
बाजुरा,१३ बैशाख : भारतमा चौकीदारी गरेर बसेका बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएका ३८ वर्षीय मंगल सिंह भनिने मंगले लुहारको हत्या भयो । २०७८ फागुन १६ मा राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनी चोकमा सुतिरहेका मंगलेको हत्या भएको थियो । हत्यामा संलग्न आरोपमा बुढीगंगा–७ कै १९ वर्षीय युवक देवेन्द्र बहादुर लुहार उर्फ देवेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लियो । २०७८ चैत १६ मा बाजुरा प्रहरीले बाजुरा जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो ।

सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागी कारागारमा थुनामा पठाउन आदेश गरेको छ । अपराध संहिता–२०७४ ले विदेशमा भएका अपराधमा पनि जाहेरी लिन र अनुसन्धान गर्न मिल्ने व्यवस्था गरेसँगै दिल्लीमा भएको हत्याबारे नेपालमा मुद्दा चलेर आरोपी थुनामा गएका हुन् । कञ्चनपुरको गड्डा चौकी हुँदै भारतमा गएर घरको ग्यालरीमा सुतिरहेका मंगलेलाई काठको मुङ्ग्राले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीको इन्टरपोल शाखासँगको सहकार्यमा भारतीय प्रहरीबाट हत्यासँग सम्बन्धित प्रमाण र अनुसन्धानात्मक कागजात सङ्कलन गरिएको बाजुराका डिएसपी चतुर्भुज ओझाले बताए । आरोपीले ‘पुरानो रिसिइबी’का कारण भारतमा गएर हत्याको मौका कुरेर मध्यरातमा सुतेको बेला हत्या गरेको बयान दिएका छन् । घटनाबारे मृतकका छोराले चैत १५ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर