बैतडी– प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ। फाइनल खेलमा कञ्चनपुरले बैतडीलाई ३८ रनले हराएर उपाधि हात पारेको हो।
कञ्चनपुरले दिएको १९६ रनको लक्ष्य बैतडीको पारी १५७ रनमा समेटियो। बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए। बलिङतर्फ कञ्चनपुरका आदित्य महताले तीन तथा अर्जुन साउद र प्रकाश विष्टले दुई दुई विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै १९५ रन जोड्यो।
उसका लागि अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए। बलिङतर्फ बैतडीका लागि जगदीश चन्दले तीन विकेट लिए। कञ्चनपुरका आदित्य महतालाई खेलको म्यान अफ दी म्याच घोषित गरिएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए।
यही पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आठ जिल्लाका टोली सहभागी थिए। सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरी सुदूरपश्चिमको टोली बनाइनेछ। उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ।
रासस
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर