• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

प्रधानमन्त्री नपाएपछि प्रचण्ड रुँदै बालकोट पुगे – एमाले केन्द्रिय सदस्य थापा

खप्तड मालिका न्युज February 5, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा- निवर्तमान प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले केन्द्रिय कमिटी सदस्य,  लाल बहादुर थापाले प्रधानमन्त्री नपाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बालकोट पुगेको बताएका छन् । बाजुरा जिल्ला इन्चार्ज समेत रहेका थापाले प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आयोजना गरेको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  यस्तो अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी समेत रहेका निवर्तमान प्रतिनिधि सभा सदस्य थापाले तत्कालीन पाँच दलीय गठबन्धन भट्काएर प्रधानमन्त्री पदकै लागी केपी ओली संग मिली प्रधानमन्त्री बनेको प्रसङ्गलाई कार्यक्रममा प्रस्ट्याएका छन् । प्रचण्डले राष्ट्रपतिका लागी राष्ट्रिय सहमति खोजेको भन्दै यो आवस्यक नभएको बताए । प्रधानमन्त्री नपाएपछि प्रचण्ड रुँदै बालकोट पुगेका प्रचण्डलाई राष्ट्रपतिका लागी राष्ट्रिय सहमति किन चाहियो राष्ट्रपतिका लागी सहमति कहाँ चाहिन्छ रु प्रश्न गरे । राष्ट्रिय सहमति भनेको के हो भनी प्रश्न गरे राष्ट्रिय सहमति किन चाहियो रु भन्दै राष्ट्रपतिका लागी राष्ट्रिय सहमति आवस्यक नभएको थापाले बताए ।

प्रचण्डको अवसरवादी प्रवृत्तिका कारण मुलुक दुर्घटनामा जाने स्थिति सिर्जना भएकोले यसको सवै जिम्मेवारी प्रचण्डले लिनुपर्ने थापाको भनाई थियो । यतिमात्र होइन थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैलाई चाहिन्छ भनेपछि गठबन्धन टुटेको बताउदै नेपाली कांग्रेस कस्तो हो भन्दै प्रश्न गर्दै पद माग्न पुनः अहिले प्रचण्ड संगै सहकार्य गरिरहेको आरोप लगाएका छन्। सत्तामा कांग्रेस गोरुको खुट्टामा किन्ना तासिएझै तासिराख्न खोजेको कांग्रेस प्रति कटाक्ष गरेका छन् । बर्तमान समयमा नेपाली राजनीतिमा नयाँ राजनीति दल च्याउ उम्रिए जस्तै उम्रिनुको कारण पुराना राजनीति दलहरू गलत प्रवृत्ति भएको बताएका छन् । पुराना राजनीति दलहरूले आफ्ना गलत प्रवृत्ति सच्याउँदै नजाने हो भने मुलुक अस्थिरता तर्फ धकेलिने बताए ।

आफ्नो कार्यकालमा जिल्लामा थुप्रै काम भएको दावी गर्दै जिल्लामा बाजुरा क्याम्पस कसले बनायो भन्दै प्रश्न गएका छन् । जिल्लामा बाजुरा क्याम्पस हुनुपर्ने भन्दै सुरुमा आफुले आवाज उठाएको बताउदै सकस प्रयासले मात्र क्याम्पस बनेको बताएका हुन् । जिल्लाको बिकासका लागी आफुले काम गर्दै गर्दा कतिपयले आफुलाई जनविरोधी काम गरेको भनी आरोप लगाउनु अनुचित बिषय रहेको बताए । हाल सम्म आफ्नो राजनीति जीवनलाई सामाजिक जिवन संग दाँजेको थापाले दावी गरे । संकट कालको समयमा आफ्नो ज्यानलाई जोखिममा राखेर बाजुरा जिल्लामा पत्रकारिताको बिकास र प्रेस स्वतन्त्रताका लागी ठुलो योगदान दिएको थापाको भनाई थियो ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रमुख अतिथी समेत रहेका थापाले प्रेस चौतारी नेपाल नेकपा एमालेको जनवर्गीय संगठन रहेको बताउदै नेकपा एमाले प्रति आस्थावान् भैसकेपछि नितान्त रुपमा पार्टीका दार्शनिक ,सैद्धान्तिक, राजनीति पक्ष र पार्टीको बिचार सिद्धान्तलाई जनतासामु पुर्‍याउनु पर्नेमा जोड दिए । यदि यि कुराहरुलाई ख्याल नगरी स्वतन्त्रतालाई मात्र ख्याल गर्ने हो भने त्यो बुझाइको अभाव भएको टिप्पणी गरेका हुन् । निष्पक्षता र तटस्थता भन्ने कुरा प्रेस चौतारी भैसकेपछि नहुने थापाको तर्क थियो । निष्पक्षता त तटस्थ ताका लागी पत्रकार महासंघ भएको बताउदै प्रेस चौतारी नेकपा एमालेको जनवर्गीय संगठन भएकाले पार्टीको हित बिपरित कलम चलाउन नहुने थापाको अभिव्यक्तिको मुल आसय हो ।

थापाले व्यक्त गरेको उक्त अभिव्यक्तिले भने प्रेस स्वतन्त्रताको अधिकारका नै हनन हुने देखिन्छ ।थापाले बिगतमा प्रेस स्वतन्त्रताका लागी र बाजुराको पत्रकारिताको बिकासका लागी गरेको योगदान पश्चात को प्रेस स्वतन्त्रताको अधिकारलाई आफैले कुल्चेको देखिन्छ । यतिमात्र होइन थापाले पत्रकारहरुले समाज रुपान्तरण र परिवर्तन गर्नका लागी, सभ्य र सुसंस्कृत समाज निर्माणका निमित्त कलम चलाउनु पर्ने बताए । राजमा भए गरेका कमी कमजोरीहरु अनियमितता, अन्याय,अत्याचार, दमन, शोषण, उत्पीडित जनसमुदायका आवाजहरू बुलन्द गर्नुका साथै कुरुती, कुसँस्कारका विरुद्ध कलम चल्नुपर्ने थापाको भनाई थियो । समग्रमा समृद्ध नेपाल सुखी नेपालीको मुल मर्ममा टेकेर कलम चलाउन जिल्ला स्थित पत्रकारलाई थापाले आग्रह गरे ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बाजुरा चुनाव जस्तो नभएको कांग्रेस प्रति कटाक्ष गर्दै उनले योजना पूर्वक चेतन अयडीको घर भित्रबाट तानेर निर्मम पूर्वक हत्या गरेको आरोप लगाएका छन् । निर्वाचन जस्तो निर्वाचन जिल्ला नभएको र जनताले स्वतन्त्र मताधिकारको प्रयोग गर्न नपाएको भन्दै यो जनताको फैसला नभए थापाको भनाई थियो । थापाले जनताको फैसला नभएको दावी गर्दै दुई चार जनाले मतदान गरेर बनाएका माननीयलाई माननीय नमान्ने ठोकुवा गरेका छन् । नेकपा एमाले मुलुकको परिवर्तनको संवाहक रहेको दावी गर्दै मुलुकको अग्रगामी परिवर्तनमा जनताको बहुदलीय जनवाद जबजको नारा बोकेको गौरवशाली पार्टी एमालेको बिचार र सिद्धान्तलाई भुल्न नहुने बताए ।थापा गत मंसिरमा सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रसका पदम बहादुर शाही संग प्रदेश सभा ख मा पराजित भएका हुन् । यस अघि प्रतिनिधि सभा सदस्य रहेका थापा प्रदेश सभामा उम्मेदवारी दिएका थिए ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑