
बाजुरा – जिल्लाको बुढीगंगा नगरपालिकाले करार कर्मचारीको म्याद थप नगरी हटाएको छ । नगरपालिकामा गत मंसिर २७ गते बसेको ५ औं कार्यपालिकाको बैठकले म्याद थप गर्न नसक्ने भन्दै एक सूचना जारी गर्दै करार कर्मचारीको म्याद थप नगरिएको जानकारी गराएको हो ।
बैठकले नगरपालिकाको कार्यालय मातहतका वडा, कार्यालय,स्वास्थ चौकी सहरी स्वास्थ्य केन्द्रमा कार्यरत लगायत तपशिल बमोजिमका कर्मचारीको म्याद थप नगरी यहीँ पौष ५ गतेबाट लागु हुने गरी म्याद थप नगरिएको नगरकार्य पालिकाको कार्यालयले एक शुचना जारी गर्दै जनाएको छ ।म्याद थप नगरिएका कर्मचारीहरुले जिन्सी तथा नगद कार्यालयमा बुझाउन समेत सूचना मार्फत आव्हान गरेको छ। साथै पेस्की लिएकाहरुले पनि यथासिघ्र फर्चौट गर्न सुचनामा भनिएको छ ।

कुन कुन कर्मचारीहरुको मात्रै म्याद थप गरियो हेर्नुस् ?नाम सहित
१मनोसामाजिक संयोजक र सहजकर्ता सवै
२ल्याव अशिस्टेन : बाजुरा स्वास्थ्य चौकी टाटेका खडक बहादुर बिष्ट
३अनमी अनिता कुमारी थापा: आधारभुत स्वास्थ्य केन्द्र वडा न . १
४ ना. प्रा. स : हरी रावल
५ ना. प्रा. स : तपेन्द्र बिक्रम शाह
नगरपालिकाले गरेको यो निर्णयको भने यतिबेला चौतर्फी बिरोध भएको छ। नेपाली कांग्रेसमा आस्था राख्ने कर्मचारीहरुलाई छानीछानी म्याद थप नगरी हटाएको भन्दै यसको घोर बिरोध संगै आपत्ति जनाएका छन् । जनता द्वारा जननिर्वाचित जनप्रतिनिधिहरुले गरेको यो निर्णयका विरुद्ध कडा संघर्ष सहित जस्तोसुकै मुल्य चुकाउन बाध्य हुने चेतावनीसमेत अधिकांस नगरवासीले दिएका छन् । नगरपालिकाले कार्यपालिकाको बैठक पछि सार्वजनिक गरेको सो निर्णयलाई धेरैजसोले सामाजिक संजालमा पोष्ट गर्दै नगरपालिका विरुद्ध विभिन्न टिकाटिप्पणी गरेको पाइएको छ ।
कर्मचारीको म्याद थप नगरी हटाउनुको पछाडि खुला राजनीतिकरण गर्न खोजेको आरोप समेत कतिपयले लगाएका छन् । स्थानीय सरकारले नगरपालिकामा कार्यरत कर्मचारी हटाएर उनीहरुको रोजीरोटी खोसेको एक श्रोतले बताएको छ ।फरक पार्टीको कर्मचारी भएकै कारण नगरपालिकाले करार कर्मचारीको म्याद थप नगरेर हटाएको श्रोतको दावी छ ।बिदामा बसेका कर्मचारीहरुलाई समेत हटाइएको बताइएको छ । यतिबेला जनताको जनमतबाट निर्वाचित जनप्रतिनिधि पार्टी केन्द्रित मात्र देखिएको भन्दै टिकाटिप्पणी समेत सुरु भएको छ । स्थानीय सरकारले रोजगारीको सिर्जना गर्नु अथवा स्वरोजगार बनाउनुको साटो उल्टै रोजिरोटी गरिरहेका कर्मचारी हटाएको भन्दै नगरपालिकाले गरेको सो निर्णयको युवाहरुले कडा आक्रोश व्यक्त गरिरहेका छन् ।
किन हटाइयो त ? छानीछानी के भन्छन् त ? नगरप्रमुख बानियाँ
यता यो बिषयमा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाँलाई सोध्दा एकातिर नगरपालिकाको आर्थिक श्रोतको अभाव र अर्को तिर केहि कर्मचारीहरु नियमित रूपमा काममा नआउने, आएपनि दिउँसो नै मदिरा सेवन गरेर आउने लगायतका अराजक गतिविधि गर्न थालेपछि कर्मचारीको कार्य शलिलाई हेरेर म्याद थप नगरिएको बताएका छन् । यसमा राजनीतिकरण गरेको भन्ने कुरा आफुहरु माथि आरोप मात्र लगाइएको उनले बताए । अराजक गतिविधि गर्ने कर्मचारीलाई पटकपटक सम्झाउदा बुझाउदा समेत अटेरी गरेपछि म्याद थप नगरी हटाउने निर्णय कार्यपालिकामा बसेको बठकले सर्वसम्मत गरेको प्रमुख बानियाँको भनाई छ । यता नगर उपप्रमुख माया खड्का कुवरलाई सोध्दा आफु काठमाडौंमा रहेको हुँदा यो बिषयमा आफुलाई कुनै जानकारी नै नभएको बताएकी छन् । जिल्लाको स्वामिकार्त्किक गाउँपालिकाले सुरु गरेको करार कर्मचारी हटाउने कार्य एक पछि अर्को गरी सवै पालिकामा जारी छ । हालसम्म स्वामिकार्तिक , बुढिननन्दा बडिमालिका र बुढिगंगा गरी जिल्लाका चार पालिकाले करार कर्मचारी अनेकथरी बाहाना गर्दै करार कर्मचारीको म्याद थप नगरेको पाइएको छ । आर्थिक श्रोतको अभावको कारण देखाउदै खुला रूपमा राजनीतिकरण गर्दै प्रत्यक पालिकाले करार कर्मचारीको रोजिरोटी राजनीति पुर्वाग्रहका आधारमा खुस्दै आएको स्थानियको आरोप छ । करार कर्मचारी हटाइएको बिषयलाई राजनीतिकरण गरेको बनी आरोप लगाउनु अनुचित बिषय रहेको जनप्रतिनिधिहरु बताउने गरेका छन् ।
एक सातामा सडक संचालन गर्छु भनेर आलोचित बनेका बानियाँ पुनः किन बन्दैछन आलोचित ?
नगरपालिकामा बसेको कार्यपालिकाको
नगरपालिकामा बसेको कार्यपालिकाको बठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि यसको चौतर्फी बिरोध संगै नगरप्रमुख बानियाँको कडा आलोचना भैरहेको छ । नगरप्रमुख बानियाँले नेपाली कांग्रेस आस्थावान कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि उनी आलोचित बनेका हुन् ।
जनताको जनमत बाट नगरप्रमुख बनेपछि पदको दुरुपयोग गरी आफ्नो मनोमानी ढङ्गले निर्णय गर्दै आएको आरोप स्थानीयले लगाउदै आएका छन् । नगरप्रमुख बानियाँ भारी मतले जनताको बिश्वास जितेर नगरप्रमुखमा निर्वाचित भएपछि उनिमा पदको उन्माद बढेको र उनी मात्तिएको समेत कतिपयले संज्ञा दिन थालेका छन् । जनताको भारी मत पाएर निर्वार्चित बानियाँ पटकपटक आलोचित बन्दै आएका छन् । एक पटक उनी निर्वाचित भए लगत्तै बल्देमा निरन्तर चार बर्ष देखी अबरुद्ध हुँदै आएको सडकमा यात्रुहरूले सास्ती खेप्नु परेकोले बैकल्पिक सडक खण्डको प्रक्रियामा लागे । बैकल्पिक सडक काट्न सुरु समेत गरे । बैकल्पिक सडकको तामझामका साथ उद्घाटन गर्दै एक हप्तामा सडक संचालन गरिसक्ने आश्वासन दिए ।
उनले एक सतामा खुल्छ भनेको बैकल्पिक साफे मार्तडी सडक खण्ड हालसम्म पनि पुरा हुन सकेको छैन ।
त्यसपश्चात् उनको कडा आलोचना सुरु भयो । एक सातामा पुरा हुने बैकल्पिक साफे मार्तडी सडक कहाँ सम्म पुग्यो भन्दै प्रस्न तेर्स्याउन थाले । तर विविध कारण देखाउदै सडक संचालन गर्न असफल बने । उनको यो पहिलो असफलता थियो । सुरुमा कसैले गर्न नसकेको काम नगरप्रमुख निर्वाचित भएपछि बानियाँबाट सुरु भएको र जिल्ला बासिकै हितको लागी उनले उक्त कार्यको थालनी गरेको भन्दै चर्चा बटुल्न सफल भए । तर अन्ततः कारण बस उनको एक सातामा सडक संचालन गरिसक्ने योजना बिफल भयो । उसो त उनलाई कतै बाट साथ सहयोग मिलेन अन्य स्थानीय तहले पनि सक्दो सहयोग गर्ने नगर प्रमुख बानियाँको अपेक्षा थियो ।
अपेक्षा अनुसारको साथ सहयोग अन्य स्थानीय तहबाट पाउन सकेनन् र सडक खण्ड संचालनमा अन्य स्थानिय तहहरुले चासो नदेखाएको उनले आरोप समेत लगाएका थिए । अन्य स्थानीय तहका प्रमुखहरुले भने यो बिषयमा प्रमुख बानियाँले समन्वय नै नगरेको प्रतिक्रिया दिएका थिए । अन्ततः उनको योजना सवै चौपट बन्यो र प्रमुख बानियाँले आलोचना मात्रै खेप्नुपर्यो । उनी सुरुवातीमै जनतासामु गरेको प्रतिबद्धता पुरा गर्न असफल बन्न पुगे । उनले गरेको प्रतिज्ञा परिणाम स्वरुप झुट सावित भयो ।
नगरप्रमुखको जिम्मेवारी समाले लगत्तै यसरी आलोचित बनेका प्रमुख बानियाँले पुनः राजनीतिकरण गरेर करार कर्मचारीको रोजिरोटी खोसेको भन्दै उनको आलोचना यतिबेला पनि भैरहेको छ ।
उनी मनोमानी ढङ्गले जनबिरोधि कार्य गर्दै आएको आरोप समेत प्रतिपक्ष दल नेपाली कांग्रेसले आरोप लगाउदै आएको छ । प्रमुख बानियाँ नगरको बिकास र नगरबासिको हित भन्दा पनि आफ्ना पार्टीका कार्यकर्ता संरक्षण गर्ने कुरामा सक्रिय देखिएको लगायतका आरोप हरु उनी माथि लगाइएका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर