


बाजुरा – जगन्नाथ गाउँपालिकामा आजबाट निशुल्क रेविज खोप शिविर सञ्चालन हुँदैछ ।
गाउँपालिकाको कार्यालयका अनुसार गाउँपालिकाको पशु सेवा शाखाद्धारा आजदेखि २९ गतेसम्म शिविर सञ्चालन हुनेछ। गाउँपालिकामा रहेका घरपालुवा जनावरका लागि पशु सेवा शाखाको आयोजनामा शिबिरको आयोजना गरिने पशु सेवा शाखाका प्रमुख नर बहादुर बुढाले जानकारी दिए ।
गाउँपालिका भित्र रहेका सम्पूणर् घरपालुवा तथा कुकुरहरुलाई रेविज रोग विरुद्ध निशुल्क खोप लगाइने शाखा प्रमुख बुढाले बताए । रेविज खोप शिविरमा पहिलो चरणमा गाउँपालिकाको वडा नंः ५ को वडा कार्यालय खोर्दामाडूमा पुष २६ गते, वडा नंः६ को वडा कार्यालय डाडाखर्कमा २७ गते सञ्चालन हुने भएको छ ।
त्यस्तै वडा नंः४को वडा कार्यालयमा २८ गते र वडा नंः ३ को डाडाबाडामा २९ गते शिविर सञ्चालन हुने गाँयपालिकाको कार्यालयले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर