
मिन बहादुर खड्का बाजुरा – प्रथम खप्तड मालिका कृषि उद्योग, पर्यटन तथा व्यापार महोत्सव २०७९ चलिरहेको छ । कृषि उद्योग, पर्यटन र व्यापार , जडिबुटी संस्कृती समृद्ध बाजुराको आधार भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रमका बिच शुक्रवार सुदुरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन गरेका थिए । मौसम खराबीका कारण महोत्सवको व्यवस्थापनमा थप चुनौती देखिएको छ । मौसमले महोत्सवमा प्रत्यक्ष असर पारेको छ । महोत्सवको आज तेस्रो दिन हो । शुक्रबारबाट सुरु भएको महोत्सवमा सुरक्षामा चुनौती देखिएको आयोजकले जनाएको छ ।

सुरक्षामा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुले नै व्यवास्ता गरेको आयोजक निकट एक श्रोतले बताएको छ । श्रोतका अनुसार दुई दिन सम्म सुरक्षामा निकै चुनौती देखिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का नै बेखबर बनेको आरोप आयोजक निकट श्रोतको आरोप छ । प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का र प्रहरी प्रमुख कबिन्द्र बोहरालाई सुरक्षाकर्मी खटाइदिन भनेपनि चासो नदेखाएको खुल्नमा आएको छ । जनताले शान्ति सुरक्षाको आभास गर्दा पनि जिल्ला स्थित सुरक्षा निकाय नै मौन बस्नु दुस्ख बिषय बनेको श्रोतले आरोप लगाएको छ ।
प्रजिअ खड्काले नै सुरक्षाकर्मी खटाउने कुरामा अटेरी गरेको श्रोतको दावी छ । उसो त जनताको शान्ति सुरक्षाका लागि खटिने प्रहरी माथी नै प्रजिअले हस्तक्षेप गरेको र प्रजिअ खड्का आफू अनुकुल काम गरिरहेको बताइएको छ । सुरक्षाका लागि कार्यक्रम स्थलतर्फ खटिएका सुरक्षाकर्मीलाई समेत प्रजिअ खड्काले फिर्ता बोलाएको भन्दै प्रजिअको यो मनोमानी प्रति आयोजक आक्रोशित बनेको छ । कुनै बेला दुईचार जना जम्मा भएको ठाउँमा खटिने प्रहरी प्रशासन शुक्रबारबाट सुरु भएको महोत्सवमा कयौं मानिसको भिडभाड भएको ठाउँमा भने खटिएको देखिदैन । सुरक्षा निकायको यो च्रम लापरबाहीले अप्रिय घटना घट्न सक्ने कतिपयले बताउदै आएका छन् ।
के भन्छन् त प्रजिअ खड्का ?
यता प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले महोत्सवमा जिल्ला सुरक्षा समितिको बैठकले नै सुरक्षाकर्मी खटाउने भन्ने निर्णय गरेर नै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको बताएका छन् । संख्यामा यति नै खटाउने भन्ने नभएपनि आवस्यक सुरक्षाकर्मी खटाएको प्रजिअ खड्काले जिकिर गरेका छन् । प्रजिअले मन लागेमा खटाउने मन नलागे नखटाउने भन्ने कुराको छुट प्रजीअलाई नभएको उनको भनाई छ । सुरक्षाको कुरामा सुरक्षा निकाय तर्फबाट काहीँ कतै कसुर नराख्ने र महोत्सवलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न सहयोग गर्ने प्रजिअ खड्काले बताए ।
आज नै प्रहरी प्रमुख संग समन्वय गरेर थप सुरक्षाकर्मी उक्त कार्यक्रम स्थल तर्फ खटाउने बताउदै प्रजिअ खड्काले कुनै पनि किसिमको घटना घट्न नदिन सुरक्षा निकायको तर्फबाट आफू प्रतिबद्ध रहेको बताएका छन् । सवै कुरा प्रहरीले मात्र सम्भव नहुने हुँदा आयोजकले पनि आफ्ना स्वयंसेवकहरु अन्य सुरक्षा गार्डहरूलाई परिचालन गर्नुपर्ने प्रजिअ खड्काको भनाई छ । आयोजकले सुरक्षाको लागी सुरक्षाकर्मीको माग गर्दा पठाउन अटेरी नगरेको उनको भनाई छ । स्ववियु निर्वाचनका लागी पनि सुरक्षाकर्मी पठाउनुपर्ने हुँदा चाहिएजति सुरक्षाकर्मी खटाउन नसकिएको बताए ।
यस्तो बताउन्छ्न प्रहरी प्रमुख बोहरा
यता प्रहरी प्रमुख कबिन्द्र बोहराले भने सुरक्षाकर्मी खटाइनिद भनेर जानकारी समेत नदिएको बताएका छन् । आयोजकले सो जानकारी नगाएपनि त्यहाँ सुरक्षाकर्मी भने खटाएको उनको भनाई छ । सडकमा उभिएकाहरुलाई पनि हटाइदिन आयोजकले भनेकाले त्या सम्भव नहुने उनले बताए । सवैठाँउ घेराबन्दी गरेर एकै ठाँउबाट भित्रजान सक्ने बनाउन आवश्यक रहेको यनले बताए । बाहिरबाट पनि हेर्न सकिने वातावरण नहटेसम्म बोहराले बताए ।
खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराको सह आयोजनामा आयोजित महोत्सव शुक्रबारबाट सुरु भएको थियो । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति संगै स्थानीय झाकीहरू प्रस्तुत गरिनेछ । कार्यक्रमको उद्घाटनको दिन बाजुराका स्थानीय कलाकार रंग नेपालीले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो भने अन्य स्थानीय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति राखेका थिए । महोत्सव यहीँ चैत्र १२ गते सम्म संचालन हुने छ । आज गायक जेआर भट्ट र बाजुराको माटोले जन्माएका चर्चित देउडा गायक कोकिल कण्ठी स्वरका धानी प्रकाश थापा, पबिन्द्र सुनार, जनक साँँउद लगायतका स्थानीय कलाकारको प्रस्तुति रहने छ ।
महोत्सवको असर बिद्यार्थीको पढाइमा
महोत्सवको प्रत्यक्ष असर बिद्यार्थीहरुको पढाइमा परेको पनि कतिपयले गुनासो गरिरहेका छन् । गत पागुन १९ गतेबाट संचालन हुने महोत्सव प्राबिधिक कारण बस पछाडी सरेपछी यसको असर बिद्यार्थीहरुलाई परेको यो ।जिल्ला सदरमुकाम मार्तडी भित्रका अधिकांससरकारी तथा निजि बिद्यालयहरुमा आजबाट परिक्षाहरु संचालन हुँदैछन् । यहिँ चैत्र १७ गतेबाट एसईई परिक्षापनि संचालन हुँदैछ । बिद्यार्थीहरु तयारी कक्षाको लागी सदरमुकाम केन्द्रित छन् र यसको प्रत्यक्ष असर ति बिद्यार्थीहरुलाई पनि पर्ने देखिन्छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर