• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

धनगढी विमानस्थल स्तरोन्नति : सर्भे सकियो, मन्त्रिपरिषद्ले तोक्यो प्रारम्भिक अधिकारी

खप्तड मालिका न्युज February 21, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गाको सर्भे गर्न आएको टोली काठमाडौं फर्किएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सर्भेका लागि धनगढी खटाएको टोली काम सकेर काठमाडौं फर्किएको हो।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले २ सय ५८ विघा जग्गा अधिग्रहण गर्न प्राविधिक टोलीले सर्भे गरेको बताए। उनका अनुसार सर्भे रिपोर्ट प्राधिकरणमा समेत पेश गरिएको छ। तर सर्भेले निकालेको तथ्यांक र नापीसँग भएको डिजिटल नक्सालाई मिलाउनु पर्ने हुँदा उक्त रिपोर्ट सार्वजनिक गर्न केही समय लाग्ने धनगढी विमानस्थलका प्रमुख भट्टले बताए।

‘सर्भे गर्ने टोली काम सकेर फर्किएको छ,झ उनले भने, ञमन्त्रिपरिषद् बैठकले प्रारम्भिक अधिग्रहण अधिकारीसमेत तोकिसकेको छ। अब छिट्टै अन्य कामसमेत अगाडि बढ्छ।’

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न विमानस्थलकै कार्यालय प्रमुख रामकृष्ण भट्टलाई नै प्रारम्भिक अधिग्रहण अधिकारी तोकिएको हो। मुआब्जा निर्धारण समितिको जिम्मा भने प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्ने प्रावधान छ। योसँगै धनगढी विमानस्थल विस्तारको कामले गति लिने अपेक्षा गरिएको छ।

नागरिक उड्यन प्राधिकरण क्यानको ३९२औं बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्नका लागि नक्सा पारित गर्ने निर्णय गरेको थियो। साथै २५८ बिगा जग्गा अधिग्रहण गर्ने प्रस्ताव समेत पारित गरेको थियो। अहिले विमानस्थलमा १८ सय मिटरको धावनमार्ग छ भने स्तरोन्नतिका लागि २५५० मिटरको छुट्टै धावनमार्ग बनाइने छ।

‘अहिलेको धावनमार्गलाई ट्याक्सी मार्गका रुपमा प्रयोजन गर्ने योजना छ,’ नागरिक उड्यन प्राधिकरणका इन्जिनियर मुरारी भण्डारीले भने, ‘नयाँ धावनमार्ग अहिलेको भन्दा केही उत्तरमा बन्छ।’ सर्भे प्रतिवेदन सार्वजनिक भएपछि मात्रै कुन क्षेत्रको कति जग्गा अधिग्रहण हुनेबारे टुंगो लाग्ने छ।

रोशन भट्ट
यो समाचार आजको दिनेश खबरमा छ ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑