
बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर, अहिलेसम्म त्यहाँ निर्वाचन गराउने विषयमा टुंगो लागिसकेको छैन।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक–पटक सर्वदलीय बैठक राखेर छलफल गरिरहेको छ। तर, मिति घोषणा हुन सकेको छैन।
राजनीतिक दलहरुबीच केही दिन अघि असार पहिलो साताभित्रमा नै निर्वाचन गराउने भन्ने विषयमा समझदारी भएको छ। तर, मुख्य निर्वाचन अधिकृतको कार्यालयले मिति घोषणा गरिसकेको छैन।
बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सुरक्षाका हिसाबले सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। ‘पटक–पटक राजनीतिक दलहरुबीच छलफल भएको छ। पछिल्लो समय दलहरु पनि असार पहिलो साताभित्रमा चुनाव गर्ने विषयमा सहमत भइसकेका छन्,’ उनले भने, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले अब जेठ भित्रमा नै मिति घोषणा गर्ने गरी तयारी गरिरहेको छ।’
जेठभित्रमा जसरी पनि मिती घोषणा गरेर असारको पहिलो साता भित्रमा चुनाव गराउने विषयमा आवश्यक तयारी भइरहेको उनको भनाइ छ।
बाजुराको बुढीगंगा नगरपालिकामा बैशाख ३० गते भएको निर्वाचनका क्रममा सुरक्षा कमजोरी भएर मतदान प्रभावित भएको भन्दै निर्वाचन आयोगले त्यहाँ पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो।
मतदानको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच त्यहाँ झडपको स्थिति पनि सिर्जना भएको थियो।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर