• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पूर्व-पश्चिम राजमार्ग दिनभर बन्द गरेर एमाले महाधिवेशन उद्घाटन

खप्तड मालिका न्युज November 24, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं– नेकपा एमालेको १० औं महाधिवेशनको उदघाटन समारोह अवधिभर सार्वजनिक तथा निजी गाडीहरूलाई नारायणगढ बजार क्षेत्रभित्र प्रवेशमा रोक लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले भिड व्यवस्थापन र सुरक्षाका लागि भन्दै मुख्य बजार क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका गाडीहरू प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाट समारोह यही मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा आयोजना हुँदै छ । यो दिन मानिसहरूको भिड व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै चितवन प्रशासनले सवारी साधन सन्चालनमै रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मंसिर १० गते बिहान १० बजेदेखि पश्चिम नेपालबाट आउने गाडीहरूलाई पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रमा र पूर्वबाट आउने गाडीहरूलाई भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा रोकिने जानकारी दिए । यसैगरी काठमाडौं वा पोखराबाट मुग्लिन हुँदै यात्रा गर्ने गाडीहरूलाई आँपटारी र पूर्वबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकदेखि भित्र प्रवेश गर्न नदिइने बताए । पूर्वी नेपालतर्फ आउ(जाउ गर्नेहरूले आँपटारी(बाइपास रोड हुँदै यात्रा गर्न सक्ने प्रजिअ तामाङले बताए ।

नेकपा एमालेले महाधिवेशन उदघाटन समारोहमा १० लाख मानिस उतार्ने घोषणा गरेको छ । त्यो दिन मानिसहरूको भिड र पार्किङ व्यवस्थापनलाई अधिकारीहरूले प्रमुख चुनौती मानेका छन् । भिड व्यवस्थापनका लागि गृह मन्त्रालय र छिमेकी जिल्ला प्रशासन कार्यालयहरूसँग समन्वय गरिएको प्रजिअ तामाङले बताए ।

गाडी नचलाइदिन अनुरोध

उदघाटन समारोह साँझ ५ बजेसम्मै चल्ने अनुमान छ । त्यसैले नारायणगढको मुख्य बजार क्षेत्रभित्रको ट्राफिक व्यवस्थापन बेलुकासम्मै प्रभावित हुने अनुमान छ । त्यसैले चितवन प्रशासनले १० गतेको दिन सकेसम्म गाडी नचलाइदिन र नारायणगढ बजार क्षेत्र भएर यात्रा नगरिदिन अनुरोध गरेको छ ।

‘भिडभाडको व्यवस्थापन र मानवीय सुरक्षा प्रमुख चुनौती छ । त्यसैले त्यो दिन सकेसम्म गाडीहरू नचलाइदिनू भनेर अनुरोध गरेका छौं,’ प्रजिअ तामाङले अनलाइनखबरसँग भने, ‘त्यो दिन १० बजेपछि पश्चिमबाट आउने गाडीहरूलाई नारायणी पुलबाट क्रस गर्न हामी दिन्नौं । पूर्वी नेपालबाट आउने गाडीहरूलाई जिल्ला प्रशासन कार्यालय चोकबाट पश्चिम छिर्न दिन्नौं ।’ पश्चिम चितवनबाट आउने गाडीहरू भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिनुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालयको यो निर्णयबाट सबैभन्दा बढी प्रभावित पश्चिम नेपालबाट यात्रा गर्नेहरू हुनेछन् । उनीहरू काठमाडौंतर्फ आउनुपर्ने भएमा बुटवल(पाल्पा(पोखरा(मुग्लिन हुँदै यात्रा गर्नुपर्ने छ । यसरी घुमाउरो बाटो प्रयोग नगर्ने भए एमालेको महाधिवेशन उदघाटन समारोह अवधिभर बाटोमै कुरेर बस्नुपर्ने छ । त्यो दिन सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न वा समय मिलाएर गाडीहरू छाड्न छिमेकी जिल्ला प्रशासन कार्यालयहरूलाई पनि भनिएको चितवनका प्रजिअ तामाङले बताए ।

गैंडाकोटतर्फको नारायणी किनार, आँपटारी, भरतपुर केन्द्रीय बस टर्मिनल, त्रिचोकसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले कोर एरिया तोकेको छ । महाधिवेशनमा आउनेहरूका लागि यिनै स्थानमा पार्किङ क्षेत्र तोकिएको छ । पार्किङ क्षेत्रमै पनि महाधिवेशनको उदघाटन समारोहलाई हेर्न मिल्ने गरी डिस्प्ले बोर्ड राखिने भनेर आयोजकले जनाएको प्रजिअ तामाङले बताए ।

महाधिवेशनको उदघाटन समारोह नारायणगढ नदी किनारमा र बन्दसत्र सौराहामा हुने एमालेले जनाएको छ ।
अनलाईन खबर

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑