
बाजुरा– नेपाली काँग्रेस त्रिबेणी नगरपालिका वडा नं. ४ को पार्टी कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस त्रिबेणी नगर पालिका वडा नम्बर ४ को पार्टी कार्यालयको भवन उद्घाटन तथा चियापान कार्यक्रममा ३० जनाले नेकपा एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने नव प्रबेशीहरुलाई बिशाल पार्टी नेपाली काँग्रेसमा नेताहरुले भब्य स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्ने सबै बक्ताहरुले पार्टी लाई सहमति ,एकता ,सहकार्य बाट बलियो बनाउन लाग्नुपर्ने बताउनु भएको छ । अबको निर्वाचनमा सबै पालिका जित्ने गरी सबै नेता कार्यकर्ता लाग्ने समेत प्रतिबद्धता गरेका छ्न । नेपाली काँग्रेस बाजुराका पार्टी सभापति तथा त्रिवेणी नगर पालिकाका नगर प्रमुख रामसिंह रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरीएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नेता, पार्टी सभापतिका उम्मेदवार चक्र शाह, नेपाली काँग्रेस बाजुराका उप–सभापति तथा बडीमालिका नगर पालिकाका नगर प्रमुख पदम बडुवाल, नेपाली काँग्रेस बाजुराका सचीव तिलकराज पुरी,भरत रोकाया ,महाधिवेशन प्रतिनिधि कर्ण बहादुर थापा,राधिका सुनार, प्रदेश सचीव दिल बहादुर थापा ,नेपाली काँग्रेस बडिमालिका नगर पालिकाका नगर सभापति गोपाल कार्की, त्रिबेणिका सभापति सुरेन्द्र राज गिरि, नेपाल बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य बिरेन्द्र गिरि, नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिंह, तरुण दल सचिव हिरेन्द्र रोकाया, युवा नेता मीन भण्डारी जिल्ला कार्यसमितिका सदस्य लगायत नेता कार्यकर्ताको भब्य उपस्तिथि रहेको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर