
बाजुरा- नेपाल विद्यार्थी संघ आन्दोलन र क्रान्तिको पृष्ठभुमिमा रहि शहिदको बलिदान र नब मार्गदर्शनको क्रान्तिकारी एबम सचेत विद्यार्थीहरुको नवीन मार्गको रुपमा कलम र मसाल अंकित झण्डा निर्माण गरि विद्यार्थी आन्दोलनमा सधै अगाडि रहेको ईतिहास छ । जतिबेला राजाबाट जनताको वाक स्वतन्त्रता खोसिएको थियो ,शान्तिपूर्ण आन्दोलन गर्न र संगठित हुन बन्देज लगाइएको थियो त्यतिबेला नेपाल विद्यार्थी संघले राजाको दरबार तिर ढुङ्गा मुडा बर्साएको इतिहास पनि ताजै छ।

नेपाल विद्यार्थी संघ स्थापनाको ध्याय छ ( लोकतन्त्रको आन्दोलन चर्काउने र लोकतन्त्र बैचारिक बहस गरेर देशभर लोकतन्त्रको बीउ छर्ने हो त्यही क्रममा नेपाल विद्यार्थी संघको कलम र मशाल अंकित झण्डा मुनि गोलबद्ध रहेका वीर शाहिदहरु कामेश्वर, कुलेश्वास, रामलक्ष्मण, लिला, ठगीराज, श्यामसुन्दर, भरत, खगेन्द्र, रजन गिरि आदि लगायत सयौं शहिदहरूले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताको लागि ज्यानको बलिदान दिएको इतिहास हामी माझ छर्लङ्ग छ।
बर्तमान समयमा नेपाल विद्यार्थी संघको राजनीति धर्मराएको छ । विद्यार्थी नेता जन्माउने कलेज,बिश्व बिधालय संगठन रहित छ । अहिले नेता विद्यार्थीले होइन चाकरिबाद र पुजीले चुन्छ भन्ने एउटा ट्रेण्ड नै बसिसकेको छ । यतिबेला म लगाएत नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका सोझा युबाहरु जो गरिबिको सङ्ग लडेर बिश्वबिधालय सम्म पुगेका छौ त्यिनिहरु सबैको मनमा हाम्रो माउ पाटीका नेता सङ्ग एउटा प्रश्न उब्जिन्छ )
बीपी कोइरालाले भनेजस्तै प्रजातान्त्रिक समाजवाद उनीहरूको मनमस्तिष्कमा गढेको छ त ? के उनीहरू आफ्नो जीवनशैलीलाई समाजवादको आँखाबाट हेरेर परिवर्तन गरेका छन् त ? नेपाल विद्यार्थी संघको प्रतिनिधि भागबन्डा गराउदा आफ्नो ड्राइभर, खालासी, भाइ बहिनी र आफन्तबाट छनोट हुने नेतृत्वले विवाद रहित सफल नेतृत्व जन्मिने अपेक्षा गर्नु कति मुर्खता र कसरी होइन भन्न सकिला ?
अबको नेविसंघले नेताको चाकरी गरेर आफुलाइ नेता बनाउनु भन्दा विद्यार्थीहरुको बिचमा गएर विद्यार्थी समस्या समाधान गर्न सकेन भने जबरजस्त उदाएका स्वतन्त्रहरुले स्वबियुमा आफ्नो प्रभाब नपार्लान भन्न सकिँदैन । त्यसैले आजैबाट बिश्व बिधालय र क्याम्पसमा कार्यसमितिको पुर्णता सहित विद्यार्थी माझबाट नेता चुन्न नेपाल विद्यार्थी संघले ढिलो गर्नु हुन्न।।
रुगम रावल
नेपाल विद्यार्थी संघ ,
कैलाली बहुमुखी क्याम्पस

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर