
सर्मिला रोकाया,बाजुरा– जिल्लाको जगन्नाथ गाउँ कार्यपालिकाले बिभिन्न निर्णय गर्दै पालिकाको दसौं बैठक सम्पन्न गरेको छ । गाउँपालिकाले करार कर्मचारीको म्याद थप्नेदेखी बिपद ब्यबस्थापन समिति गठन गर्दै दसौं बैठक सम्पन्न गरेको हो ।
गाउँपालिकाले बिभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा (स्वास्थ्य, शिक्षा, कृषि, भेटेनरीप्राबिधिक ,कोरना अस्पताल ,रोजगार सेवा केन्द्र ,वडा सहायक ,र वडा प्राविधिक) करार म्याद कार्य सम्पादन मुल्यांकनका आधारमा गर्ने निर्णय गरेको छ ।
बालबिकास सहजकर्ता, स्वयंसेवक शिक्षक, कम्प्युटर शिक्षक बिद्यालयका लेखापाल, करार शिक्षक र राहत शिक्षकहरुको हकमा नेपाल सरकार शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ जगन्नाथ गाउँपालिकाको शिक्षा ऐन २०७५ र बाल बिकास सहजकर्ता छनोट कार्यविधि छनोट कार्यबिधी २०७८ ले निर्धारण गरेको शैक्षिक योग्यता नपुगेका ब्यक्तिहरुलाई श्रावण १५ गते भित्र पत्राचार गर्नुका साथै आवस्यक कागजातहरु पेश गर्नाका लागि समय दिने र गाउँपालिकाले भर्ना गरेका स्वयंसेवक शिक्षक बिद्यालय लेखापाल, बिद्यालय कर्मचारी, र कम्प्यूटर शिक्षक हरुको हकमा कार्यसम्पादन मुल्यांकन फारम भरी पालिका शिक्षा शाखामा पेश गर्ने र उक्त कार्यसम्पादन मुल्यांकनका आधारमा करार म्याद थप गर्ने निर्णय गरेको पालिकाले जवनाएको छ ।
भौतिक पुर्बाधारका योजनाहरुमा संघीय सरकार, प्रदेश सरकार, पालिकाद्वारा निर्माण गरिने भौतिक पुर्बाधारका योजना १५ लाख सम्मका योजनाहरु उपभोक्त समिति र ज्ञछ लाख भन्दा माथिका योजनाहरु को हकमा इ–टेन्डर प्रक्रिया मार्फत निर्माण गर्ने निर्णय पनि पालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाको बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेक २०७६ को परिच्छेद –२ को दफा ३ बमोजिम तपशिल बमोजिमको गाउँपालिका स्थरिय बिपद व्यवस्थापन समिति समेत गठन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाही संयोजक रहने गरी १२ सदस्य गाउँपालिका स्थरिय बिपद व्यवस्थापन समिति गठन गरीएको हो ।
समितिमा गाउँपालिका अध्यक्ष कालि बहादुर शाही संयोजक, उपाध्यक्ष मरुकला बिष्ट र नि,प्रमुख प्रशाकिय अधिकृत रबिन्द्र बहादुर शाही सदस्य रहेका छन् ।
त्यस्तै गणेश राज गिरि आर्थिक बिकास समिति संयोजक, गौरी सार्की सामाजिक बिकास समिति संयोजक, रमेश बहादुर शाही पुर्बाधार बिकास समिति संयोजक, धन बहादुर सार्की सामान्य प्रशासन समिति संयोजक, जय बहादुर साउद शिक्षा साखा प्रमुख, बिनोद कुमार साही प्राबिधिक शाखा प्रमुख, छबिलाल बोगटी रेडक्रस सोसाइटी स्थानीय प्रतिनिधि, राजेन्द्र प्रसाद जोशी प्रशासन शाखा ÷ बिपद ब्यबस्थापन शाखा सचिव, प्रवक्ता तथा वडा नं.१ वडा अध्यक्ष गणेश राज गिरि लगाएतको समिति गठन गरीएको हो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर