धनगढी– नेकपा एमालेमा नेता भीम रावलको भूमि सल्लाहकारमा सीमित भएको छ। चितवनमा भएको दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित रावल अहिले एमालेको कुनै कमिटीमा छैनन्।
उनले अध्यक्षमा पराजित भएपछि केन्द्रीय कमिटीमा बस्न पनि अस्वीकार गरेका थिए। त्यहीकारण भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले रावललाई कुनै जिम्मेवारी दिएन। उक्त बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरलले पार्टीमा रावलको भूमिकाबारे चर्चा गरेका हुन्।
भीम रावल केन्द्रीय कमिटीमा नरहेकाले उहाँलाई जिम्मेवारी नदिएको होु, उनले भने, तर पार्टीको नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी दिन्छ। थप जिम्मेवारीका लागि पार्टी अध्यक्षसँगको परामर्शमा निर्णय हुनेछ। पोखरेलले रावल अहिले केन्द्रीय सल्लाहकार परिषद्को सदस्यका रुपमा रहेको पनि बताए। उहाँले अब अर्को जिम्मेवारी निर्धारण नभएसम्म केन्द्रीय सल्लाहकार परिषद्का सदस्यका रुपमा पार्टीलाई सुझाव दिनुहुन्छु, उनले भने।
एमालेको केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अनुशाशन आयोगका पूर्व अध्यक्ष अमृतकुमार बोहोरा रहेका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर