
मानदेव राेकाया / बाजुरा – नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस बुढीगंगा ३ वडाका अध्यक्ष पदका उम्मेदवार गोरख बहादुर रौलेले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वच्छ,निपष्क्ष र भयरहित वातावतरणमा मतदातालाई मतदान गराउने गरी वडाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।
उनले खप्तड मालिका न्युजसंग संक्षिप्त कुरा गर्दै वडाध्यक्ष पदका उम्मेदवार रौलेले विगतका स्थानीय र राष्ट्रिय चुनावमा मतदाताले आफ्नो मत आफै मतदान गर्न नपाएको इतिहासलाई चिर्दै भयरहित वातावरण बनाउदै मतदातालाई सहज रुपमा मतदान गराउने गरी लाग्ने बताएका छन् ।
बिहीबार खप्तड मालिका न्युजसंगको कुराकानीमा उनले वडाको विकासमा जोडिएका सवाल र युवा पिडीले पनि आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने-‘विचारमा प्रशिक्षित र योजना सहितको राजनितिक कर्म गर्न उम्मेदवारी दिएको हुँ । नमुना वडा बनाउने मेरो पहिलो लक्ष्य हो,वर्तमान युवा पिडीले म र मेरो क्षमता बुझेर नै चुनावमा मतदान गर्ने मलाई विश्वास छ ।
वडामा सम्भावना बोकेका कतिपय योजनाहरु नै प्राथमिकता नपरेको र धार्मिक तथा साँस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्न वडाध्यक्षमा उम्मेदवारी रहेको रौलेको भनाई रहेको छ ।
चुनावमा हारजित अवश्य हुन्छ,तर धाधली र मतदातालाई मतदान नगर्ने परिस्थिति आएमा त्यसको भागेदार स्वयले व्यहोर्नु पर्ने चेतावनी दिएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा र नेपाली काँग्रेस निवर्तमा महाधिवेशन प्रतिनिधी तथा काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनका सभापतिका उम्मेदवार चक्रबहादुर शाहको वडा पनि त्यही हो ।
एमालेको पकड क्षेत्र रहेको वडामा चुनाव जित्न सहज नभएपनि मतदाताको आवश्यकता र युवा पिडीको युवा नेतृत्वको भएकाले वडाध्यक्षको उम्मेदवार बनेको रौले बताउँछन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट जयराज उपाध्याय र नेकपा एमालेबाट खडक बहादुर अधिकारी बीच प्रतिपर्धा भएको हो । उपाध्यायलाई एमालेबाट उम्मेदवार बनेका अधिकारीले दुई सय बढी मतले पराजित गरेका थिए ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर