
बाजुरा,१७मंसिर : बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क)मा एकीकृत समाजवादी पार्टिका उम्मेदवार नरेश कुमार शाही बिजयी हुनुभएको छ। कुल २०हजार ९ सय ९४ मत खसेको निर्वाचन क्षेत्र क मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहिले१०हजार ९ सय ७३ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार बल्देब रेग्मिले ८हजार ६सय ३२मत प्राप्त गर्नुभएको छ।शाही र रेग्मि बिचको मतान्तर दुई हजार तीन सय ४१ रहेको छ।त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्णबहादुर बिकले भने एक हजार ९८मत प्राप्त गरि तेस्रो हुनुभएको छ।
प्रदेश निर्वाचन क्षेत्र(क) मा नेपाली कांग्रेस र एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो।प्रतिनिधि सभा र निर्वाचन क्षेत्र ख को मतगणना जारी रहेको छ।दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर