
मिन बहादुर खड्का बाजुरा – नेपाल शिक्षक संघ बाजुराको ९ औँ जिल्ला अधिवेशन सुरु भएको तिन दिन बितेको छ । नयाँ नेतृत्व चयनका लागी सुरु भएको अधिवेशनमा पदहरुको भागबण्डा नमिल्दा निर्वाचन हुन लागेको खुल्नमा आएको छ । नेपाली कांग्रेस प्रति आश्थावान शिक्षकहरु जिल्ला सदमुकाम मार्तडीमा तिन दिन यता भागबन्डा मिलाउनमै व्यस्त छन् । बिद्यालयमा बिद्यार्थीहरुको पढाई प्रभावित भएको छ भने यता शिक्षनकहरु भने पदको लागी तछाडमछाड गरिरहेका छन् । शुक्रवार बिहानबाट सुरु हुने भनिएको बन्दसत्र हिजो बेलुका मात्र सम्पन्न भएको थियो ।

सहमतीको प्रयास भएपनि अन्ततः सहमती जुट्न नसकेपछी आज बिहान नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन कार्यतालिका अनुसार आज बाट नै मतदान सुरुहुने भनिएको भएपनि आइतबार विहानबाट मतदान सुरु हुने नेपाल शिक्षक संघ बाजुराले जनाएको छ । जिल्लाका सवैजासो बिद्यालयमा आगामी चैत्र ३ गते त कतै ५ गतेबाट बमार्षिक परिक्षा हुदैँछ । वार्षिक परिक्षा नजिकिएको बिद्यार्थीहरुका लागी अन्यन्तै महत्वपुर्ण समयमा शिक्षकहरु भने पदको भागबन्डा गर्नमै व्यस्त देखिएका छन् । सुक्रबार बाट सुरु भएको अधिवेशनको आज ति निद बितिसक्दा पनि सहमती जुट्न सकको छैन । एक आपसमा सहमति नभएपछि निर्वाचन गर्न बाध्य भएको शिक्षक संघ निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन भोलि बिहान सदरमुकाम मार्तडीमा रहेको बाल मन्दिर आधारभुत विद्यालयम हुने बताइएको छ । देउवा पक्षधर शिक्षक र पांडेल पक्षधर शिक्षकहरु बिच समति नहुँदा अधिवेशन लम्बिएको एक श्रोतले बताएको छ । श्रोतका अनुसार शिक्षहरु भित्रै पनि गुटगट राजनिति हावी भएपछी समयमा अधिवेशन सम्पन्न हुन नसकेको बताइएको छ । शिक्षक बिद्यार्थीहरुकोे हक हित र शैक्षिक गुणस्तर सुधारका निमित्त काम गर्ने नेपाल शिक्षक संघ नै पदको तछाडमछाडमा अल्झिएको देखिन्छ । परिक्षा नजिएकोृ बेला शिक्षकहरुको तछाडमछाडले बिद्यार्थीहरुको पढाई प्रभावित हुने सर्वसाधारणको बुझाई छ । बिद्यार्थीहरुको पढाईलाई मध्यनजर गरि जतिसक्दो छिटो अधिवेशन सम्पन्न गर्नुपर्ने कतिपयको भनाई छ ।
बिद्यालयमा शिक्षकहरु नहुँदा पढाई प्रभावित भएको बिद्यार्थीहरुको गुनासो छ । यता शिक्षहरु भने तिन दिन देखि सदरमुकाममा दिन बिताइरहेका छन् । बिद्यार्थीको पढाई प्रति भन्दा पनि चिन्ता चासो र ध्यान नेता बन्ने कुरामा बढी देखिएको छ । उसो त शिक्षकहरु बिद्यार्थीको पढाई प्रभावित गरेर पार्टीको चुनावी प्रचार प्रसारमा समेत हिडेका कयौँ उद्धारणहरु छन् । आफ्ना छोराछोरी सहरमा पढ्न पठाएर सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्यौल हुने गरी शिक्षनकहरुको ध्यान प्राय पढाउने भन्दा पनि राजनिति तिरबढी केन्द्रित भएको सर्वसाधारणको आरोप छ। सिङ्गो शैक्षिक गुणस्तर नै कमजोर हुने गरि र विद्यार्थीहर्को भबिस्य माथी खेलवाड गर्दै आएको सर्वसाधारणले आरोप शिक्षकहरुमाथी लगाउदै आएका छन् । बिद्यार्थीहरुले समेत यस्तो आरोप लगाउदै आएका छन् । उसो त कुनै संघ संगठनको शिक्षकहरुअछुत छैनन् ।
नेपाल शिक्षक संघ बाजुराका अध्यक्ष प्रेम प्रशाद पाध्यायलाई सोध्दा सहमती हुन नसकेपछी निर्वाचन प्रक्रियामा गएको बताएका छन् । सहमतीका लागी धेरै प्रयास गरेको भएपनि सम्भव नभएको बताए । जतिसक्दो चाडो नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गर्ने उनको भनाई छ। देउवा पक्षधर शिक्षक र पौडेल पक्षधर शिक्षहरु बिच सहमती नहुँदा अधिवेशन लम्बिएको हो भन्ने कुरा सत् नभएकाे अध्यक्ष पाध्यायले जिकिर गरेका छन् ।
अध्यक्षका लागी मात्र ७ जनाको उम्मेदवारी
नेपाल शिक्षक संघ बाजुराको अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार अधिवेशनको जिल्ला निर्वाचन कार्यालयमा शिक्षकका सात जना नेताहरुले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा निवर्तमान अध्यक्ष प्रेमराज पाध्याय,शिक्षक नेता खडकराजा जोशी,विष्णुप्रसाद पाण्डे,मोहनजङ्ग शाही रहेका छन् । यस्तै अध्यक्षमा लालबहादुर सुनार,सत्यकुमारी थापा र हर्कबहादुर बुढाले पनि उम्मेदवारी दिएका हुन् । एक जनाको पदमा ७ जनाले उम्मेदवारी दिएका छन् ।
शिक्षक संघको खुला उपाध्यक्षमा दीपकराज पाण्डे,धर्मराज पाण्डे, रामबहादुर रावतले उम्मेददवारी दर्ता गराएका हुन् । यसैगरी सचिवमा सचिव विपिन विष्ट र भीमबहादुर रावलको उम्मेदवारी छ। विष्ट निवर्तमान सचिव हुन् । अर्थ सचिवमा हिरा खड्का र गौरीलाल जोशीले उम्मेदवारी दिए । भने सह सचिव खुलामा कर्णबहादुर थापा,ज्योतीप्रकाश जोशी,नहकुल जोशी र भक्तराज खत्रीको उम्मेदवारी छ । शिक्षक संघको २७ जिल्ला कार्य समितिका लागि ३० जनाको उम्मेदवारी परेको छ ।
प्रदेश र संघीय पार्षदका लागि पनि उम्मेदवारी दर्ता भएका छन् । निर्वाचन कार्य तालिका अनुसार मनोनय दर्ता गराएका उम्मेदवारको सहमती र सहकार्यका लागि निर्वाचन समितिले आइतबार सम्मका लागि सहमतीको समय दिएको छ । आइतबार विहान ६ः३० बजे उम्मेदवारी फिर्ताको समय दिएको छ । भने ७ः०० बजेबाट निर्वाचनको कार्य अघि बढाउने आयुक्त पूर्णबहादुर खातीले जानकारी दिएका छन् । निर्वाचन समितिका अनुसार केही पदहरुमा भने निर्विरोध भइसकेकाले भोलि विहान मात्र सार्वजनिक गरिने जनाएको छ । शिक्षक संघको जिल्ला अधिवेशनमा ८९८ जनाले मतदान गर्ने छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर