
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले पनि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको दोस्रा गाउँ सभाको पहिलो अधिवेशनले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको गाउँ सभामा उपाध्यक्ष मैना जोशीले आगमी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले जनताका आवश्यकता र औचित्यका आधारमा कार्यक्रम ल्याएका छन् । चालु योजनालाई निरन्तरताका साथै केही लोकप्रिय नीति तथा कार्यक्रम अघिसारिएको छ ।
गाउँपालिकामा प्राविधिक शिक्षा पढाउनुका लागि एक बहुप्राविधिक शिक्षालय खोल्न आवश्यक पहँल गरिने नीति अघिसारेको छ । त्यस्तै स्वमसेवक शिक्षकलाई पोशाक भत्ता उपलब्ध गराइने, खाने तेलको मुल्य दिन प्रतिदिन बढिरहेको समयमा यश स्वामिकार्तिक गाउँपालिका भरि सहज उत्पादन गर्न सकिने सुर्यमुखि, तारी, भटमास र ढटेलोको खेति गर्न प्रोत्साहान गर्ने नीति लिईएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाले सुत्केरी महिला र दुर्गटनामा परेका विरामिलाइ निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, जेस्ठ नागरिकलाई घरमै स्वास्थ सेवा पुगाउने व्यवस्था गरिने, सुत्केरी महिलाहरुसंग उपाध्यक्ष कोसेलि कार्यक्रम लागू गरिने, गर्भवती महिलालाई नियमित स्वास्थ जाँच गरे बापत प्रोत्साहान स्वरुप पोका आयोडिनयूक्त नुन र पोषण सामग्री उपहार कार्यक्रम लागू गर्ने, मानिसको मृत्यु हुदा जन्मदा वा जन्मदिन मनाउदा सो अबसरमा प्रत्येक नागरिकले एक ओटा बिरुवा रोप्नु पर्ने, कार्यसम्पादन मुल्यांकनका आधारमा कर्मचारीहरुलाई पुरस्कार र दण्डको नीति पनि अघिसारेको छ ।
तराईको इनारको पानी जार र बोतलमा राखि पहाडमा खानु भन्दा पहाडको शुद्ध चिसो पानी प्रशोधन गरि “स्वामिकार्तिक मिनरल वाटर “नामक पानी उत्पादनका लागि निजि क्षेत्रसंग आवश्यक सहकार्य गरिने, मृतक परिवारसँग अध्यक्ष शान्तोना कार्यक्रम लागू गरिने, सम्पूर्ण उपभोक्ता समिति गठनमा महिला मात्र हुने नीति लिईएको छ ।

त्यस्तै नुन र खाद्यको डिपो गाउँपालिका केन्द्र सुईजिउलामा स्थापना गराइने, पोषण कार्यक्रम लागू गर्ने दातृ निकायसंग साझेदारी गरिने, कृषि पेशालाई सम्मानित, मर्यादित र युवा वर्गको आक्रषणको पेसा बनाउनका लागि साथै कृषि उत्पादनलाई प्रतिस्पर्धि पेशाका रुपमा स्थापित गर्न र स्वरोजगार सृजना गर्नका लागि “योगदानका आधारित कृषक पेन्सन योजना “यसै आर्थिक वर्षबाट लागू गरिने गरिने नीति अघिसारेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर