला स्थित केही राजनीति दलका नेताहरूले सहन सकेनन् । राजनीति दलका नेताहरूलाई जिल्ला वासिलाई उपचार गर्ने डाक्टर होईन आफ्नो पार्टीको कार्यकर्ता चाहिएको, त्यसकारण डाक्टर देवकोटाले बाजुरा छोड्नु परेको,उनलाई राजनीति चलखेल गरेरै जिल्लाबाट लखेटेको, लगायतका आरोपहरु सर्वसाधारणले लगाउदै आएका छन् । दोश्रो पटक उनको सरुवाका लागि भएको चलखेल बारे डाक्टर देवकोटा बताएका थिए । उनलाई सरुवा गर्न सुरुमा देखि नै सक्रिय भएकाहरु अन्ततः उनलाई सरुवा गर्न सफल भए । राजनीति खिचातानीले जिल्लामा सेवा दिन पुगेका डाक्टर देवकोटा राजनीति चलखेल र खिचातानीकै बिच छोटो समयावधिमै जिल्लाबाट बाहिरिनु पर्यो । डाक्टर देवकोटालाई सुरुमा उनले सरुवाका लागि दिएको निवेदनकै आधारमा सरुवा गरिएको आरोप समेत सर्वसाधारणको छ ।

कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै देवकोटाले भनेका थिए बाजुरा लामो समय बसेर सेवा गर्ने धोको छ । तर जिल्लाको घिन लाग्दो राजनीति प्रवृत्तिले डाक्टर देवकोटाको दुर्गम बाजुरा जिल्ला वासिको सेवा गर्ने धोको पूरा हुन सकेन ।

पुनः एमडिजीपी डाक्टर पाउलान् त बाजुरा बासीः

करिब चार बर्षको लामो समय पछि एमडिजीपी डाक्टर पाएको बाजुराले पुनः एमडिजिपी डाक्टर पाउला त भन्ने प्रश्न हरेकको मनमा उब्जिरहेको छ । तर जिल्लामा पुनः एमडिजिपी डाक्टर ल्याउने बिषयमा कुनै सुरसार छैन । डाक्टर देवकोटाको सरुवाका लागि सक्रिय देखिएकाहरु नै बेखबर देखिन्छन् । पुनः एमडिजीपी डाक्टर ल्याउने बिषयमा आवश्यक पहल भएको पनि पाइदैन। राजनिति दलका नेताहरु समेत यतिवेला बेखबर छन् । यता जिल्ला अस्पताल व्यवस्थापन समितिलाई बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑