
मिन बहादुर खड्का बाजुरा – बुढीगंगा नगरपालिकामा रकम भुक्तानी देखि कर्मचारी नियुक्तिमा राजनीति पुर्वाग्रहब गरेको पाइएको छ ।
आइतबार एक प्रेस वक्तव्य जारी गर्दै नेपाली कांग्रेस नगर कार्य समितिले नगरपालिकाको यो हर्कत प्रती प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएको छ ।
कांग्रेस बुढिगंगा नगरकार्य समिति द्वारा जारी प्रेस वक्तव्य जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिको यो कु कार्यको प्रेस वक्तव्य मार्फत ध्यानाकर्षण भएको जानकारी गराएको छ ।

नेपाली कांग्रेस बुढीगंगा नगरकार्य समितिले जनप्रतिनिधि नै पार्टीको एजेन्ड बनेर कार्यकर्ता संरक्षणमा लागेको आरोप सहित नगरपालिकाको ध्यानाकर्षण गराएको हो । जनता द्वारा निर्वचित जनप्रतिनिधि नै संविधान बिपरित कदम चालेर खुला रुपमा राजनीतिकरण गर्न थालेको आरोप प्रेस वक्तव्यमा लगाइएको छ । नेपाली कांग्रेस कसैको कटु आलोचना मात्र गरेर बस्ने पार्टी नभई प्रतिपक्षीमा बसेर पनि जनताका पक्षमा आवाज उठाउने पार्टी भएकाले नगरपालिका जनप्रतिनिधिको यो मनोमानी प्रती सिङ्गो पार्टीको घोर आपत्ती रहेको बिज्ञप्तीमा उल्लेख छ ।
बिनियोजित बजेटको काम सम्पन्न भैई आवस्यक कागजात पेश गर्दा भुक्तानी नदिएको , स्थानीय सरकार संचालन एन बिपरित नगर प्रमुख जस्तो जिम्मेवार व्यक्तिले नै वडा अध्यक्षको सिफारिसमा बिना सम्झौता रकम भुक्तानी गरिएको, स्थानीय सरकार संचालन एन बिपरित कर्मचारी अवकाश गरिएको, राजनीतिकरण गरि कर्मचारी हटाएर आफू निकटका कर्मचारी नियुक्ति गरिएको, विद्यार्थीको छात्रवृत्ति हाल सम्म उपलब्ध नगराएको, निवर्तमान नगर सरकारले ल्याएको देशकै नमुना कृषक पेन्सन कार्यक्रम रोक्का गरेको, कक्षा १ देखि ५ सम्म पढाउने शिक्षकहरुका लागि खोलिएको बिज्ञापन कार्यान्वयन नभएको, लगायतका अरोपहरु प्रतिपक्षिदल नेपाली कांग्रेसले लगाएको छ । पछिल्लो समयमा जनतामाथीको यो मनोमानी तत्काल बन्द नगरेमा र आफुहरुका मागहरू सम्बोधन नगरेमा नगरपालिका विरुद्ध थप आन्दोलनका चरणहरु अगाडि बढाउने चेतावनी समेत दिएको छ ।
के भन्छन् त नगर प्रमुख बानियाँ ?
यता नगर प्रमुख राम बहादुर बानियाँलाई बुझ्दा यी सवै कुराहरू आफू माथी लगाउन खोजिएका मिथ्या आरोपहरु मात्र रहेको बताएका छन् । यसका बिषयमा अवको केही दिनमा पत्रकार सम्मेलन मार्फत सवै कुरा स्पष्ट पार्ने प्रमुख बानियाँले बताए । निवर्तमान जनप्रतिनिधिले काम सम्पन्न भैइसकेका ६१ वटा योजनाको रकम भुक्तानी नदिएको उनको भनाई छ । यो भुक्तानी दिनुपर्छ भन्ने पक्षमा आफु पनि रहेको उनले बताए । आफ्नो कार्यकाल सुरु भैसकेको पछि निवर्तमान नगर सरकारको भन्दा फरक र नयाँ काम गरेको उनले दावी गरेका छन् । आफुमाथी लगाइएका निराधार आरोपहरु सैय नभएको हुँदा यदि प्रमाणीकरण हुन गएमा जनता सामु आत्माआलोचना गर्न तयार रहेको बताए ।
यो हो प्रेस वक्तव्य , यी हुन् पुरा गनुपर्ने मागहरु हेर्नुहोस

उसो त नगर प्रमुख बानियाँ पटक-पटक आलोचित बन्दै आएका छन् । सुरुमा एक सातामा बैकल्पिक सडक संचालनम ल्याउने प्रतिबद्धता गरेर आलोचित हुन पुगेका प्रमुख बानियाँ अन्य कुरामा पनि आलोचित बन्दै गएका छन् । जुन सडक हाल सम्म पनि ुसंचमलमा आउन सकेको छैन । उनी निर्वाचित भएको एक आर्थिक बर्ष नबित्दै उनी माथी थुप्रै आरोपहरु प्रतिपक्षी दलले लगाउदै आएको छ । एक साताको बैकल्पिक सडकले आलोचित बन्दै आएका बानियाँ माथी रकम भुक्तानी देखि कर्मचारी नियुक्ति र जनतालाई नगरबाट प्रदान गरिने सेवा सुबिधामा राजनीति पुर्वाग्रह गरेको आरोप लागेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर