
बाजुरा – प्रथम खप्तड मालिका कृषि उद्योग, पर्यटन तथा व्यापार महोत्सव सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच सोमबार महोत्सव सम्पन्न भएको हो ।

उद्योग, पर्यटन र व्यापार , जडिबुटी सस्कृती समृद्ध बाजुराको आधार भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रमका बिच शुक्रवार सुदुरपश्चिम् प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आथित्यतामा महोत्सवको उद्घाटन गरेका थिए । मौसम खराबीका कारण महोत्सवको निरन्तर चार दिनका कार्यक्रम प्रभावित भएका थिए । मौसमले महोत्सवमा प्रत्यक्ष असर पारेको थियो ।
खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको सहआयोजनामा आयोजित महोत्सव शुक्रबारबाट सुरु भएको थियो । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति संगै स्थानीय झाकीहरु प्रस्तुत गरिएको थियो । महोत्सवमा विभिन्न बिद्यालयका नृत्य समेत प्रस्तुत गरिएका थिए । कार्यक्रमको उद्घाटनको दिन बाजुराका स्थानीय कलाकार रंग नेपालीले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो भने अन्य स्थानीय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति राखेका थिए । महोत्सव यहीँ चैत्र १२ गते सम्म संचालन भएको हो ।
महोत्सवमा केही दिन मौसमले प्रत्यक्ष असर गरेको भएपनि मौसम सुधार भएसं गैदैनिक हजारौंको संख्यामा दर्शकहरुको भिड लागेको थियो । आज मौसम खरावीका बाफजुत पनि धेरै दर्शकहरुले महोत्सव हेर्न आएको आयोजकले जनाएको छ । महोत्सव हेर्न आउने दर्शकहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको थियो । आयोजक खप्तड मालिका युवा संजालका अनुसार महोत्सवको अवधी थप गर्ने भनिएको भएपनी प्रशासनले अनुमति नदिदा सम्भव नभएको बताइएको छ । महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक पुष्कल सर्मा, बहुचर्चित देउडा गायक बिनोद बाजुरेली, प्रकाश थापा, लाल बहादुर धामी अछामी बड्डो, चर्चित गायक राम्जी खाण, चक्र बम, चेतन बोहरा, मनिस खड्का लगायतका चार दर्जन बढी स्थानीय कलाकारले आफ्ना बेजोड प्रस्तुती राखेका थिए ।
एक औपचारिक कार्यक्रमका बिच समापन भएको प्रथम खप्तड मालिका उद्योग, कृषि पर्यटन तथा व्यापार महोत्सव २०७९ आयोजक खप्तड मालिका युवा संजाल बाजुराका अध्यक्ष शुक्रराज बोहराको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अथिती नेकपा एसका जिल्ला अध्यक्ष पुर्ण बहादुर रावत रहनुभएको थियो । कार्यक्रममा बिशिस्ट अथिती , विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सस्थाका पधातिकारी लगायतको बाक्लो उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती नेकपा एस जिल्ला अध्यक्ष पुर्ण बहादुर रावलले महोत्सवको आयोजनाले समग्र जिल्लाको बिकासमा टेवा पुग्ने बताउदै यो महोत्सव एक कोशे ढुङ्गा सावित भएको बताउनुभयो । कठिन परिस्थितिका बाफजुत महोत्सवको आयोजना गर्न आट गर्ने युवा संजाललाई आयोजकलाई धन्यवाद समेत दिनुभएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर