नेकपा एमालेले नेताहरुको वरियताक्रम सच्याएको छ । गत मंसिर २६ गतेको केन्द्रीय समिति बैठकले एमाले पदाधिकारीको कार्यविभाजसहित वरियताक्रम तोकेको थियो । त्यसक्रममा खासगरी सचिवहरुको वरियताक्रमलाई लिएर आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुको वरियताक्रम सच्याएर अन्तरपार्टी निर्देशन ९अपानी० जारी गरेका छन् ।
अध्यक्ष ओलीले पुस १ गते सच्चाएर जारी गरेको अपानीमा सचिवहरु गोकर्ण विष्ट र योगेश भट्टराई बढुवामा परेका छन् । यसअघि विष्ट र भट्टराईभन्दा अगाडि रघुवीर महासेठ र छविलाल विश्वकर्माको नाम थियो । अघिल्लो कार्यकालमा समेत सचिव भैसकेको र लोकप्रिय मत ल्याएर विजयी भएका विष्ट र भट्टराईलाई भन्दा वरियताक्रम निर्धारण गर्दा महासेठलाई अघि राखेको भन्दै एमालेभित्रै चर्को आलोचना भएको थियो ।
टोपबहादुर रायमाझी र लेखराज भट्ट भने सचिवको पहिलो र दोस्रो बरियतामै रहेका छन् । उनीहरु पुर्व माओवादी हुन् । सच्याएको वरियताक्रममा क्रमश रायमाझी र भट्टपछि तेस्रोमा गोकर्ण विष्ट रहेका छन् भने चौथोमा भट्टराई छन् । त्यसैगरी पाँचौ र छैठौंमा रघुवीर महासेठ र छविलाल विश्वकर्मा तथा सातौं वरियतामा पद्मा अर्याल रहेकी छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर