
बाजुरा – नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट महासचिवमा बाजुराका नरेश रोकाया निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार महासचिवमा रोकायाले सात सय ३३ मत प्राप्त गरी निर्वाचित भएका छन्। त्यस्तै अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।उनले निकटम प्रतिद्धवन्दी आरसी लामिछानेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी ७६३ मत, नारायण घर्ती ७५१ मर्यादा विष्ट ६७५ र धर्म गिरी ५०१ मत निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भए । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।
निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग अनुशासन, लेखा र निर्वाचन मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर