
बाजुरा बुढीगंगा नगरपालिकाले पालिकाको नगरसभा साउन १४ गते गर्ने निणर्य गरेको छ । नगरपालिकामा आज बसेको कार्यपालिका बैठकले साउन १४ गते नगर सभा गर्ने निणर्य गरेको हो ।
साउन ९ गते भित्र नगरका १० वटै वडामा भेला गरि सक्न कार्यपालिकाको बैठकले सम्वन्धित ठाउँका वडा अध्यक्षहरुलाई निर्देशन गरेको नगर प्रबक्ता जैशीले बताएका छन् ।
प्रवक्ता जैशीका अनुसार साउन १२ गते नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निणर्य गरेको छ भने १४ गते नगर सभा गर्ने निणर्य बैठकले गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार देशका सवै स्थानीय तहले प्रत्येक वर्षको असार १० गते भित्र नगर सभामा नीति कार्यक्रमसहित बजेट ल्याई सक्नु पर्ने प्रावधान छ ।
तर बुढीगंगामा भने बैशाख ३० गतेको निर्वाचन धाधली भएको भन्दै निर्वाचन आयोगले असार २३ गते मात्र पुनः निर्बाचन गराएको थियो । आजै बसेको बैठकको निणर्यका आधारमै नगरसभा गरेर बजेट ल्याईने बुढीगंगाका नगर प्रमुख रामबहादुर बानियाले बताएका छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर