
बाजुरा– वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको बाजुरामा बिहीबार जारी पुनः मतदानमा समेत तनावग्रस्त अवस्था उत्पन्न भएको छ । नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।
‘केहीबेर विवाद भयो । त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भने, ‘करिब १५ मिनेट मतदान स्थगित भयो । अब पुनः मतदानको अवस्था बनेको छ ।’
यो नेकपा एमालेका नेता कर्णबहादुर थापाको मतदान केन्द्र हो । ३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार विहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ । यहाँ मेयर पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।
यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर