
धनगढीः दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङ्गरु र टिंकर गाउँको जनगणना गर्न गणकहरुको समूह हिँडेका छन्। क्रमशः ३२ सय मिटर र ३६ सय मिटरको उचाइमा पर्ने यी दुई स्थानका लागि भन्दै जिल्ला सदरमुकामबाट २ जना गणकको समूह बिहीबार भारियासहित ४ दिनको पैदल यात्रामा निस्किएको जिल्ला तथ्यांक कार्यालले बताएको छ।

सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीले भने, ‘भारतीय भूमि प्रयोगको अनुमति नपाएको भनियो। पैदल भएपनि गएका छन्। बाटो जोखिमपूर्ण छ तर पनि उहाँहरु भरिया लगेर जानुभएको छ। हिँड्ने मानिसका लागि ४ दिनको यात्रा हो।’
भारतीय प्रशासनले दार्चुलाको छाङ्गरु र टिंकरमा जनगणना गर्न जाने समूहलाई आफ्नो भूमिको प्रयोगमा रोक लगाएको थियो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्की र गणक राजेन्द्र कार्कीलाई भारतीय भूमि धार्चुलाबाट छियालेक–गब्र्याङ हुँदै महाकाली नदीको पुल ९सीता पुल० तरेर छाङरु जाने गरी पासको व्यवस्था मिलाउन कात्तिक २५ गते भारतीय प्रशासनलाई पत्राचार गरेको थियो। तर, बुधवार सडक मार्ग अवरुद्ध भएको बहाना गर्दै भारतीय प्रशासनले आफ्नो भूमि प्रयोगमा रोक लगाएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले मंगलबार र बुधबार पुनः दुई पत्र पठाइएकी थिइन्। ‘भारतीय प्रशासनले सडक मार्ग अवरुद्ध भएको जवाफ पठाएको छ’, उनले भनिन्, ‘भारतीले सडक अवरुद्ध घएको भन्दै पत्र पठाएको छ। अब नेपाली भूमिको प्रयोग गर्दै गएका छन्। गणकहरुलाई ४ दिन छाङ्गरु र टिंकर पुग्नै लाग्छ।’
गणकहरुलाई भारतीय भूमिको प्रयोग गर्न दिइएको भए उनीहरु १ दिनमै ती दुई गाउँमा पुग्नसक्ने स्थानीयले बताएका छन्।
दिनेश खबरबाट

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर