
बाजुरा – पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा साठी हजार बढीको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । शुक्रबार हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा रहेका बजारको जिल्ला प्रशासन कार्यालय बाजुराको टोलीले बजारमा रहेका अखाद्यवस्तु, म्याद गुज्रेका वस्तु र बजारमा विक्री हुने दैनिक उपभोग्य सामग्रीको मूल्यको अवस्थाको अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निरिक्षण अधिृकत लोकेन्द्रबहादुर विष्टको नेतृत्वको टोलीले हिमाली गाउँपालिकाको धुलाचौर बजार र जगन्ना गाउँपालिकाको पिलुचौर बजारको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बजार अनुगमनका क्रममा धुलाचौर बजारबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान सहित आठ हजार ३२० रुपैया बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबशहादुर विष्टले बताएका छन् ।
यसैगरी जगन्नाथ गाउँपालिका–१ मा पर्ने पिलुचौर बजारमा अनुगमन गर्दा ५६ हजार ४५ मूल्य बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ विष्टले बताए । धुलाचौर र पिलुचौरमा गरिएको अनुगमनबाट ६४ हजार ३६५ बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।बजार अनुगमनका क्रममा चिउरा,विस्कुट,सुजी,तेल,माउण्टेन ड्यु,मेरिण्डा,मिठाइई लगायका अखाद्य वस्तु बरामद गरिएको छ । बरामद गरिएको अखाद्य वस्तु अनुगम टोलीले जलाएर नष्ट गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका कम्प्युटर अपरेटर नैन रावलले बताएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर