
मिन बहादुर खड्का बाजुरा – जिल्लामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोटमा नपरेका युवक घाइते भएका छन् । घाइते हुनेमा बडिमालिका नगरपालिका वडा न . ८ मार्तडीका देविचन्द्र थापाको छोरा अन्दाजी ४० बर्षिया धन बहादुर थापा रहेका छन् ।

उनी वडा न . ८ को दुदिलसैन हुँदै बाघ डाडा जाने बाटोमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्ने क्रममा घाइते भएको आफन्तले बताएका छन् । उनको एक खुट्टा भाचिएको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको बताइएको छ । उनी घाइते भएपछि उनलाई आफन्तले जिल्ला अस्पताल बाजुरामा ल्याएको थिए । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उनलाई मंगलवार नै अछाम स्थित बयालपाटा अस्पताल रिफर गरिएको थियो । अहिले उनी उपचारत अवस्थामा छन् । काम गर्ने क्रममा सुरक्षा सहितका काम गर्ने सामग्रीहरु नहुँदा उनी घाइते भएको एक श्रोतले बताएको छ ।
सुरक्षा सहितका काम गर्ने सामाग्री बिना नै काम गराइएको आरोप:
प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्नेहरुका लागि सुरक्षा सहितका काम गर्ने साधनहरु हुनुपर्ने श्रोतको दावी छ । उसो त घाइते धन बहादुर थापा प्रधानमन्त्री स्वोरोजगारमा छनोटमा नपरेको तर काम गर्न गएको पनि बताइएको छ । छनोटमा नपरेकाहरुलाई काम गर्न लगाएर घाइते भएको र घाइतेको उपचारको जिम्मेवारी कसले लिने ? भन्ने कुरा चासोको बिषय बनेको छ ।
छनोटमा नपरेका व्यक्तिलाई कम गर्न लगाउनु, काम गराउदा सुरक्षा सहितका सामग्री बिना नै काम गराउनुको पछाडी नगरपालिको च्रम लापरबाही रहेको पनि पारिवारिक श्रोतले आरोप लगाएको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्नेहरुको स्वास्थ्य बिमा हुने भएपनि घाइते थापा भने छनोटमा नै नपरेका व्यक्ति हुँदा उनले आफैले उपचार गर्नुपर्ने देखिन्छ ।
वडा अध्यक्ष के भन्छन् त ?
यता वडा अध्यक्ष चन्द्र थापाले वडा कार्यालयले र नगरपालिकाले निशुल्क एम्बुलेन्समा अस्पताल सम्म पुर्याएको बताएका छन् । वडा अध्यक्ष थापाका अनुसार उनको आर्थिक स्थित पनि नाजुक रहेको हुँदा नगरपालिकाले निशुल्क अस्पताल सम्म पुर्याउने व्यवस्था गरेको र सक्दो सहयोग फेरि पनि गर्ने बताए । उनी छनोटमा नपरेको तर त्यहाँको समुदायले नै आपसी मिलमिलापका आधारमा बिगतका बर्षहरुमा पनि एक जनाको ठाउँमा ३/४ जनाले काम गर्ने र रकम बिभाजन गरेर पारिश्रमिक लिदै आएको हुँदा उनको आर्थिक अवस्था पनि नाजुक भएकोले उनलाई त्यो समुदायले नै काम गर्न लगाएको वडा अध्यक्ष थापाको भनाई छ ।
उनी पहिले देखि पनि अपाङ्ग रहेको पनि अध्यक्ष थापाले बताए । आर्थिक स्थित कमजोर त्यसैमा अपाङ्ग भएका कारण उनलाई त्यो समुदायले नै काम गराएको बताएका छन् । काम गर्दा सुरक्षा सहितका सामग्रीहरु नगरपालिकाले उपलब्ध गराएको भएपनि केही समूहले लिने र केही समुहले नलिएर जाने गरेको उनले बताए ।घाइत थापाको उपचारका लागि नगर कार्यपालिकामा छ्लफल गर्ने र उपचारमा समस्या आउन नदिने उनले बताए ।
यस्तो बताउन्छन् रोजगार संयोजक:
यता नगरपालिकाकि रोजगार संयोजक प्रमिला थापालाई सोध्दा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनोटमा परेकाहरूको स्वास्थ्य बिमा हुने र उपचार गर्ने व्यवस्था भएपनि छनोटमा नपरेकाहरुलाई भने कार्यक्रमको तर्फबाट केही गर्न नसकिने बताएकी छन् । नगरपालिका र वडा कार्यालयको तर्फबाट आवस्यक सहयोग भने गर्न सकिने उनले बताइन् । छनोटमा परेका बाहेकले काम गर्न नपाउने व्यवस्था भएपनि समुदायमा मिलेर काम गर्दै आएको संयोजक थापाको भनाई छ ।
छनोटमा परेका बाहेकलाई काम नगराउन भनेको भएपनि त्यो कुरा समुदायका व्यक्तिहरुले अस्विकार गर्ने गरेको उनले बताइन् । घाइते धन बहादुर थापाको पारिवारिक स्थित पनि निकै नाजुक छ । उनी यतिबेला अछामको बयालपाटा अस्पतालमा उपचारत अवस्थामा छन् । उपचारमा उनलाई आर्थिक अभाव भएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर