
मिन बहादुर खड्का बाजुरा – आगामी चैत्र ८ मा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघले बाजुरा क्याम्पस र बडिमालिका क्याम्पसमा दल दर्ता गरेको छ । आज बिहान सुदुरपश्चिम बिश्वबिद्यालय बाजुरा क्याम्पसमा र दिउँसो बडिमालिका क्याम्पसमा दल दर्ता गरेको नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक बहादुर थापाले जानकारी दिएका छन् ।


बिहान नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापा, बडिमालिका क्याम्पस स्ववियु निवर्तमान उपसभापति एवम् स्ववियु निर्वाचन प्रचार प्रसार समिति केन्द्रिय सदस्य तपेश रावल नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई सभापति पुष्प थापा लगाय इकाई समितिका पधातीकरी लगायत नेविसंघमा आवद्ध विद्यार्थीको सहभागीतामा दल दर्ता गरिएको हो । यस्तै दिउँसो बडिमालिका क्याम्पसमा पनि बडिमालिका क्याम्पस स्ववियु निवर्तमान सभापति एवम् नेपाली कांग्रेस प्रदेश ख का सचिव दिल बहादुर थापा नेपाल विद्यार्थी बडिमालिका क्याम्पस निवर्तमान उपसभापति एवम् स्ववियु निर्वाचन प्रचार प्रसार समिति केन्द्रिय सदस्य तपेश रावल, बडिमालिका क्याम्पस इकाई सभापति रोशन अयडी, लगायत नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीको सयुक्त सहभागीतामा दल दर्ता गरिएको हो ।

बडिमालिका क्याम्पसमा यो भन्दा अगाडि भएका निर्वाचनमा नेपाल विद्यार्थी संघले जितेको छ भने यता बाजुरा क्याम्पसमा अनेरास्ववियुले यो भन्दा अगाडिको जितेको थियो । दल दर्ता पश्चात् कोण सभा समेत गरिएको थियो । एक औपचारिक कार्यक्रमका बीच नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई सभापति पुष्प थापाको अध्यक्षतामा सुरु भएको कोण सभा कार्यक्रममा प्रमुख अथिती नेविसंघ जिल्ला अध्यक्ष जनक बहादुर थापा रहेका थिए । कार्यक्रममा बिशिस्ट अथिती, बडिमालिका क्याम्पस निवर्तमान स्ववियु उपसभापति एवम् स्ववियु निर्वाचन प्रचार प्रसार समिति केन्द्रिय सदस्य तपेश रावल रहेका थिए ।

कार्यक्रममा नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका पधातिकारी लगायत नेविसंघमा आस्थावान विद्यार्थीको कार्यक्रममा रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिती थापा र बिशिस्ट अथिती रावलले जिल्लाका तीन वटै क्याम्पसमा नेविसंघको झण्डा फहराउनका लागि नेविसंघमा आस्थावान सवै विद्यार्थी एकताबद्ध हुनुको अर्को विकल्प नरहेको कुरामा जोड दिएका छन् ।विद्यार्थीको हक हितका लागि मात्र नभई समग्रमा अन्याय ,अत्याचार , भ्रस्टाचार, दुराचार, कुरुती कुसंस्कारका विरुद्ध आवाज बुलन्द गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने दुवै जना बक्ताहरुको भनाई थियो ।आगामी चैत्र ८ गते स्ववियु निर्वाचन हुँदैछ । जिल्लाका तीन वटै क्याम्पसमा नेविसंघले जित्ने दावी गरिरहेको छ । अवको केही दिनमा उम्मेदवारको टुङ्गो लगाउने तयारी भैरहेको पनि नेविसंघ बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर