• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

कांग्रेस बाजुरा द्वारा प्रतिनिधि/प्रदेश सभाको लागि उम्मेदवारहरुको नाम सिफारिस

खप्तड मालिका न्युज September 4, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मिन बहादुर खड्का बाजुरा – नेपाली कांग्रेस बाजुराले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी उम्मेदवारको नाम सिफारिस गरेको छ । सनिवार पार्टी कार्यालय बि पी स्मृति भवनमा बसेको जिल्ला कार्य समितिको बैठकले सम्भावित उम्मेदवारहरुको नाम जिल्ला कार्य समितिले सिफारिस गरेको कांग्रेस बाजुराले जनाएको छ । यस अघि संघका लागी पुर्व पार्टी सभापति कबिराज पण्डित र सहमहामन्त्री बद्री पाण्डेको जिल्लामा चर्चा रहेको भएतापनि जिल्ला कार्य समितिले भने संघका अन्य पाँच जनाको नाम पनि सिफारिस गरेको पाइएको छ ।

जिल्ला कार्य समितिले ७ जना उम्मेदवारको नाम सिफारिस गरेको भएतापनि सामाजिक संजालमा भने कार्यकर्ताहरुले फेरी नेता पण्डित समर्थकहरुले पण्डितको समर्थनमा प्रतिनिधि सभामा पण्डितले टिकट पाउनुपर्ने दावी गरेका छन् । यस्तै नेता पाण्डे समर्थकले पाण्डे सर्वसम्मत हुनुपर्ने भन्दै प्रतिनिधि सभामा टिकट पाण्डेलेपाउनुपर्ने भन्दै दावी गर्न थालेका छन् । पुर्व जिल्ला कार्य समिति सभापति समेत रहेका नेता कबिराज पण्डित सस्थापन पक्षधर हुन भने सहमहामन्त्री एवम् कांग्रेस केन्द्रिय सदस्य पाण्डे इटर पक्षधर हुन् । यि दुईपक्षका नेता कार्यकर्ता बिच सामाजिक संजालमा होडबाजी सुरु भैसकेको छ । कामको मुल्यांकन नगरी समर्थन र बिरोध गर्दै आएको पनि कतिपयको भनाई छ । उसो त कार्य मुल्यांकनका आधारमा यि दुवै जना बाजुरेली जनताका आशा अनि भरोसाका केन्द्र बिन्दु मानिदै आएका नेता पनि हुन् ।अन्य पाँच जनाको पनि कार्यकर्ताहरुले को कुन गुटको नेता हुन त्यो आधरमा समर्थन गरिरहेका छन् ।

यि हुन हेर्नुहोस प्रतिनिधि सभाका लागी उम्मेदवारहरु

१.कविराज पण्डित
२.खम्म बहादुर खाती
३.अंगराज तिमिल्सेना
४.ब्रदी प्रसाद पाण्डे
५.जनकराज गिरी
६.मान बहादुर रावल
७.शेरबहादुर खाती

यस्तै बैठकले प्रदेश सभा क र ख का लागी उम्मेदवार सिफारिस गरेको छ ।

यि हुन् प्रदेश सभा क प्रत्यक्ष तर्फ (सिफारिस उम्मेदवार)

१.जनकराज गिरि
२.नारायण पाध्याय
प्रदेश सभा ख प्रत्यक्ष तर्फ(सिफारिस उम्मेदवार )
१.पदम बहादुर शाहि
२.रामसिह रावल
३.चक्र बहादुर शाह
४.दिपक बिक्रम शाह
५.शुरेन्द्र नाथ याेगी

सिफारिस भएका जोकोहिले टिकट पाएपनि सिङ्गो कांग्रेस एकटाबद्ध भएर निर्वाचनमा होमिने जिल्ला कार्य समिति बाजुराको दावी छ । स्थानीय निर्वाचनको तिक्ततालाई भुलेर संघ र प्रदेश सभा क . र ख . मा पार्टीलाई जिताउन सवैले लाग्नुपर्नेमा युवा विद्यार्थी नेता तपेश रावलले बताएका छन् । पार्टी भित्र जसले टिकट पाएपनि कांग्रेस भित्रकैले पाउने हुँदा मनमोताव नगरी कांग्रेस जिताउ अभियानको तयारीमा लाग्नुपर्ने अधिकांस कांग्रेस समर्थक नेता कार्य कर्ताहरुले सामाजिक संजालमा आफआफ्ना धारणा व्यक्त गरेका छन् । पार्टीले न्यायोचित ढङ्गले टिकट बितरण गर्ने र केन्द्रले गरेको निर्णयलाई सहर्ष स्वीकार गर्ने र एकटाबद्ध भएर पार्टी जिताउन लाग्ने आफुहरुको तयारी रहेको जिल्ला कार्य समिति सभापति रामसिंह रावलले बताए । जसले टिकट लिएर आएपनि स्थानीय निर्वाचनमा जस्तै पार्टी भित्रबाटै घात हुँदैन भन्ने बिश्वास आफुले लिएको सभापति रावलको भनाई छ । स्थानीय निर्वाचन स्थिति फेरी सिर्जना हुन नदिनका लागी गाउँ गाउँमा कार्यकर्ता भएटघाट अभियान थाल्ने पनि सभापति रावलले बताएका छन् ।

स्थानीय निर्वाचनको जस्तै परिस्थिति दोहोरिन दिन नहुने र नदोहोरिने बिश्वास समेत नेता कार्यकर्ताले व्यक्त गरेका छन । यि सिफारिस उम्मेदवार मध्य कसले टिकट पाउने भन्ने कुराको भने अहिले नै कुनै एकिन गर्न सकिने अवस्था छैन । प्रतिपक्षी संग प्रतिस्पर्धा गर्न भने कांग्रेस बाजुरालाई निकै सकस पर्ने देखिन्छ । जिल्लामा एमालेको पकट बलियो बन्दै गएको बेला कांग्रेस बाजुरालाई चुनाव जित्न सोचेजति सजिलो र सहज भने देखिन्न । गुटगट राजनीति हावी हुँदै गएको कांग्रेस भित्रकै एक पक्षको अर्को पक्ष संगको सम्बन्ध चिसिदै गएको छ । पार्टी भित्रै नेताहरूमा एक पक्षको अर्को पक्ष संग सहकार्य समेत नभएको टीकाटिप्पणी समेत बाहिरिने गरेका छन् । यदि स्थानीय निर्वाचनको तिक्ततालाई त्यागेर एकटाबद्ध हुन सकेमा भने कुनै गाह्रो नहुने दावी कांग्रेस बाजुराको छ ।

२०७४ को स्थानीय निर्वाचनमा जिल्लाका ९ वटा पालिका मध्य ६ वटा पालिका जित्न सफल कांग्रेसलाई ७९ मा आएर ३ वटा पालिका मात्र जित्न दिएको प्रमुख प्रतिपक्षी दल एमालेको संघ र प्रदेशको निर्वाचन आफुहरु सहज ढंगले जित्ने दावी गर्दै आएका छन् । उसो त स्थानीय निर्वाचनमा पार्टी भित्रकै आपासी सहकार्यको अभाव र आन्तरिक घातका कारण नराम्रो तरिकाले स्थानीय निर्वाचनमा पराजित हुन पुगेको नेपाली कांग्रेसलाई प्रदेश र संघको निर्वाचन जित्छौ भनेर दावी गर्नु मरुभूमिमा पानी खिज्नु जस्तै हो । पाँच दलित गठबन्धन साथमा लिएर देशभर निर्वाचनमा हुमिएको छ । तर बाजुरामा भने एमाले र कांग्रेसको मात्र बर्चस्व बढी छ । यि अन्य दल छुरपुट रुपमा मात्र छन् । यता नेकपा एकीकृत समाजवादीले गठबन्धनको भर नपर्ने भन्दै आफ्ना छुट्टै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । नेकपा माओवादी केन्द्रको भने अहिले सम्म कुनै औपचारिक निर्णय गरेको छैन । गठबन्धन गरेर जादा आफुहरुलाई प्रतिपक्षी दलसँग प्रतिस्पर्धा गर्न थप सहज हुने बिश्वास कांग्रेसको थियो । तर त्यो सम्भावना निकै न्यून छ ।

त्यसकारण एमाले संगको कडा प्रतिस्पर्धाका बिच निर्वाचन जित्न यतिबेला कांग्रेसलाई निकै सकस हुने देखिन्छ । यता नेकपा एमालेको तर्फबाट संघका लागी स्थायी कमिटी सदस्य कर्ण थापा र प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाको चर्चा चलोरहेको छ । एमाले बाजुराले पनि एक दुई दिनमै उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ । एमाले जिल्ला कमिटी बाजुराको बठैक भोली २० गते बस्ने भनिएको छ ।

केन्द्रमा समेत तालमेल हुने की नहुने एकिन भन्न सकिने अवस्था छैन । सिट बाडफाडका लागी पटकपटक बस्दै आएको पाँच दलिय गठबन्धनको बैठक पटकपटक निष्कर्ष बिहिन टुंगिदै आएको छ । दलहरूले आफआफ्नो अडान नछाडेपछि सिट बाडफाडमा निकै सकस परेको छ । निर्वाचनसम्म गठबन्धन रहिरहने सम्भावना न्युन रहेको टिकाटिप्पणी समेत हुन थालिसकेको छ । एक्लै निर्वाचनमा जादा कांग्रेस चुनावमा पराजित हुने र अपेक्षा गरे अनुसारको सिटहरु पनि प्राप्त गर्न नसक्ने स्थिति छ । यसकारण पनि गठबन्धन कांग्रेसका लागी अहिलेको आवश्यकता रहेको पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देवाले पटकपटक बताउदै आएका छन् ।

उसो त अहिले सम्म पाँच दलिय गठबन्धन चुनाव सम्म टिकाईराख्नुपर्ने दलका नेताहरूको जोड छ । गठबन्धन नरहने हो भने प्रतिगामी सक्तिको फेरी हावी हुने र देशमा दुर्घटना निम्तिने पाँच दलिय गठबन्धनको निष्कर्ष छ । तर सिटबाडभाडमा भने अन्तत विवाद चुलिने सम्भावना देखिन्छ । पाँच दलिय गठबन्धनका बिच एक्लै प्रतिस्पर्धा गरेर पनि गठबन्धनको भन्दा बढी सिट हात पार्ने प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी सर्मा ओलीले विभिन्न पार्टीका सभा समारोहलाई सम्बोधन गर्ने क्रममा बताउदै आएका छन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑