• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अर्को बर्षातमा बैकल्पिक सडकबाट यात्रुहरूले यात्रा गर्नेछन् – नगर प्रमुख बानियाँ

खप्तड मालिका न्युज December 21, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – जिल्लाको बुढिगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाँले अर्को बर्षको बर्षातमा बैकल्पिक सडकबाटै यात्रुहरूले आवतजावत गर्ने बताएका छन् । रेडियो पौरखीको पौरखी बहस कार्यक्रममा बोल्दै प्रमुख बानियाँले यस्तो बताएका हुन् । प्रमुख बानियाँ आफ्नै पहलमा सुरु भएको बैकल्पिक सडक खण्ड खोल्ने प्रयासमा असफल भएपछि उनि एकपटक निकै आलोचित बनेका थिए । उनले सडक एक साताभित्र खोल्ने आश्वासन दिएका थिए तर हाल सम्म उक्त सडक खण्ड अलपत्र छ ।

यि लगायतका अन्य बिषयमा प्रमुख बानियाँ पटक पटक आलोचित बन्दै आएका छन् ।बुधबार बिहान नगर प्रमुख बानियाँ संग उनि माथि लगाइएका आरोपहरुका बिषयमा र नगरपालिकाले अघि सारेका निति तथा कार्यक्रमका बिषयमा कुराकानी भएको थियो । नगर प्रमुख बानियाँले कुराकानीमा प्रतिपक्षले लगाउने आरोपहरु सत प्रतिसत झुट भएको दावी गरेका छन् । उनले सहि कामको समेत मुल्यांकन नगरी बिरोधको पछि मात्र लाग्न उचित नहुने बताउदै अनावश्यक आलोचना र बिरोध नगर्न समेत अनुरोध गरेका छन् । नगरपालिकाले समग्र नगर वासिको हित, नगरको बिकास समृद्ध नगर सुखी नगर बासी बनाउने संकल्पका साथ सोही अनुसारका निती तथा कार्यक्रमहरु अगाडि बढाइएको बताएका हुन् ।

आफु निर्वाचित भैसकेपछी बिगत पाँच बर्षको तुलनामा केही नयाँ कामहरूको थालनी भएको बताए । बिगत पाँच बर्षको अवधिमा नगरपालिकामा केही काम हुन नसकेको प्रमुख बानियाँको जिकिर थियो । आफुहरुले नगरपालिकामा समग्र हित हुने खालका कामहरूको थालनी गर्न एक आर्थिक बर्ष नबित्दै सफल भएको आफ्नो ठम्याई रहेको प्रमुख बानियाँको भनाई थियो । प्रमुख बानियाँले यस्तो बताएपनि उनी पटकपटक आलोचित बन्दै आएका छन् । आफु आलोचित बनेको भन्ने बिषयमा पनि उनले कार्यक्रममा प्रष्ट पारेका हुन् । निरन्तर चार बर्ष देखी अवरुद्ध हुँदै आएको साफे मार्तडी सडक खण्डको बिषयमा बोल्दै उनले जिल्ला वासिलाई नै उन्मुक्ति दिने गरेर निर्णय गरेको बताए । तर यसको पनि बिरोध गर्नु अनुचित भएको बताए । भनेको समयमा संचालनमा ल्याउन नसकिएको उनको भनाई छ ।

अर्को बर्षातमा बिगतका बर्षहरुमा जस्तै यात्रुलाई सास्ती खेप्नु नपर्ने पनि प्रमुख बानियाँको भनाई थियो । अव आउने बर्षातमा बैकल्पिक सडकको बाटो भएर यात्रा गर्नेछौं भन्ने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । यस्तै नगरपालिकामा करार कर्मचारी म्याद थप नगरिएको बिषयमा बोल्दै प्रमुख बानियाँले राजनीति आस्था फरक भएकै कारण करार कर्मचारी हटाइएको भन्ने कुरा सत्य नभएको प्रमुख बानियाँको जिकिर छ । एकातिर नगरपालिकाको आर्थिक श्रोतको अभाव र अर्को तिर केहि कर्मचारीहरु नियमित रूपमा काममा नआउने, आएपनि दिउँसो नै मदिरा सेवन गरेर आउने लगायतका अराजक गतिविधि गर्न थालेपछि कर्मचारीको कार्य शलिलाई हेरेर म्याद थप नगरिएको बताएका छन् ।

यसमा राजनीतिकरण गरेको भन्ने कुरा आफुहरु माथि आरोप मात्र लगाइएको उनले बताए । अराजक गतिविधि गर्ने कर्मचारीलाई पटकपटक सम्झाउदा बुझाउदा समेत अटेरी गरेपछि म्याद थप नगरी हटाउने निर्णय कार्यपालिकामा बसेको बठकले सर्वसम्मत गरेको प्रमुख बानियाँको भनाई छ । अन्य पालिकाले जस्तो राजनीति पुर्वाग्रह गरी कर्मचारी नहटाएको उनको भनाई छ । सुरुमा नगर सभा होटेलमा गर्नुको कारण बारे बताउदै नगर प्रमुख बानियाँले नगरपालिकामा उपयुक्त हल नभएपछि होटेलमा आएर नगरसभा गरेको बताए । चुनाव खर्च असुल गर्न होटेलमा नगरसभा गरिएको भनेर अपवाह फैलाउनेहरुलाई अन्य ठाउँमा नगर सभा गरे भन्दा होटेलमा गर्दा झन कम खर्च भएको स्पष्ट पारेका छन् । उनले भने चुनाव खर्च असुल गर्न खोजेको भए अन्य ठाउँमा नगर सभा हुँदा पाँच लाख खर्च हुन्थ्यो भने हामीले तिन लाख खर्चमा नगर सभा सम्पन्न गरेका हौँ । अनि कहाँ कसरी चुनाव खर्च असुल भयो ? भन्दै प्रश्न गरे । यतिमात्र होइन प्रमुख बानियाँले जनता सामु गएर चुनाव पुर्व मत माग्दै गर्दा गरेका प्रतिबद्धताहरु जसरी पनि पुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

आफुलाई बिश्वास गरेर जनताले दिएको जनमतको सधै कदर गर्ने र सवैलाई समान व्यवाहार गर्ने उनको भनाई छ । नगरबाट प्रदान हुने सेवा सुबिधाको हकमा कुनै राजनीति पुर्वाग्रह नगर्ने र फरक पार्टीमा आस्थावान भएकै कारण सेवा सुबिधामा बिभेदिकरण आफ्नो तर्फबाट नहुने बताए । यस्तै प्रमुख बानियाँले पाँच बर्षको आफ्नो कार्यकालमा नगर भित्रका प्रत्येक बिद्यालयको भौतिक संरचना निर्माण संगै शिक्षाको गुणस्तरमा सुधार, स्वास्थ क्षेत्रमा सुधार, युवाहरूलाई स्वरोजगार तर्फ उनमुख, नगरको पुर्वाधार बिकासमा विशेष जोड , नगरवासिका आधारभूत आवश्यकताको पहिचान गरी सो अनुसारको आवस्यक परिपुर्ति, पर्यटन पर्वद्धन, विद्युत,खानेपानी, यातायात संचार र सिचाईको पहुँचमा पुर्याउने लगायत कामहरू हुने दावी गरेका हुन् । आफ्नो पाँच बर्षको कार्यकाललाई उपलब्धिमुलक कार्यकालका रुपमा स्थापित गर्ने उनको भनाई थियो । समग्रमा जिल्लाको बिकासको सवालमा जोड दिदै सवै स्थानीय तहहरु शसक्त हुनुपर्नेमा प्रमुख बानियाँले जोड दिएका छन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑