धनगढीः राष्ट्रिय जनगणना २०७८ का लागि दार्चुलाको छाङरु र तिंकरसम्म जान हेलिकोप्टरको व्यवस्था गर्न माग गरिएको छ। भारतीय प्रशासनले आफ्नो भूमि प्रयोगमा रोक लगाएपछि संयुक्त विद्यार्थी संगठनहरुले नेपाली भूमि हुँदै हेलिकोप्टरको व्यवस्था गर्न माग गरेका हुन्। सुदूरपश्चिममा सक्रिय नेपाल विद्यार्थी संघ, अनेरास्ववीयू, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन, समाजवादी विद्यार्थी युनियन, अखि छैठौं र वैज्ञानिक समाजवादी विद्यार्थी संगठनलेसयुक्त रुपमा विज्ञप्ती जारी गरेका हुन्।
तीन पटकसम्म पत्राचार गर्दा पनि भारतीय प्रशासनले आफ्नो भूमिको प्रयोगमा रोक लगाएको भन्दै विद्यार्थी संगठनहरुले शिर निहुराउने काम नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलासँग माग गरेका छन्। गणक समूह चार दिनको पैदल यात्रामा छ। भारत तथा चीनसँग सीमा जोडिएका लिपुलेकदेखि नाभिडाङ क्षेत्रको जनगणना गर्न सरकारलाई उनीहरुले आग्रह समेत गरेका छन्। उक्त क्षेत्रको एकिन तथ्याँकसमेत नभएको भन्दै सयुक्त विद्यार्थी सङ्गठनले आपत्ती जनाएको छ। संयुक्त विद्यार्थी सङ्गठनहरुले नेपालमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर्न समेन सरकारसँग माग गरेको छ।
दिनेश खबर
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर