• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

किन गर्दैछन् मनोमानी ? बाजुराका प्रजिअ खड्का

खप्तड मालिका न्युज March 27, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का पछिल्लो समयमा आफु अनुकुल काम गर्दै आएको पाइएको छ । उनी जिल्लामा पुगेपछि आफु अनुकुल काम गर्दै आएको आरोप सर्वसाधारणले लगाएका छन् ।

जिल्लामा गत चैत्र ३ गतेबाट सुरु भएको प्रथम उद्योग कृषि पर्यटन तथा व्यापार महोत्सव २०७९ मा सुरक्षाकर्मी खटाउने नचाहेको आयोजक खप्तड मालिका युवा संजाल बाजुराले आरोप लगाएको छ। प्रजिअ खड्काले आफुलाई उद्घाटनको दिन पत्र नदिएको र आफुलाई अपमान गरेको भन्दै सुरक्षाकर्मी खटाउनु महोत्सवको सुरुको दिन देखि नै असहयोग गर्दै आएको आरोप एक श्रोतको छ ।प्रजिअ खड्का आफ्नो मनोमानी ढङ्गले काम गर्दै आएको श्रोतको दावी छ । महोत्सव सुरु भएको दिन देखि लगातार बर्षा भएपछि करिब ४ दिन मौसम खराबीका कारण महोत्सवमा प्रत्यक्ष असर परेको थियो ।

मौसम खराबीका कारण महोत्सवमा असर परेपछि महोत्सवमा व्यापारका लागि आएका बाहिरका व्यापारीले नै महोत्सवको अवधी थप गर्न माग गरेपछि महोत्सवको अवधी थप गर्ने निर्णय आयोजकले गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय बाजुराले भने अनुमती दिन नमानेको आरोप आयोजक खप्तड मालिका युवा संजालको रहेको छ । अनुमतीका लागि जिल्ला प्रशासन कार्यालय पत्र सहित पुगेका आयोजक खप्तड मालिका युवा संजालका बरिस्ठ उपाध्यक्ष राजेन्द्र रोकायालाई पत्र समेत नबुझेर फिर्ता पठाएको बताइएको छ ।

प्रजिअ खड्काले पत्र बुझ्दैन फिर्ता लैजाउ भनेको वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् । उसो त यो महोत्सव रोक्न सुरु देखि नै थुप्रै शक्तिहरु लागिपरेका थिए । कठिन परिस्थितिका बिच ३ गतेबाट १२ गते सम्म महोत्सव संचालन भएपनी महोत्सवको अवधी थप गर्न भने जिल्ला प्रशासन कार्यालय बाजुराले रोक लगाएको छ । प्रजिअ खड्काले आफुलाई मान सम्मान नगरेको भन्दै सुरुवाती देखि नै असहयोग गर्दै आएको आयोजक खप्तड मालिका युवा संजालको आरोप छ । बिहान सहमतिका लागि जिल्ला प्रशासन कार्यालय पुगेको आयोजकको टोली पनि बिना निष्कर्ष फर्किएको छ ।

प्रजिअ खड्काले कसैको कुरा नै नसुनेको र दादागिरी शैलीमा प्रस्तुत भएको सहमतिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका प्रत्यक्ष दर्सीले बताएका छन् । सुरुमा सुरक्षाकर्मी खटाउन अटेरी गर्ने प्रजिअ खड्का पछिल्लो समयमा झन दादागिरी शैलीमा प्रस्तुत हुँदै आयोजक निकट एक श्रोतले आरोप लगाएको छ । प्रजिअ खड्काले जनताको सुरक्षाका निमित्त अहोरात्र खट्ने प्रहरी प्रशासनलाई समेत दवावमा राखी उक्त महोत्सव स्थलमा मानिसहरु प्रवेश गर्न र हहोल्ला नगर्न निर्देशन समेत दिएको बताइएको छ । यतिबेला प्रजिअ खड्काको यो मनोमानीका विरुद्ध आयोजक खप्तड मालिका युवा संजाल पधातिकारी समूह आक्रोशित बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले महोत्सव स्थलमा हहोल्ला नगर्न निर्देशन दिएको भएपनि अहिले सो ठाउँमा भने मान्छेको बाक्लो भिडभाड छ ।तर प्रजिअ खड्काले भने यो बिषयमा जानकारी नभएको बताएका छन् ।

कार्यक्रमको समापन कार्यक्रम गर्न पाउनुपर्ने माग आयोजक खप्तड मालिका युवा संजालको छ । तर जिल्ला प्रशासन कार्यालय बाजुराले भने खुला मञ्चमा समापन कार्यक्रम गर्न भनेको छ तर यता आयोजक भने जुन ठाउँमा कार्यक्रमको उद्घाटन भएको थियो सोही ठाउँमा कार्यक्रम समापन गर्न पाउनुपर्ने अडानमा छ । प्रजिअ खड्काले आफु अनुकुल नहुँदा कार्यक्रम रोक्न स्वयमले हस्तक्षप गरेको आरोप आयोजकको छ । यता बाहिरबाट व्यापारका लागी आएका व्यापारीहरु आउन जान लाग्ने खर्च समेत अशुल नभएको बताइरहेका छन् । धेरै ठाउँका महोत्सवमा व्यापार गर्न गएका भएपनि बाजुरामा जस्तो सास्ती अन्त नभएको व्यापारीहरुको भनाई छ ।

यता प्रजिअ खड्काले भने महोत्सवको अवधी थप भैसकेका कारण पुनः महोत्सवको अवधी थप गर्ने बिषयमा समयमा समन्वय नभएको जिकिर गरेका छन् । महोत्सवको समापन कार्यक्रम हुनुपर्ने दिनको अपरान्ह ४ बजे आएर महोत्सवको अवधी थप गर्ने कुरा सम्भव नभएका कारण प्रशासनले तत्काल अनुमती दिन अस्विकार गरेको बताए । महोत्सवको अवधी थप गर्ने कुरामा सुरक्षा निकायको बैठक बस्नुपर्ने र जिल्ला स्थित राजनीति दलसंग समेत समन्वय गर्नुपर्ने हुँदा समय कम भएको प्रजिअ खड्काको भनाई छ ।आफुले व्यक्तिगत आवेगले कार्यक्रम रोक्न लगाएको भन्ने कुरा मिथ्या आरोप मात्र भएको उनले जिकिर गरेका छन् ।

महोत्सवको अवधी थप गरेर यहीँ चैत्र १६ गते सम्म महोत्सव संचालन गर्ने तयारी आयोजकको थियो । यश अघि महोत्सवमा चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए । यता युवा संघ बाजुराले पनि महोत्सवले विद्यार्थीको पढाईमा प्रत्यक्ष असर गरेको भन्दै विद्यार्थीको भबिस्य माथी खेलवाड नगर्न आग्रह सहित महोत्सव बन्द गर्नुपर्ने भन्दै आज बिहान जिल्ला प्रशासन कार्यालय बाजुरालाई ज्ञापन पत्र समेत बुझाएको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑