बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिकाले आजदेखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरेको छ ।
जगन्नाथ गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा आजबाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेको हो ।
गाउँपालिका भित्रका वडा नं १ देखि ६ सम्मका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई आजबाट गाउँपालिकाको केन्द्र जुड्डीमा नागरिकता वितरण कार्य सुरू गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।
जिल्लाको सदरमुकाम मार्तडीमा आएर नागरिकता बनाउन नसकेका गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराको टोलीले गाउँपालिकामै पुगेर नागरिकता वितरण गर्न लागेको हो ।
आज र भोलीसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट खटिएको नागरिकता वितरण टोलिले नागरिकतासंगै फोटो सहितको मतदाता नामावली समेत बनाउने भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर