
मिन बहादुर खड्का बाजुरा- बाजुरामा एक प्रहरी हवल्दारको संलग्नतामा मुत भेटिएकी महिलाको घटनालाई लुकाउन खोजिएको पिडित पक्षले आरोप लगाएको छन् । मंगलवार जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित पक्षले घटनाको बारेमा संक्षिप्तमा जानकारी गराउदै यस्तो आरोप लगाएका हुन।
काठमाण्डौमा प्रहरी हवल्दारका रुपमा कार्यरत हर्क जंग खत्रि यतिखेर बिदामा रहेका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका ८ कि २५ बर्षिया रमना गिरीको गिरी गत कार्तिक २१ गते हराएकी भनिएकी गिरीको शव पौष ७ गते बाजुराको स्वामिकार्तिक गाउँपालिका र जगन्नाथ गाउँपालिकाको जुड्डी नजिकै कर्णाली नदिमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आईतबार जिल्ला अस्पताल बाजुरामा पोस्टमार्टम गरी बाउली खोलामा दाहसस्कारका लागि लगिएको लासलाई माईती पक्षले पुन जिल्ला अस्पतालमै ल्याएको थिए । शवलाई पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि त्यहाँ डाक्टर नहुदा जिल्ला अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रबिन्द्र कठायतले बताएका छन् ।
सो घटनामा संलग्न एक जना प्रहरीको हात रहेको माईतिपक्षले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । माईती पक्ष भनेर हर्कजंग खत्री भनिने प्रहरीले सो घटनालाई लुकाउन लगाएको पिडीतहरुको आरोप रहेको छ । हर्क बहादुर खत्री भनिने नेपाल प्रहरीका हवल्दार पदमा कार्यरत रहेकाले उनकै कारण सो घटनालाई फितलो बनाउन खोजेको र निज प्रहरी हवल्दार खत्रि मृतकका श्रिमानका आफन्त रहेको बताइएको छ । मृतक गिरीका श्रिमानकी आफ्नै ठुलि आमाका छोरा रहेको बताइएको छ । त्यसकारण । प्रहरी हवल्दार खत्रि मृतकको श्रिमानकै आफन्त भएकै कारण घटनालाई लुकाउन खोजेको पिडित पक्षको आरोप छ । घटनालाई लुकाउनका लागी खत्रि प्रहरी हवल्दार खत्री आफै बनेको आरोप पिडित परिवारको रहेको छ ।
आफन्तका अनुसार हत्या गरिएको हुन सक्ने भन्दै माईति पक्षले दाहसंस्कार गर्न नदिएको भए पनि पुन केही सहमती पश्चात दाहसंस्कार गरीएको थियो ।उनको माईती घर बुढिनन्दा नगरपालिका वडा न १ रावत बाडा रहेको छ । मृतक गिरी कार्तिक २१ गते राती घरबाट हराएकी थिइन्। श्रिमानले खाना आन बोलाएपछी एकछिन बच्चा सुताएर खाना खान आउन्छु भनेर उनि घरबाट निस्केकी हुन् । घरबाट हराएपछी गिरिका श्रिमानले प्रहरीलाई खबर गरेपनि माइति पक्षलाई भने खबर नगरेको बताइएको छ । घटना भएको करिव ५० दिन बितिसकेको छ । घरबाट हराएको ४५ दिनपछी उनि मेत अवस्थामा भेटिएकी गिरीका दाजु ईस्वरराज गिरीले बताएका छन् । पत्रकार सम्मेलन गर्दै पिडीतहरुले प्रहरीले मुद्धा तर्दा नगरेको बताएका छन । हत्या भएको भन्दै प्रहरीमा उजुरी दिदा पनि प्रहरीले दर्ता गर्न नमानेको उनको भनाई रहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले मुद्धा दर्ता गर्न नमानेपछी पिडीतहरु मिडियालाई समेत गुहार गरेका छन ।
माईती पक्षले शव दाहसस्कारका लागि मसानघाटमा लगिएको बेला फेर्ता ल्याएका थिए। पोष्टमार्टम गर्नुभन्दा पहिला पिडीती पक्षसंग कुनै सल्लाह नै नगराएर पोष्टमार्टम गराएको र सो मुचुल्का बारेमा समेत आफुहरुलाई कुनै जानकारी नगराएको माईतिपक्षको भनाई रहेको छ । खोलामा भेटिएको चप्पलका आधारमा मुचुल्का तयार पारेरे माइती पक्षलाई खबरै नगरी शवको पोष्टमातव गरेको मेृतक गिरीका आफन्तको आरोप छ ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने सो घटना जिल्ला प्रहरी मुगुले हेर्नुपर्ने भएकोले यता मुद्धा दर्ता नगरेको जनाएको छ । सो सव बाजुरा जिल्लामा फेला परे पनि कार्यक्षत्रमा नभएको जिल्ला प्रहरीको भनाई छ । प्रहरी हवल्दार खत्रिको संलग्नताका बिषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रबिन्द्र कठायतलाई सोध्दा माइती पक्षले मिथ्या आरोप लगाउन मात्र खोजेको बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर