• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

मागेर दिन गुजारा गर्दै आएका बाजुराको गौमुलका रोकाया सडकको पेटीमै सुत्छन्

खप्तड मालिका न्युज March 6, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा –जिल्लाको गौमुल गाउँपालिका वडा न . ६ का सुरेन्द्र रोकाया बिगत लामो समय देखी मागेरै जिन्दगी गुजारा गरिरहनु भएको छ । मानसिक सन्तुलन समेत ठिक नभएका उहाँ जिल्लाका प्रत्येक बजार क्षेत्रमा र गाउँ गाउँमा पुग्छन् उहाँले मागेर खान थालेको करिव एक दशक बितिसकेको उहाँका आफन्तहरु बताउन्छन । उहाँ १५ बर्षको हुँदा उहाँका आमा बुवाको मृत्यु भैसकेको थियो । बाल्यकालमै टुहुरो बन्नु भएका उहाँको बाल्यकाल दुखै दुःखमा बित्यो । त्यसपछि बिद्यालय नपढेका उहाँ सानै देखि गाउँमा हुँदा कसैको घरमा काम गरेर जिवन गुजारा गर्नुहुन्थ्यो ।

बाल्यकालमा धेरै जसो समय त आफन्त स्टमित्रको घरमा बिताउनुभयो ।बिस्तारै उहाँ घर बाहिर गएर काम गर्न थाल्नुभयो । मानसिक सन्तुलन पुर्ण रुपमा गुमेको नभएपनि कहिलेकाही मानसिक सन्तुलन ठिक नभएकाहरुका जस्तो व्यवहार देखाउनु हुन्थ्यो ।त्यसैले धेरैले उहाँलाई मानसिकता सन्तुलन ठिक नभएको भन्ने गर्छन् । त्यसपछि उहाँलाई आफन्तले जिल्ला प्रहरी कार्यालय बाजुरामा खाना पकाउने काममा लगाए । त्यहाँ थोरै काम गर्नुभयो । काम छोडेर फेरी गाउँमै फर्किनुभयो ।त्यसपछि उहाँ साविकको रुगिन गाविसको एक ट्याक्टरमा खलासी भएर काम गर्न थाल्नुभयो । केही समय खलासी भएर काम गर्नुभएका रोकायाको ट्याक्टरमा सामान ढुवानी गर्दै गर्दा ट्याक्टरले च्यापिएर दुबै खुट्टा भाचिएका थिए ।

दुर्घटना पछि गाडी मालिकले लगत्तै अछाम स्थित बयालपाट अस्पताल लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगंञ्ज रिफर गरियो । त्यहाँ उहाँको दुवै खुट्टाको अप्रेसन गरियो । र घर फर्किनुभयो । गाउँमा फर्किएपछि हिड्न सक्नेभएपछी पुनः रड निकाल्नका लागी दोश्रो पटक सोही अस्पताल लगियो । तर राम्रो संग हड्डी नलागेकोले अहिले नै रड निकाल्न नमिल्ने भन्दै अस्पतालले फिर्ता पठायो । अस्पतालले केही समय पछाडी आउन भनेको थियो । तर त्यसपछि भने हिड्दुल गर्न सक्ने भएपछि कसैले वास्ता गरेनन् । अहिले सम्म उहाँको दुवै खुट्टाको रड निकाल्न बाकी छ ।

रोकाया भन्छन् घरमा काम गर्दैन भन्छन् त्यसैले घरमा म जादैन

दुवै खुट्टा भाचिएर उपचारपछि रड समेत निकाल्न बाकी रहेका उहाँ काम गर्न सक्नुहुन्न । काम गर्न नसकेकाले घरमा दाई र भाउजुले रिसाउने हुँदा घरमा नबसेको उहाँले बताउनुभयो । आमा बुवा बितिसके । घरमा दाई र भाउजू छन् । काम गर्दैन भन्छन् म काम गर्न सक्दैन उहाँले भन्नुभयो । वडा कार्यालयले उहाँलाई ट्याक्टर दुर्घटनामा परी दुवै खुट्टा भाचिएर अप्रेसन सफल नभएपछी अशक्त अवस्थामा रहेका उहाँलाई सहयोगका लागि सिफारिस दिएको छ । वडाले दिएको सिफारिस लिएर उहाँ बजार क्षेत्रमा बढी जानुहुन्छ । जिल्ला भित्रै मात्र नभई जिल्ला बाहिर समेत उहाँ जानुहुन्छ ।

गाडीमा बसेर धनगढी सम्म पनि उहाँ पुग्नुहुन्छ । तर कसैले त दिन्छन् कसैले दिदैनन । हेर्दा हट्टा खट्टा देखीने रोकाया दिनभर माग्नमै व्यस्त हुन्छन् । साझ परेपछी बजारमा मान्छे हिडदैनन ।दिनभर कसैले दिएको सहयोगले बेलुका खानलाई पुगे खान्छन् । नत्र भोकै सुत्छन। उनको प्राय जसो रातहरु बाहिरै बित्छन, जेठ बैशाखको गर्मीमा समेत चर्को घाममा सडकमा बसेर सहयोग मागिरहेको हुन्छन् । पुष माघको कठ्याङ्ग्रीदो चिसोमा पनि सडकमै रात कटाउनु उनको रहर होइन बाध्यता हो । रहरले कोही सडक छाप बन्दैनन पनि । कयौं रात भोकभोकै जागाराम बस्नुपर्ने उहाँको बाध्यता हो ।

मानसिक सन्तुलन ठिक नभएकाले घरकोले जति राम्रो गरेपनि घरमा नबसी बाहिरै हिड्ने गरेको उहाँका आफन्त राम बहादुर रोकायाले बताउनुभयो । भनेको नमान्ने भएकाले घरकोले पनि खासै चासो नदेखाएको उहाँको भनाई छ । उहाँको अपाङ्गता परिचय पत्र बनाउनका लागि समेत पहल गरेको तर सम्भव नभएको उहाँले बताउनुभयो । हिड्डुल गर्न सक्ने भएका कारण तत्कालीन समयमा सम्भव नभएको उहाँको भनाई छ । खुट्टा राम्रो संग ठिक नहुदै हिड्डुल गर्न थालेपछि उहाँले आफैले खुट्टा बिगार्नुभयो । दुवै खुट्टा भाचिएका उहाँ त्यतिबेला खुट्टाको रड हालेर हिड्न सक्ने भएको भएपनि अहिले भने उहाँ बाध्यताले मात्र हिड्नुहुन्छ ।

पहिला टाढा टाढा जानुहुने उहाँ अहिले भने सदरमुकाम मार्तडीमै फरक दिन फरक ठाउँमा गएर सहयोग माग्नुहुन्छ । धेरै मान्छेको भिडभाड हुने ठाउँमा उहाँ गई रहनुहुन्छ । मानसिक सन्तुलन ठिक नभएका कारण घर लगेपनी केही दिनमात्र बसेर त्यहाँबाट भाग्ने गरेको उहाँका आफन्त निराजन रोकायाले बताउनुभयो । उहाँलाई मागेर खाने बानी परिसकेका कारण जति खान बस्न दिएर घरमै बसाएपनी घरपरिवार उहाँको जिद्दी जति कसैले नसक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “घरमा लिएर बसाउँदा पनी भाग्ने गरेको सुरेन्द्रका दाजु भिम बहादुर रोकायाले बताउनुभयो । अपाङ्गता परिचय बनाउन खोज्दा हुँदैन भने । घरमा बस्दैन मानसिक सन्तुलन पनि ठिक छैन । हामी संग त बस्दैन कतै सुरक्षीत ठाउँमा राख्ने व्यवस्था भए हुन्थ्यो कि भन्ने लाग्छ उहाँले भन्नुभयो ।”

यता अपाङ्गता परिचय पत्र दिन सकिने अथवा नसकिने बारे जिल्ला अस्पताल बाजुराका एमडिजिपी डाक्टर प्रेरित  देवकोटालाई सोध्दा बिरामीको अवस्था हेरेर मात्र यो बिषयमा भन्न सकिने बताउनुभयो। बिरामीलाई अस्पताल लिएर आउन समेत उहाँले आग्रह गर्नुभएको छ । यस्तै यता गौमुल गाँउपालिका वडा न. ६ का वडा अध्यक्ष प्रकाश बहादुर रोकायालाई सोध्दा वडा कार्यालयमा आएर सिफारिस दिनुपर्यो भन्दै मरिहत्ते गर्ने र नदिएपछी वडा कार्यालय नै नछोड्ने हुँदा सिफारिस दिने गरेको बताउनुभयो । अपाङ्गता परिचय बनाइदिन्छौँ आवश्यक कागजात लिएर आउनुस भन्दा पनि उहाँको घरको मान्छेले वास्ता नगरेको वडा अध्यक्ष रोकायाको भना्रई छ । अपाङ्गगता परिचय पत्रका लागी आवश्य पहल गर्न वडा कार्यालय प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो । आवश्यक कागजात सहित वडा कार्यालयमा आएर समन्वय गर्न उहाँका आफन्तलाई अध्यक्ष रोकायाले आग्रह गर्नु भएको छ ।

उहाँका आफन्तले मानसिक सन्तुलन ठिक नभएकाले बाहिर हिड्ने गरेको भनेपनी घरमा बसेर काम गर्न नसक्ने भएकै कारण मागेर खाने गरेको जिकिर गर्नुहुन्छ । हिडडुल गर्न सक्ने उहाँलाई धेरैले भन्छन् काम गरेर खान सक्दैनौं । मागेर खान लाज लाग्दैन ? यसो भनेर थर्काउदा पनि उहाँ कसैलाई केही भन्नुहुन्न । चुपचाप बस्नुहुन्छ । तर उहाँको वास्तविकता भने कसैले बुझ्दैनन । भित्रबाटै उहाँलाई कति पिडा छ भन्ने कुरा झट्ट हेर्दा केही गरेर खान नसकेपछि माग्दै हिड्ने र दिन गुजारा गर्ने जस्तो देखिनुहुने उहाँको वास्तविक कहानीले जोकोहीको मन रुन्छ होला । ताकी उहाँ रहरले माग्दै हिड्नु भएको छैन । पैसा कमाएर आम्दानी पनि गर्न खोज्नुभएको छैन । बाध्यता पछाडिको यो जीवन निर्वाह गर्ने माध्यम हो । के कसैलाई हरेक रात सडकमै बिताउन रहर हुन्छ ? मान्छे खानलाई पुग्दा पुग्दै पनि भोक भोकै जागाराम बस्न चाहान्छन होला त ? सुख सुबिधामा बस्ने रहर कसलाई हुँदैन ? तर बाध्यता बिवस मान्छे सडकको पेटीमै दिन बिताउन बाध्य हुन्छन्

बुवाआमा गुमाई सक्नुभएका उहाँको साहारा भनेकै त्यहीँ एक लठ्ठी र वडा कार्यालयले बनाइदिएको सिफारिस हो । दुवै खुट्टा भाचिएर अशक्त भैसक्नुभएका उहाँले बिवाह समेत गर्नुभएको छैन । न बुवाआमा छन् न त श्रीमती नै छन् । उहाँका आफन्तहरु भन्छन् उहाँ सरसफाई समेत गर्नुहुन्न । प्राय एउटै लुगा लगाइरहनुहुन्छ । राम्रो लुगा लगाएर सरसफाई गरेर चिटिक्कै भएपछि कसैले सहयोग गर्दैनन् की भन्ने डर उहाँलाई हुन्छ । गौमुल गाउँपालिका वडा न . ६ का रोकाया जस्तै सडक नै खाना सडक नै आभास, र सडक नै सुखदुःखको सारथि भएकाहरु सडकको गल्ली गल्लीमा कयौं भेटिन्छन् ।

जो अरुले फ्याकेको सडेगलेको खान्छन् । सडकका पेटीहरुमै रातहरु बिताउन्छन । न शरिरमा लुगा हुन्छ । न पेटमा खाना नै । फेरी तिनीहरुलाई नै मानिसहरूले सहयोग गर्नु त टाढाको कुरा हो उल्टै खिल्ली गर्न र जिस्काउन पछी हट्दैनन । अनि कहाँ छ मानवता ? कहाँ छन् मानवाधिकार कर्मीहरु ? कहाँ छन् हाम्रा घर नजिकैको सिंहदरवार मानिने स्थानीय सरकार ? कहाँ छन् जनताका अभिभावक हौँ भन्दै रोष्टमा उभिएर भाषण चुट्ने जनप्रतिनिधिहरु ? कहिले सम्म नागरिकहरु भोक भोकै बस्नुपर्ने हो । रोकाया जस्तै अशक्त व्यसाहारा नागरिकको सुरक्षाको ग्यारेन्टी लिनुपर्छ कि पर्दैन ? रोकायालाई सिफारिस दिएर माग्न कहिले सम्म पठाइरह्न्छ स्थानीय त सरकार ?

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑