
मिन बहादुर खड्का बाजुरा – सुदुरपश्चिमको बिकट जिल्ला बाजुराको बुढीगंगा नगरपालिका (१० ) सेलापाखामा जन्मिएका भरत रावत बिगत केही बर्ष यता दुखिको मलम बनिरहेका छ्न । विभिन्न समयमा समस्यामा परेकाहरूका लागी सहयोग अभियान संचालन गर्दै दुखिको दुस्खका घाउमा मलम लगाउदै आएका रावत सानै देखी समाज सेवामा रुचि राख्थे । समाज सेवा मात्र नभई समाज रुपान्तरणमा समेत उत्तिकै चासो राख्ने रावत बुवा सौरे रावत र आमा बेलुदेबि रावतको साइलो छोरा हुन ।

कैलालीको कैलाली बुहुमुखी क्याम्पसबाट माध्यामिक शिक्षा उतिर्ण गरेका भरतले उच्च शिक्षा भने पारिवारिक समस्याले पूरा गर्न पाएनन। नेपाल मै केही गर्छु भन्ने सोच हुँदाहुँदै पनि पारिवारिक समस्या र नेपालमा रोजगारीको समस्याका कारण रोजगारीको सिलसिलामा छिमेकी मुलुक भारत जानैपर्ने भयो । गाउँमा सानै देखी समाज सेवामा संलग्न रही सामाजिक कार्यमा अग्रसर रही समाज रुपान्तरणका लागी अहम् भुमिका निर्वाह गर्दै आएका रावतको पारिवारिक परिस्थितिले सामाज देखी टाढा बनाई छाड्यो । परिस्थितिले गाउँ छोडेर बिदेशीएका रावत खाने मुखलाई जुँगाले छेक्दैन भनिन्छ त्यसैको एक उदारण बन्न सफल छन् ।
रावत अहिले भारतको बसाईमा हुँदा पनि गरिव बिपन्न र दुखिको सेवामा नै आफुलाई समर्पित गरिरहेका छन् अर्थात समाज सेवामै व्यस्त छन् । भनिन्छ दुस्खले मान्छेलाई संघर्ष गर्न सिकाउन्छ सायद भरत पनि एक गरिव परिवारबाटै हुर्के बढेको भएर हुन सक्छ अरुको दुस्ख पिडालाई आफुलाई परे जस्तैः ठान्छन् र अरुको दुस्ख पिडा प्रतिको आवाज बोल्छ्न । भारतको दिल्लिमा बिगत केही बर्ष यता काम गरिरहेका रावत अहिले सामाजिक क्षेत्रमा आफुलाइ चिनाइरहेका छन। समाजेसेवीका नामले पछिल्लो समयमा चितपरिचीत रावत समस्यामा परेकाहरुलाई सहयोग गर्न समाजका अरुलाई पनि उत्तप्रेरित गरिरहेका छन् । रावतले भरखरै दुबैमा सडक दुर्घटनामा परेका राहुल शार्किको लागि सहयोग अभियान संचालन गरिरहेका छन् । साथै आफुले संचालन गरेको यो अभियानमा सक्दो सहयोग गर्न सवैलाई उनले आग्रह गरेका छन् ।
आफ्नो सानो प्रयासले कसैको ज्यान बाच्छ भने आफुलाई त्यो नै महान कार्य लाग्ने उनी रावत बताउन्छ्न । सासले धोका नदिए सम्म आफ्नो जिवन फेरीपनि समाज सेवामै समर्पित गर्ने उनको भनाई छ । रावतले यस्ता अभियान यस अघि पनि संचालन गर्दै आएका थिए । अरुको दुस्खलाई आफ्नो सम्झिने स्वभाव भएका रावत सकेको सहयोग आफै र आफुले नसके अभियान मार्फत सहयोग जुटाउने गर्छन् । रावत हाल सुदुरपश्चिमेली नेपाली समाज भारतको सदस्य समेत छन।यतिमात्र होईन रावत आफु संगैका विभिन्न कुलतमा फसेका युबाहरुको सोच परिवर्तन गरि समाज बिकासमा सक्रिय बनाउन प्रेरणाको स्रोत बनेका छन्

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर