
मिन बहादुर खड्का बाजुरा- प्रगतिशिल र श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस बाजुरामा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । का अवसरमा चौतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेको छ । समृद्धिका लागि संचारकर्मी प्रेस चौतारीको मुल मर्म भन्ने मुला नाराका साथ प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको आयोजनामा आयोजित स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको हो ।

बिहान जिल्ला अस्पताल बाजुरामा उपचारत अवस्थामा रहेका बिरामीहरुलाई अस्पतालमै पुगेर फलफुल बितरण गर्नुका साथै दिउँसो एक औपचारिक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रिय सदस्य लाल बहादुर थापाको प्रमुख आतिथ्यतामा दिवस मनाइएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले जनाएको छ । फलफुल बितरण संगै बिरामीलाई फलफुल बितरण गर्नुका साथै बिरामीहरुको स्वास्थ्य लाभको कामना समेत गरिएको बताइएको छ ।

स्थापना दिवसको अवसरमा दुई पत्रकार सम्मानित
प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद वि।क। स्मृति पत्रकारिता पुरस्कार जिल्लामा संचालित रेडियो बाजुरामा कार्यरत दुई जना पत्रकारलाई प्रदान गरेको छ ।
प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष एवम् रेडियो बाजुराका रेडियो प्रबन्धक कृष्ण ओली र प्रेत चौतारी नेपाल जिल्ला सदस्य तथा रेडियो बाजुरामा कार्यरत पत्रकार सरिता नेपालीलाई प्रदान गरिएको हो । स्वर्गीय बिकको सम्झनामा प्रेस चौतारी नेपाल बाजुराले विनोद वि।क। स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले जनाएको छ । ओली र नेपालीलाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरिएको हो । विगत लामो समय देखी पत्रकारिता क्षेत्रमा काम गर्दै आएका ओली र नेपालीलाई पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशिल रही पत्रकारिताका माध्यमबाट समाज रुपान्तरण र परिवर्तनका निमित्त खेलेको भुमिकाको उच्च कदर सहित थप हौसला प्रदान गर्न पुरस्कार संगै सम्मान गरिएको प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष मदन विकल बताएका छन् ।
प्रेस चौतारी बाजुराको सचिवालयको बैठकल छनोट गरेर ओली र नेपाली सम्मान सहित पुरस्कार दिने निर्णय गरेको थियो । यो संगै जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल वितरण तथा दिउसो जनप्रतिनिधिहरु संग चौतारी बहस गरी बिबिध कार्यक्रम सँगै कृयाशील पत्रकार वली र नेपालीलाई सम्मान गर्नुका साथै जन प्रतिनिधी चौतारी बहस कार्यक्रम गरी मनाउने निर्णय गरेको थियो। तर केही पालिकाका जनप्रतिनिधि अनुपस्थित भएपछि जन प्रतिनिधी चौतारी बहस कार्यक्रम भने सम्भव नभएको बताइएको छ । आइतवार दिउँसो एक औपचारिक कार्यक्रममा बिच प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन वि. कको अध्यक्षतामा संचालन भएको स्थापना दिवस कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथी रहेका थिए ।
स्थापना दिवसमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत रोकाया,जिल्ला कमिटी सदस्य रामबहादुर बानियाँ,तुलसीराम रोकाया,अमर खड्का,रामबहादुर बोहरा, प्रेस चौतारी केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा खप्तड छेदेदह गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावत, गौमुल गाँउपालिकाकी उपाअध्यक्ष सिता थापा, ,प्रेस युनियन सुदुरपश्चिम सचिव राजेन्द्र रोकाया, पत्रकार महासंघ ,जिल्ला शाखा बाजुराकी उपाअध्यक्ष संगिता तिमिल्सेना,प्रेस युनियन जिल्ला शाखा बाजुराका सचिव प्रेम रौले, लगायत विशिष्ट अतिथी रहेका थिए । सदस्य सरिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रमित वि.कल गरेका थिए ।
कार्यक्रममा कार्यक्रममा अतिथि बिशिष्ट अतिथि र प्रमुख अतिथि लगायतले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरुले सत्य तथ्य कुरामा मात्र कलम चलाउन आग्रह गरेका थिए । कसैलाई माथि उकास्न र कसैको चरित्र हत्या हुने किसिमले पनि पत्रकारहरूका कलम चल्ने गरेको भन्दै कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारहरुको कलम समाज परिवर्तन र समाजको बिकास, राज्य संचालनमा भए गरेका कमि कमजोरीहरु, अन्याय, अत्याचार, भष्टाचार,दुराचार, कुरीति र कुसँस्कारको अन्त्य गरी सभ्य र संस्कृत समाज निर्माणका कुरामा चल्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा आफ्ना बिचारहरू राख्दै पत्रकारहरुले बाजुराको पत्रकारिता क्षत्रमा थुप्र चुनौतीहरु रहेको बताएका हुन् । कार्यक्रममा बोल्ने स्थानिय तहका जनप्रतिनिधिहरुले बिकास संग पत्रकारितालाई जोडेर कसरी सहकार्य गरेर अगाडी बढ्न सकिन्छ भन्ने कुरामा जोड दिएका थिए । जिल्लामा पत्रकारिता क्षत्रको बिकासका लागी, पत्रकारहरुको हक हितका लागी, र पत्रकारिता क्षत्रमा रहेका चुनौति हरुलाई सम्बोधन गर्ने कुरामा आवश्यक सहयोग गर्ने एकताबद्ध जनाएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर